Connect with us
Advertisement

सुन्दरहरैंचामा ९ जना थपिए कोरोना संक्रमित, वडा नम्बर १० मा मात्रै ५ जना

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै वडा नम्बर १० मा ५ जना फेला परेका छन् । वडा नम्बर १० मा ५३ वर्षीया महिला तथा २८, ३८, ६७ र ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, वडा नम्बर ४ मा २३, २७ र २८ वर्षीया महिला तथा वडा नम्बर १२ मा ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

७२ सालको भूकम्पको स्मृतिमा बारपाकमा आज सार्वजनिक बिदा

Published

on

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।

२०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए ।

त्यसअवसरमा बारपाकस्थित हिमालय माध्यामिक विद्यालयको खेल मैदानमा आज विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो । गोरखा भूकम्पमा परी देशभर ८ हजार ९७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै ४ सय ७१ जनाको मृत्यु भएको थियो ।

त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्‍याएको थियो ।

Continue Reading

Banner

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

Published

on

नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

यस्तै द्विपक्षीय वार्तामा कतारी अमिरले नेपालको ऊर्जा, कृषि, यातायातमा नेपाल र कतारका तर्फबाट छलफल गर्ने र लगानीका क्षेत्रको खोजी गर्ने विषयमा समेत छलफल भएको थियो ।

‘नेपालको तर्फबाट नेपालमा लगानीका लागि अनुकुल परिस्थिति बन्दै गएको छ र त्यो सामर्थ्य कतारसँग भएकाले आमन्त्रण गर्न चाहन्छौं,’ उनले भने ।

विश्वव्यापी द्वन्द्व समाधानमा कतारले खेलेको मध्यस्थताको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले इजरायलमा हमासको आक्रमणपछि वेपत्ता भएका नेपालका विपिन जोशीको सकुशल रिहाइका लागि भूमिका खेलिदिन आग्रह समेत गरेका थिए ।
Continue Reading

Banner

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको निःशुल्क मुटु परीक्षण अभियान

Published

on

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको निःशुल्क मुटु परीक्षण अभियान
स्वस्थ्य मुटु सुखी समाज भन्ने नाराका साथ निःशुल्क मुटु परीक्षण अभियान संचालन गर्दै आएको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नमो साई स्वास्थ्य उपचार केन्द्र, गछिया, सुन्दरहरैचा ३, मोरङ्गसंगको सहकार्यमा आज मिति २०८० असोज २९ गते सोमबारका दिन निःशुल्क मुटु परीक्षण सिविर संचालन गरेको छ । मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवालको नेतृत्वको चिकित्सक टोलीले ८७ जना विरामीको मुटु परीक्षण गरेको थियो जसमध्ये ८७ जनाकै निःशुल्क इकोकार्डियोग्राफि गरिएको थियो भने ४० जना विरामीको निःशुल्क इ. सि. जि. गरिएको थियो ।
नोवेलको मुटु विभागमा कार्डियोलोजिष्ट एवं कार्डियोसर्जन गरी १० जना चिकित्सक सहितको दक्ष जनशक्तिबाट सेवा उपलव्ध हुने हुँदा मुटु सम्बन्धी सम्पूर्ण सेवाहरु उपलव्ध रहेको छ । साथै मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षणको यस अभियानले गाँउघर मै स्वास्थ्य उपचार सेवा पुग्दा विरामीहरुलाई सहज भएको छ ।
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक