लोकसेवा तयारी
समसामयिक सामान्यज्ञान प्रश्ननाेत्तर (तस्बिर सहित)
१ तेह्रौं दक्षिण एसियाली खेलकुद ९साग० को कुस्ती खेल कहाँ सम्पन्न भएको थियो ?

– जनकपुर
२ लेगाटम इन्स्टिच्युटले प्रकशित गरेको विश्व समृद्धि इन्डेक्स २०१९ मा नेपाल कति औं स्थानमा छ ?

– ११५ औं
३ उनान्चास ४९ मेगावाट क्षमताको मध्य मेवाखोला जलविद्युत आयोजना कहाँ पर्छ ?

– ताप्लेजुङ
४ शान्तिको आरम्भ एउटा मिठो मुस्कानबाट हुन्छ यो भनाइ कस्को हो ?

– मदर टेरेसा
५ बिम्सटेकको पाँचौ शिखर सम्मेलन सन २०२२ मा कहाँ हुदैछ ?

– श्रीलङ्का
६ संयुक्त्त राष्ट्र संघले सन् २०२० देखि कुन दिनलाई निलो आकाशका लागि सफा हावा दिवस मनाउने भएको छ ?

– सेप्टेम्बर ७ तारिख
७ हाल दाजुभाइले नै राष्ट्रपति र प्रधानमन्त्री भई सत्ता सन्चालन गरिरहेको मुलुक कुन हो ?

– श्रीलंकामा भाइ गोटाभाया राजापाक्षे राष्ट्रपति र दाजु महिन्दा राजापाक्षे प्रधानमन्त्री
८ छैटौँ इन्टेग्रिटी आईकन ९२०१९० को उपाधि हासिल गर्ने राष्ट्रसेवक कर्मचारी को हुनुहुन्छ ?

– काजीमान राई ( चुलाचुली गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत
९ ‘जी २० को १६ औं शिखर सम्मेलन २०२१ कहाँ हुदैछ ?

– इटाली
१० टाइम पर्सन अफ दि इयर २०१९ कस्लाइ घोषणा गरिएको छ ?

– ग्रेटा थनबर्ग (स्वीडेन)
११ ३३ औं गृष्मकालिन ओलम्पिक २०२४ कहाँ सम्पन्न हुने भएको छ ?

– पेरिस, फ्रान्स
१२ दिगो विकासको अवधारणा सर्वप्रथम कुन आवधिक योजनामा समेटिएको थियो ?

– आठौं योजना
१३ सबैभन्दा छोटो समयमा विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिमाल चढेर किर्तिमान कायम गर्ने नेपाली को हुन् ?

– निर्मल पुर्जा
१४ १२औं राष्ट्रिय जनगणना २०७८ को लागी नारा के तय गरिएको छ ?

– मेरो गणना मेरो सहभागिता
१५ नेपालमा स्मार्ट सवारीचालक अनुमतिपत्र लाइसेन्सको औपचारिक शुभारम्भ कहिले गरिएको हो ?

– २०७२ मङ्सिर १४ गते
१६ लाटो पहाड नामक कृतिका लेखक को हुन् ?

– उपेन्द्र सुब्बा
१७ नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?

– २०५५ पौष १६ गते
१८ सशस्त्र प्रहरी बलको स्थापना कहिले भएको हो ?

( २०५७ माघ ९ गते
१९ एसियाको नोबल पुरस्कार भनी चिनिने रामोन म्यागासेसे पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
( सन् १९५८ देखि

हाससम्म यो पुरस्कार प्राप्त गर्ने नेपालीहरु
१। महेशचन्द्र रेग्मी सन् १९९७
२। भारतदत्त कोइराला सन् २००२
३। डा। सन्दुक रुइत सन् २००६
४। महावीर पुन सन् २००७
५। शक्ति समूह सन् २०१३
२० सन् २०२० जनवरीदेखि २०२१ डिसेम्बरसम्म संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को अस्थायी सदस्यमा चयन हुन सफल राष्ट्र कुन कुन हुन् ?

( भियतनाम, ट्युनिसिया, इस्टोनिया, नाइजेरिया र सेन्ट किट्स एन्ड नेभिस
२१ संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित रु १००, रु १००० र रु २५०० को दरको सिक्का कहिले सार्वजनिक भयो ?

– २०७६ भदौ २४ गते
२२ भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन कहिले भयो ?

– सन् २०२० अगस्ट ३१ तारिख
२३ विश्वचर्चित अनलाइन गेम पब्जी (PlayerUnknown’s Battlegrounds- PUBG) का डिजाइनर को हुन् ?

– ब्रेन्डन ग्रीन, आयरल्याण्ड
२४ जनकपुरदेखि भारतको जयनगरसम्म सञ्चालनका लागि हालै दुईवटा रेल कहिले नेपाल ल्याइएको हो ?

– २०७७ असोज २ गते
२५ फोर्ब्सद्वारा सन् २०२० सेप्टेम्बर १४ मा सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी को हुन् ?

– लियोनेल मेस्सी ९स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमका कप्तान०
२६ प्रतिष्ठित ‘क्वालिटी म्यानेजमेन्ट सिस्टम‘ ९क्युएमएस० सँग सम्बन्धित आईएसओ ९००१–२०१५ प्राप्त गर्ने नेपाली एयरलाइन्स ९हवाईसेवा० कुन हो ?

– हिमालय एयरलाइन्स
२७ वातावरण संरक्षणका लागि हरित सेना गठन गरेको देश कुन हो ?

– अस्ट्रेलिया
२८ निजामती कर्मचारीहरूले एकैप्रकारको पोशाक लगाउनुपर्ने व्यवस्था कहिलेदेखि गरिएको हो ?

– २०६८ साउन १ गते
२९ एसडीजी गोल इन्डेक्स–२०१९ मा नेपाल कतिऔँ स्थानमा छ ?

१०३औँ
– एसडीजीमा निर्धारण गरिएका लक्ष्यहरूको प्रगतिका आधारमा तयार गरिने यो रेङ्किङमा नेपाल ६३।९ अङ्कका साथ सो स्थानमा रहेको ।
– अध्ययनमा १२६ देश समेटिएको सो सूचीको पहिलो पाँच स्थानमा क्रमशः डेनमार्क, स्वीडेन, फिन्ल्यान्ड, फ्रान्स र अस्ट्रिया रहेका । अन्तिम स्थानमा सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, डोमिनिकन रिपब्लिक, कङ्गो र नाइजेरिया रहेका ।
३० विश्वमा क्रेडिट कार्डको प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?

संयुक्त राज्य अमेरिका
Facebook Comment
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
Banner
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।
Banner
भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन
सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।
मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्व तयारी मिलाउन निर्देशन दिएको छ।
प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। साथै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ।
स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहित स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ।
सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि जीवनजल लगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोली लाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।
त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ।
स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login