धर्म / संस्कृति
आजदेखि अधिकमास शुरु
विराटचोकः आजदेखि अधिकमास शुरु भएको छ । कुनै पनि महिनाको संक्रान्तिदेखि मसान्त (सौर्यमास) भित्र दुई वटा औंसी पर्न गए भने अथवा दुई वटा औंसीको बीचमा संक्रान्ति परेन भने त्यस महिनालाई अधिकमास भनिन्छ । पौराणिक मान्यता अनुसार यस अधिकमासको अधिपति भगवान् विष्णु भएकाले यस महिनालाई पुरुषोत्तममास पनि भनिन्छ । यस वर्ष असोज २ गतेदेखि ३० गतेसम्म अधिकमास रहेको छ । जसलाई बोलीचालीको भाषामा मलमास पनि भनिन्छ ।
अधिकमास हरेक ३२ महिना १६ दिन ४ घडी पछि आउँछ । यस्तो संयोग फागुनदेखि कात्तिकको बीचमा पर्ने हुनाले मंसिर, पुस र माघ महिनामा भने पुरुषोत्तम महिना पर्दैन । कुनै वर्ष २ पटक पनि अधिक मास आउँछ । वि. सं.२०३९ सालमा असोज र फागुन महिनामा दुई पटक अधिकमास थियो । त्यस्तै, ८ वर्षपछि २०८५ सालमा पनि कात्तिक र चैत महिनामा अधिकमास पर्नेछ ।
अधिकमासको समयमा शुभ र मंगल कार्य वर्जित गरिएको छ । शिलान्यास, गृहप्रवेश, व्रतबन्ध, विवाह, यज्ञ आदि गर्न शास्त्रले निषेध गरेको छ ।
Facebook Comment
Banner
७२ सालको भूकम्पको स्मृतिमा बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
२०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए ।
त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्याएको थियो ।
Banner
कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा
नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
‘नेपालको तर्फबाट नेपालमा लगानीका लागि अनुकुल परिस्थिति बन्दै गएको छ र त्यो सामर्थ्य कतारसँग भएकाले आमन्त्रण गर्न चाहन्छौं,’ उनले भने ।
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको निःशुल्क मुटु परीक्षण अभियान
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login