स्थानीय तह
ज्येष्ठ नागरिकको पक्षमा सुन्दरहरैंचाको सह्रानीय कामः हरेक वर्ष नगर माता र नगर पिता घोषणा
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले ज्येष्ठ नागरिकको विषयमा नयाँ कार्यक्रम ल्यायो, जुन सह्रानीय पनि भयो । २ वर्ष अघिदेखि अर्थात् २०७५ सालदेखि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले नगरका सबैभन्दा ज्येष्ठ महिलालाई नगरमाता र ज्येष्ठ पुरुषलाई नगरपिता घोषणा गरी सम्मान गर्ने गरेको छ ।
ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाका अनुसार मोरङका स्थानीय तहमध्ये सुन्दरहरैंचाले पहिलो पटक यस्तो कार्यक्रम गरेको हो । यो कार्यक्रम नमूना कार्यक्रम रहेको र अरु स्थानीय तहको लागि पनि अनुकरणीय रहेको समाजका अध्यक्ष रामकुमार कार्की बताउँछन् । समाजको पहलमा र नगरपालिकाको समन्वयमा घोषणा गरेको यो कार्यक्रमलाई निरन्तरता दिइने समाजका महासचिव रामप्रसाद गजुरेलले बताए ।

पहिलो वर्ष नगरपालिकाले वडा नम्बर ७ की ११० वर्षीया महेश्वरा अधिकारीलाई नगरमाता र वडा नम्बर ८ का १०२ वर्षीय रामबहादुर तामाङलाई नगरपिता घोषणा गरी सम्मान गरेको थियो ।
२८ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रदेश नं १ का तत्कालीन प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ र नगरप्रमुख शिवप्रसाद ढकालले नगद ११ हजारसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
त्यस्तै, २०७६ सालको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारी सुन्दरहरैंचा– ७ की १०१ वर्षीया मनमाया लुइँटेल र सुन्दरहरैंचा– ९ का १०० वर्षीय दर्जमान राई क्रमशः दोस्रो नगरमाता र नगरपिता घोषित भएका थिए । कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल रहेका थिए ।

नगरमाता र नगरपितालाई दोसल्ला, सम्मानपत्र, लठ्ठी, थाल, बटुका, पानी तताउने इलेक्ट्रिक जग, छाता तथा जनही नगद ८ हजार रुपैयाँ प्रदान गरिएको थियो । दुवै पटक प्रत्येक वडाका ज्येष्ठ १ जना महिला र १ जना पुरुषलाई दोसल्ला र सम्मानपत्रका साथमा नगद १ हजार २ सय रुपैयाँ प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा लगभग ५ सय जना ज्येष्ठ नागरिक सहभागी हुने गर्थे ।
यस वर्ष आज विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । तर यस पटक कोरोना संक्रमणको त्रासका कारण सुन्दरहरैंचा नगरपालिकाले ज्येष्ठ नागरिक दिवस औपचारिक रुपमा नमनाउने निर्णय गरेको छ । ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष रामकुमार कार्कीका अनुसार यस पटक पनि नगरमाता र नगरपिता घोषणा कार्यक्रम हुन्छ तर कोरोनाको संक्रमणको त्रासका कारण कार्यक्रम केही ढिलो हुनेछ । समाजका महासचिव रामप्रसाद गजुरेलका अनुसार असोजभित्रै सो कार्यक्रम गर्ने गरी तयारी भइरहेको छ । तर यसपटक सीमित व्यक्तिलाई बोलाएर वा नगरमाता र नगरपिता घोषणा हुने ज्येष्ठ नागरिकको घरमै पुगेर सम्मान गर्ने गरी तयारी हुँदैछ ।
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

Banner
सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी
नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।
ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।
सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।
नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।
Banner
विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण
सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्याएको छ,’ उनले भने ।
१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्याएको छ ।
लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।
सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।
उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।
Banner
नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै
नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।
त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।
यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















Pingback: यी हुन् सुन्दरहरैंचाका विभिन्न वडामा बन्दै गरेका ज्येष्ठ नागरिक चौतारी - निष्पक्षखबर
Pingback: सुन्दरहरैंचाले ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने (नगर स्थापना दि