Connect with us
Advertisement

अध्यक्षद्वयको गम्भीर छलफलपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी, आकस्मिक बैठक बस्दै

Published

on

काठमाडौंः आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलपछि प्रधानमन्त्री ओलीले अकस्मात मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आजै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

दुई अध्यक्षबीच भएको छलफलमा मन्त्रिपरिषद पुनर्गठन गर्ने र पार्टी एकताका बाँकी रहेका काम टुंग्याउने विषयमा छलफल रहेको बताइएको छ । मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा पुर्याएको पनि बताइएको छ ।

प्रधानमन्त्री ओलीले सरकार गठन भएदेखि नै मन्त्री भएकालाई बिदा गरी नयाँ अनुहार ल्याउने योजनासहित मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको बताइएको छ । मन्त्रिपरिषदको पुनर्गठनका लागि प्रधानमन्त्री ओलीले आफू निकट नेतासँगको छलफललाई तीव्रता दिँदै आएका छन् । केही दिन भित्र नै मन्त्रिपरिषदको पुनगर्ठन हुने सम्भावना रहेको बताइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज २०८३ साल वैशाख १६ गते बुधबारको राशिफल

Published

on

२०८३ साल वैशाख १६ गते बुधबार। वैशाख शुक्ल पक्षको त्रयोदशी तिथि । अन्तर्राष्ट्रिय नृत्य दिवस । तदनुसार सन् २०२६ अप्रिल २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । खर्च कटौती गर्नुपर्ने समय छ । शिक्षामा गरेको लगानीबाट भविष्य बन्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : दिन राम्रो छ । सोचेको काम बन्नेछ । मन शान्त र खुशी रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : स्वास्थ्यमा विशेष ख्याल गर्नु उचित हुनेछ । आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

कर्कट :दिन सामान्य छ । सानो कुराले मनमा तनाव बढ्नेछ । शिक्षाको क्षेत्रमा समय बिताउनु उचित हुनेछ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। आज व्यापारमा फाइदा हुनेछ ।

सिंह : दिन सहज छ । आज धन आर्जन हुनेछ । शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछन् । लगानी गरेको भए फाइदा हुनेछ । परिवारको सल्लाह नलिइ अगाडि बढेमा व्यवहारमा समस्या हुनसक्नेछ । धार्मिक अभियन्तासँगको भेटले नयाँ योजना बन्नेछन् ।

कन्या : दिन राम्रो छ । नयाँ कामको थालनी हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । शिक्षामा थोरै लगानी गरे पनि फाइदा हुनेछ । विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारको विवाद मिलाउन भने समस्या पर्नेछ ।

तुला :अनावश्यक विषयमा साथीले चासो राख्नेछन्। व्यापारमा शत्रु बढ्नेछन् । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको तर्फबाट भने साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सहज छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको लगानी सफल बन्नेछ । विपक्षी साथीले तपाईंलाई साथ र सहयोग गर्ने भएकाले कामका लागि हिम्मत गर्नु उचित हुनेछ ।

धनु : दिन राम्रो छ । आज शुभकार्यमा सरिक हुँदा मनमा उत्साह बढ्नेछ । आफू पछाडि हटेर अरुलाई लगाएको काममा सफलता मिल्नेछ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ ।

मकर : दिन सहज छ । धन लाभ हुनेछ । दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ । राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ । व्यापारमा साथीकाे साथ मिल्नेछ ।

कुम्भ : साथीसँग जोगिएर काम गर्नुपर्ने समय छ । थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने समय छ । परिवारको साथ र सहयोगले दिन सहज बन्नेछ ।

मीन : महत्त्वपूर्ण काम बन्नेछन् । काम गर्दा सामूहिक रुपमा गर्नु उचित हुनेछ । शुभचिन्तकसँग गरेको निर्णय सफल बन्नेछ । सानो कुराले मनमा तनाव आए पनि धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

Continue Reading

Banner

महिला टी-२० च्यालेन्ज कपमा रुवान्डामाथि नेपालको सानदार जित

Published

on

रुवान्डामा जारी आइसिसी महिला टी-२० च्यालेन्ज कपमा नेपाल घरेलु टोली रुवान्डामाथि सहज जित निकालेको छ ।

रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा नेपालले रुवान्डालाई ३८ रनले हरायो । जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएको रुवान्डा १७.४ ओभरमा सबै विकेटको क्षतिमा ६५ रनमा समेटिएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।

डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित पाँच टोली सहभागी प्रतियोगितामा नेपालले अब सातौँ खेल वैशाख १७ गते भानुआटुसँग र अन्तिम खेल १८ गते इटलीसँग खेल्ने छ ।

नेपालले यसअघिका पाँच खेलमा दुई जित र तीन हार खेपेको थियो । प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्ने छ ।

Continue Reading

Banner

सुन्दरहरैंचा–१२ मा सांसद प्रेमलाल चौधरीलाई सम्मान, विकासका लागि सहकार्यमा जोड

Published

on

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ ले प्रतिनिधि सभा सदस्य प्रेमलाल चौधरीलाई सम्मान गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष रोशन प्रसाद ढकालसहित जनप्रतिनिधिहरूले चौधरीलाई स्वागत तथा सम्मान गरेका हुन्।

कार्यक्रममा विभिन्न राजनीतिक दलका वडा प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।

सम्मान ग्रहण गर्दै सांसद चौधरीले आफूलाई सम्मानभन्दा पनि जिम्मेवारी थपिएको अनुभूति भएको बताउँदै अब विकासका कामलाई तीव्रता दिन सबै मिलेर अगाडि बढ्न आग्रह गरे।

वडा अध्यक्ष ढकालले पनि वडाको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक