समाचार
यी हुन् सुन्दरहरैंचामा बन्दै गरेका ज्येष्ठ नागरिक चौतारी
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले हरेक वडामा ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने कार्यलाई अघि सारेको छ । यसै क्रममा विभिन्न वडामा ज्येष्ठ नागरिक चौतारी बन्ने क्रममा रहेको र केही वडामा चौतारी बनिसकेको ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाले जनाएको छ ।
समाजको हरेक वडामा रहेका वडा समितिले चौतारीका लागि पहल गरेपछि वडाले बजेट विनियोजन गरेर चौतारी बन्ने गरेका छन् । समाजका अनुसार वडा नम्बर ४ मा अन्य वडाको भन्दा ठूलो भवन बन्दैछ । ४ तले भवन बन्न लागेको हो । यस्तै अन्य वडामा पनि ज्येष्ठ नागरिक भवन र ज्येष्ठ नागरिक चौतारी निर्माणको क्रममा छन् ।

समाजका अध्यक्ष रामकुमार कार्कीका अनुसार वडा नम्बर १ को पचाममा भवन बन्दैछ । वडा नम्बर २ मा भवन बनिसकेको छ भने वडा नम्बर ३ मा निर्माणाधीन अवस्थामा छ । वडा नम्बर ६ मा पनि निर्माण कार्य सम्पन्न भइसकेको छ । वडा नम्बर ७ को गणेशपुरमा २५ लाख रुपैयाँको लागतमा ८ कोठे भवन बनेको छ । यो भवन बनाउँदा व्यापक जनश्रमदान भएको कार्कीले बताए ।
त्यस्तै, वडा नम्बर ८ मा २ वटा ज्येष्ठ नागरिक चौतारी बनेका छन् । एउटा चौतारी पूर्व पश्चिम लोकमार्गभन्दा उत्तरतर्फ गणेश मन्दिरको छेउमा रहेको छ । त्यस्तै अर्काे चौतारी पूर्व पश्चिम लोकमार्गभन्दा दक्षिणतर्फ कृष्ण आयलको पछाडि रहेको छ । वडा नम्बर ९ मा एउटा भवन कालीखोला मन्दिर परिसरमा बनेको छ भने अर्काे भवन नागदेवी मन्दिरको पूर्वतर्फ बन्ने क्रममा छ । वडा नम्बर १० मा मन्दिरसहितको २ तले भवन बनेको छ । पहिलो तला प्रयोगमा आएको छ भने दोस्रो तला प्रयोगमा आउन बाँकी छ । वडा नम्बर ११ को कर्जुना चोकमा भवन बन्दैछ । वडा नम्बर १२ को शुक्रबारेमा पनि भवन बनेको समाजका महासचिव रामप्रसाद गजुरेलले बताए ।
सम्बन्धित समाचारहरुः
ज्येष्ठ नागरिकको पक्षमा सुन्दरहरैंचाको सह्रानीय कामः हरेक वर्ष नगर माता र नगर पिता घोषणा
Facebook Comment
Banner
सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी
नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।
ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।
सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।
नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।
Banner
विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण
सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्याएको छ,’ उनले भने ।
१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्याएको छ ।
लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।
सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।
उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।
Banner
नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै
नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।
त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।
यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login