अर्थ
कृषि विकास बैंकको भवनः ‘केन्द्र भन्छ, पुरानो भवन मर्मत गरिन्छ, शाखा भन्छ, नयाँ बनाउनुपर्छ’
विराटचोकः कृषि विकास बैंकको इन्द्रपुर शाखाको भवन मर्मत गर्ने वा नयाँ बनाउने भन्ने विषयमा बैंकको केन्द्र र शाखाबीच फरकफरक धारणा आएको छ ।
अहिलेको भवन मर्मत गरेर सञ्चालन गर्ने तयारीमा बैंकको केन्द्रीय कार्यालय छ । शाखा कार्यालय भने त्यसलाई भत्काएर नयाँ बनाउनुपर्ने पक्षमा रहेको छ ।
‘हाम्रो त्यो (विराटचोकको) संरचना राम्रो बनेको छ । कार्यालय सञ्चालनको लागि उपयुक्त छ,’ टेलिफोन सम्पर्कमा बैंकका नायब महाप्रबन्धक प्रताप सुवेदीले भने, ‘त्यसलाई रङरोगन गर्ने अनि कार्यालय सञ्चालन गर्ने तयारीमा हामी छौँ ।’ यसपटकको बजेटमा सो भवनलाई रङरोगन गरेर कार्यालय सार्ने गरी काम भइरहेको र लकडाउनले गर्दा सो कार्यमा ढिलाइ भएको सुवेदीले बताए ।
भवन बस्नयोग्य छैन होला त्यसकारण पुनर्निर्माण गर्नुपर्छ होला भन्ने जिज्ञासा राख्दा सुवेदीले भने, ‘पुनर्निर्माण गर्नुपर्नेजस्तो लाग्दैन मलाई । त्यसलाई रिपेयरिङ गरेर सर्ने हो । कोरोनाको कारणले अहिले ढिलो भयो । अवस्था सहज हुनासाथ भवन मर्मतसम्भार गरी आफ्नै कार्यालयबाट कार्य सञ्चालन हुनेछ ।’
कार्यालयको भवनमा झाडी बढेको र वरपरका मानिसले फोहोर फ्याँक्ने गर्नाले झन् कुरुप भएको भन्ने बारेमा आफूलाई थाहा नभएको उनको भनाइ थियो । झाडी सफा गर्नु कार्यालयको दायित्व भएको बताउँदै उनले सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय पनि लाग्नुपर्ने र फोहोर फ्याँक्न नहुने बताए ।
इन्द्रपुर शाखाको विराटचोकस्थित भवन मर्मतसम्भारको प्राथमिकतामा परेको पनि सुवेदीले बताए । यस्तै प्राथमिकतामा परेको विराटनगरको तीनपैनीमा भएको कार्यालय अहिले मर्मत भइरहेको बताउँदै विराटचोकको कार्यालय पनि चाँडै मर्मत गरिने र कार्यालय सारिने उनले जानकारी दिए ।
यता, इन्द्रपुर शाखाका प्रबन्धक विष्णु पाल बोहोराको भने फरक धारणा छ । पुरानो भवन मर्मत गरेर बस्न सक्ने अवस्थामा नरहेको उनले बताए । भवन जीर्ण अवस्थामा रहेकाले मर्मत गर्नुभन्दा भत्काएर नयाँ बनाउनु उपयुक्त हुने बोहोरा बताउँछन् ।
भवन बनाउन धेरै खर्च लाग्ने भएको हुनाले तत्कालका लागि मर्मत गरेर सेवा दिन सकिँदैन र भन्ने प्रश्नमा बोहोराले भने, ‘भवनको छतदेखि नै चर्किएको छ । पानी चुहिने अवस्थामा भवन छ । भित्ताको रङ सबै खुइलिएको छ । मर्मतमा पनि धेरै खर्च हुन्छ र दिगो पनि हुँदैन ।’
भवन भत्काएर नयाँ भवन बनाउनुभन्दा मर्मत गरेर कार्यालय चलाउन कम खर्च लाग्ने भए पनि मर्मत गर्ने अवस्थामा भवन नरहेको उनले बताए । सडकभन्दा भवन निकै होचो भएकाले बर्खामा डुबानको समस्या पनि हुने बोहोराले बताए ।
सम्बन्धित समाचारहरुः
बजेट छुट्याए पनि भवन निर्माण हुन नसकेको कृषि विकास बैंकको इन्द्रपुर शाखा
‘भूत बङ्गला’ मा परिणत भएको कृषि विकास बैंकको इन्द्रपुर शाखा
Facebook Comment
Banner
सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी
नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।
ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।
सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।
नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।
Banner
विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण
सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्याएको छ,’ उनले भने ।
१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्याएको छ ।
लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।
सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।
उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।
Banner
नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै
नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।
त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।
यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login