Connect with us
Advertisement
Advertisement

राइडर्स क्बलद्वारा ट्राफिक सचेतनामूलक कार्यक्रम

Published

on

विराटचोकः ‘ट्राफिक नियमको पालना गरौँ, सुरक्षित भई यात्रा गरौँ’ भन्ने नाराका साथ सुन्दरहरैंचा साइकल राइडर्स क्लबले ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिकामा पर्ने पूर्व पश्चिम लोकमार्गको किस्ती खोलादेखि बुढी खोलासम्म युवाहरुले साइक्लिङ गरेका थिए । विश्वकर्मा पूजाको अवसर पारी सुरक्षित यात्राका लागि सवारी चालकलाई सचेतना जगाउन यो कार्यक्रमको आयोजना गरिएको क्लबका सदस्य तथा कार्यक्रम संयोजक रामकृष्ण खड्काले बताए ।

यस्तै क्लबका अध्यक्ष केशव बजगाईले बढ्दो दुर्घटना कम गराउन यो सचेतनामूलक कार्यक्रम महत्वपूर्ण भएको बताए । दुर्व्यसनमुक्त समाज स्थापना गरी सभ्य नागरिक निर्माणका लागि पनि यो संस्था स्थापना भएको क्लबका सदस्य खेमराज दाहालले बताए ।

समूहमा आबद्ध भएर सुन्दरहरैंचा क्षेत्रमा अहले दैनिक ५०\६० जनाले साइक्लिङ गर्दै आएका छन् । साइक्लिङ गर्दा शरीरलाई चुस्त र तन्दुरुस्त राख्न सकिने भएकाले यसमा युवा पुस्ताको अकर्षण बढ्दै गएको क्लबका सदस्य बताउँछन् ।

सम्बन्धित समाचार
साइकलको पाउदानी चलाउँदै, प्रकृतिको काखमा पुग्दै

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

झण्डै ३२ अंकले बढेको शेयर बजारमा ३२ अर्ब हाराहारी पुग्यो बजार पूँजीकरण, बैंक र सामुहिक लगानी कोषको सूचकमा गिरावट

Published

on

विराटचोकः आज पनि शेयर बजार बढेर हिजोको सूचक र बजार पूँजीकरणको रेकर्ड तोडेको छ । ३१ दशमलव ८७ अंकले बढेको बजारमा कुल बजार पूँजीकरण ३१ खर्ब ८९ अर्ब ९५ करोड कायम भएको छ । बजार बढे पनि बैंक र सामुहिक लगानी कोषको सूचकमा भने गिरावट आएको छ । हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ । बिहीबार ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४ सय ३२ रुपैयाँको शेयर किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि २.५९ अंकले बढेर ४४५.५९ मा पुगेको छ । आज निर्जीवन बीमा समूह झण्डै ५ प्रतिशतले बढ्दा लघुवित्त ४ प्रतिशत र जलविद्युत समूह पौने ४ प्रतिशतले बढेको छ । जीवन बीमा, फाइनान्स र विकास बैंक पनि उच्च मूल्य बढ्ने समूहमा परेका छन् ।

आज नेप्सेमा सूचीकृतमध्ये २ सय ९ कम्पनीका १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता शेयर ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४ सय ३३ रुपैयाँमा किनबेच भएको छ । जम्मा ६९ हजार ३ सय ३३ पटक शेयर किनबेच भएको थियो ।

आज पनि नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ५३ करोड ३३ लाख १२ हजार ४ सय २१ रुपैयाँको शेयर किनबेच भएको छ । नेको इन्सुरेन्सको २६ करोड ६४ लाख, नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ९९ लाख, शिखर इन्स्योरेन्सको २२ करोड ८२ लाख र नेशनल लाइफ इन्स्योरेन्सको २१ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज २१ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । मूल्य बढ्नेमा लघुवित्त, विकास बैंक, जलविद्युत, फाइनान्स र बीमा समूहका कम्पनी रहेका छन् ।

नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ७ प्रतिशत हाराहारीमा सम्पत्ति गुमाएका छन् ।

Continue Reading

Banner

३३६ जना थपिए संक्रमित, २२६ जना निको

Published

on

विराटचोकः आज नेपालमा ३ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय २६ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ जना पुगेको छ । थप ४ जनाको मृत्युसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७९ जना पुगेको छ ।

आइसोलेसनमा रहनेको संख्या ३ हजार ७ सय ९९ जना र क्वारेन्टिनमा रहनेको संख्या १ सय ७२ जना छ । हालसम्म २० लाख ३१ हजार ७ सय ५६ स्वाबको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

Continue Reading

Banner

प्रदेशमा थपिए ८ जना कोरोना संक्रमित

Published

on

विराटचोकः आज प्रदेश नम्बर १ मा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ३० हजार १ सय १० जना पुगेको छ । तीमध्ये २९ हजार ५ सय ३३ जना निको भएका छन् । १ सय १२ जनाको ज्यान गएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरान र इनरुवा, झापाको बिर्तामोड, संखुवासभाको खाँदबारी, मोरङको रंगेली र प्रदेश १ बाहिरका एक एक जनामा संक्रमण पुष्टि भएको हो । झापाको अर्जुनधारामा १ जना महिलासहित २ जनामा संक्रमण पुष्टि भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक