अर्थ
लब्धप्रतिष्ठित व्यक्तिलाई अध्यक्ष बनाउँदा सुन्दरहरैंचाका दुवै उद्योग वाणिज्य संघ मर्ज हुन्छन् भन्ने लागेको छ
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको अधिवेशन आगामी शुक्रबार हुँदैछ । यसअघि २०७३ सालमा तत्कालीन कोशीहरैंचा उद्योग वाणिज्य संघको अधिवेशनबाट नवराज चापागाई २ वर्षे कार्यकालको लागि अध्यक्षमा चयन भए । २ वर्षका लागि चयन भएका उनले झण्डै ४ वर्ष संघको नेतृत्व गर्ने मौका मिल्यो । साबिक कोशीहरैंचा उद्योग वाणिज्य संघ र सुन्दरदुलारी उद्योग वाणिज्य संघबीच एकीकरण गर्न चापागाईं नेतृत्वको कार्यकाल १ वर्षका लागि थपिएको थियो । त्यसपछि कोरोना संक्रमणको त्रासलगायतका अन्य विविध कारणले अधिवेशन पछि सर्दै आगामी शुक्रबार हुन लागेको हो । त्यो बीचमा दुई संघबीच एकीकरण हुन सकेन । यसैबीचमा तत्कालीन कोशीहरैंचा उद्योग वाणिज्य संघको नाम भने हाल सुन्दरहरैंचा उद्योग वाणिज्य संघ भएको छ ।
तत्कालीन नेकपा माओवादीको तर्फबाट नेपाली कांग्रेससहितको समर्थनमा उनी उम्मेद्वार भएका थिए । उच्च व्यक्तित्व र संघको लागि काम गर्न सक्ने आँकलन गर्दै ७ सय ३४ मतदातामध्ये ५ सय ३० जनाले मत दिएर उनलाई जिताएका थिए । हाल नेकपाको जिल्ला सचिवालय सदस्यसमेत रहेका चापागाईंले संघको अध्यक्षमा निर्वाचित भएपछि सोचेअनुसार काम गर्न नसकेको उद्योगी व्यवसायी बताउँछन् । यसै सन्दर्भमा चापागाईंको कार्यकाल कस्तो रह्यो भनेर बुझ्ने क्रममा उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः
आफ्नो कार्यकालमा सुन्दरहरैंचा उद्योग वाणिज्य संघलाई कस्तो बनाउने उद्देश्य राख्नुभएको थियो ?
म २०७३ सालमा तत्कालीन कोशीहरैंचा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेद्वारी दिँदा मेरा केही प्रतिबद्धताहरु थिए । एउटा विधिमा, एउटा थितिमा रहेर काम गर्छु, संस्थाका सबै सदस्यलाई अनुशासित र जिम्मेवार बनाउँछु भन्ने मेरो सोच थियो । यस संस्थालाई मोरङको तेस्रो ठूलो स्थापित व्यापारिक संस्था बनाउँछु भन्ने उद्देश्य थियो । मोरङ व्यापार संघ र उद्योग संगठनपछिको संस्था बनाउँछु भन्ने मेरो ध्यान थियो । अहिले मोरङमा तेस्रो संस्थाको रुपमा यो संस्था स्थापित भइसकेको छ । संस्थाको गतिविधि, अनुशासन र सम्पत्तिको हिसाबले हेर्दा जिल्लाको तेस्रो ठूलो संस्थाको रुपमा यो संस्था स्थापित हुन सफल भएको छ ।
कस्ता योजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ?
धेरै प्रतिबद्धतामध्ये एउटा प्रतिबद्धता अत्याधुनिक सार्वजनिक शौचालय निर्माणको प्रतिबद्धता थियो । त्यो प्रतिबद्धताचाहिँ बढी महत्वाकांक्षी प्रतिबद्धता थियो । यो चाहिँ पूरा गर्न नसकिने हो कि भन्ने डर पनि थियो । तर निर्वाचित भएपछि सबैको साथ र सहयोग लिएर अत्याधुनिक शौचालय निर्माणको काम शुरु गरियो । जग्गा नपाइएको ठाउँमा बनाउन सकिएन भने अन्य ठाउँमा निर्माणाधीन अवस्थामा छन् र केही निर्माण सम्पन्न पनि भइसकेका छन् ।
मुख्य बजार क्षेत्रमा सडक बत्तीको र सीसी क्यामेराको व्यवस्था गराउँछु भनेको थिएँ । प्लास्टिक झोला निषेध शहर बनाउँछु भनी उद्घोष गरेको थिएँ, सफा शहर बनाउने मेरो उद्देश्य थियो । घरभाडालाई व्यवस्थित बनाउने प्रतिबद्धता मेरो थियो साथै उद्योग वाणिज्य संघको गरिमालाई खस्कन दिन्नँ भन्ने मेरो उद्घोष थियो । प्लास्टिक झोला निषेधित शहर बनाउन पूर्ण रुपमा सकिएको छैन । उपभोक्ता र व्यापारी सबैलाई प्लास्टिकको झोला प्रयोग गर्न सजिलो लाग्ने, सस्तो तथा नन ओभन ब्याग र जुटको ब्याग प्रयोगमा तुरुन्तै अभ्यस्त नभएकाले यो अभियान चाहिँ ८० प्रतिशतमात्रै सफल भयो । मेरा प्रतिबद्धता सबै पूरा भएका छन् । त्यसैले मेरो कार्यकाल सफल भयो भन्ने मलाई लाग्छ ।
अत्याधुनिक शौचालय कहिले उद्घाटन हुन्छ ?
संस्थाका पूर्व अध्यक्ष भोलेश्वर दुलालको संयोजकत्वमा यो महाअभियान हामीले शुरु गरेका हौँ । अहिलेकै जस्तो अवस्था रहिरह्यो भने असोज २१ गते विराटचोक र सलकपुरको गरी २ वटा शौचालय उद्घाटन गर्ने योजना छ । निर्माणाधीन अवस्थामा रहेका हरैंचा र खोर्सानेका शौचालय पनि चाँडै उद्घाटन हुनेछन् ।
अत्याधुनिक भनिएका यी शौचालयका के विशेषता रहेका छन् ?
सूर्तिजन्य पदार्थ स्वास्थ्यको लागि हानिकारक हो । यसको सेवन गर्न हुँदैन तर कसैको नखाई नहुने बानी छ भने उनीहरुका लागि ‘स्मोकिङ जोन’ को व्यवस्था गरेका छाँै । राम्रो पुस्तकालय तथा बाथरुमको पनि व्यवस्था गरेका छाँै । अत्याधुनिक ढोकाको व्यवस्था गरिएको हुनाले ५ रुपैयाँको ढ्याक खसाएपछि मात्रै शौचालयको ढोका खुल्नेछ । बायोग्यास उत्पादन गर्ने योजना पनि छ । शौचालय सफाइ कर्मचारीका लागि सार्वजनिक शौचालयमै आवासगृह निर्माण गरिने छ ।
उद्योग वाणिज्य संघले धनी व्यापारीलाई मात्रै हेर्छ, साना व्यवसायीको पक्षमा बोल्दैन भन्ने आवाज पनि उठ्ने गरेको छ नि ?
समस्यामा परेका सबै व्यवसायीलाई संघले सहयोग गर्ने गरेको छ । ठूलो, सानो वा धनी गरीब भनेर छुट्याउने काम नै हुँदैन । हालैमात्रै आगलागीपीडित साना व्यवसायीलाई हामीले १५ हजार रुपैयाँका दरले राहत दियाँै । राहतको लागि निवेदन नदिएका व्यवसायीलाई पनि हामीले राहत दियौँ । प्रदेश सरकारले १० हजार रुपैयाँ दिने भनेको थियो, हाम्रै पहलमा ३० हजार रुपैयाँ दिने व्यवस्था मिलायौँ । नगरपालिकाले २० हजार रुपैयाँ राहत दिने भनेकोमा ९० हजार रुपैयाँसम्म राहत दिलाउने व्यवस्था गर्याैँ ।
व्यवसायीले सामान ल्याउने क्रममा अप्ठ्यारो पर्दा काँकरभिट्टासम्म गएर समस्या समाधान गर्ने गरेका छौँ । वैचारिक हिसाबले पनि म गरीबको पक्षमा आवाज उठाउने मान्छे हुँ । धनी र गरीबबीचको खाडल पुर्न सकियो भने मात्रै देश समृद्ध हुन्छ भन्ने मान्यता बोकेर काम गर्ने मान्छे भएकाले साना व्यवसायीलाई नहेरेको भन्ने प्रश्न नै हुँदैन । म अध्यक्ष नहुँदा पनि विपन्न वर्गका सबैलाई सधैँ सहयोग गर्नेछु ।
व्यवसायीको पक्षमा गरेका अन्य राम्रा कामहरु केही छन् कि ?
एक जना व्यवसायीको घरजग्गा लिलाम भइसकेको अवस्थामा संघले पहल गरेर व्यवसायीलाई आवश्यक पर्ने रकम उपलब्ध गराएर घर उकासेर त्यो घर बेच्न पहल गर्ने काम भयो । यस्तो काम सम्भवतः नेपालमै पहिलो पटक भएको हो । त्यसपछि व्यवसायीको सो घर बेचेर बैंकको ऋण चुक्ता गराउने र व्यवसायीले स्थानीयलाई दिनुपर्ने सापटी रकम र ऋण फिर्ता गराउने काम गरियो । ऋणमा डुबिसकेका व्यवसायी पनि अहिले शिर ठाडो पारेर हिँड्न सक्ने अवस्था सिर्जना भयो । यो सबै काम उद्योग वाणिज्य संघको पहलमा नै भएको हो । बैंकको ऋण १ करोड र स्थानीयको ऋण ३ करोड हाराहारीमा रहेको थियो । उनको घर बेचेर लगभग ३ करोड रुपैयाँ आएपछि बैंकको ऋण तिरेर बाँकी रहेको रकम भने उनलाई ऋण दिनेलाई ऋण रकमको प्रतिशतको आधारमा दिएर ती व्यवसायीलाई ऋणमुक्त बनाउने काम गरिएको थियो ।
बजारमा जोडिएका सोलारबत्ती र सीसी क्यामेराले काम गर्न छाडेको र त्यसको रेखदेखमा संघले चासो नलिएको भन्ने भनाइ साँचो हो ?
व्यवस्थापनमा समस्या देखिएको छ । यो उद्योग वाणिज्य संघले जोडेको भन्ने भएपछि मलाई पनि धेरै फोन आउँछ । म त्यतिखेर तत्कालीन कोशीहरैंचा उद्योग वाणिज्य संघको अध्यक्ष पनि थिएँ अनि नगरपालिका सञ्चालन संयन्त्रको प्रतिनिधि पनि थिएँ । सो संयन्त्र र संघको पहलमा सीसी क्यामेरा जोड्ने काम भएको थियो । पछि नगरपालिकाले सीसी क्यामेरा थप्यो पनि, तर बिग्रिएका सीसी क्यामेरा मर्मतमा ध्यान दिएको छैन । सडक बत्तीको बारेमा पनि मैले नगरप्रमुख, वडाध्यक्षहरुलाई भनेको छु । जनप्रतिनिधि आइसकेको समयमा हामीले हस्तक्षेप गर्न मिल्दैन । यस बारेमा जनप्रतिनिधिलाई नै झकझक्याउने काम गरिरहेको छु ।
आफूले गरेका प्रतिबद्धताहरु कति पूरा भए, पूरा हुन नसकेका प्रतिबद्धता केके हुन् ?
मैले जाहेर गरेका लगभग सबै प्रतिबद्धता पूरा भए । प्लास्टिक झोलामुक्त शहर बनाउने प्रतिबद्धता पूरा हुन सकेन । औद्योगिक ग्राम बनाउने, पशु बजार लगाउनेजस्ता प्रतिबद्धता पनि पूरा हुन सकेनन् । अब आउने समितिले गर्ने काममा मेरो पूर्ण समर्थन रहनेछ ।
संघको विधान संशोधन हुँदैछ भन्ने पनि सुनिएको छ, केके संशोधन हुँदैछ ?
हामी नेपाल उद्योग वाणिज्य महासंघको सदस्य छैनौँ । हामी महासंघमा जाने तयारीमा छाँै । सबै पक्षको सहमतिमा संशोधन गर्न लागेका छौँ । संशोधन साधारण सभाले गर्नेछ । महासंघको सदस्य हुनको लागि महासंघको विधानअनुरुपको हाम्रो पनि विधान बनाउन खोजेका हौँ ।
कोभिडको महामारीको समयमा संघले कस्तो भूमिका निर्वाह गर्याे ?
कोभिडको समयमा १ लाख रुपैयाँ सुन्दरहरैंचा उद्योग वाणिज्य संघको तर्फबाट र ३५ हजार रुपैयाँ मोरङ व्यापार संघको तर्फबाट संकलन गरी १ लाख ३५ हजार रुपैयाँ हामीले नगरपालिकालाई सहयोग गर्याैँ । सेनिटाइजर र मास्क सिटी सफारी, अटोका चालक र अन्य मजदुरलाई वितरण गर्याँै । हालै मात्रै अपाङ्गता भएका र निम्न आय भएका ६३ परिवारलाई राहत वितरण गर्याैँ ।
लकडाउनको समयमा कम्तीमा १ महिनाको घरभाडा छुटको व्यवस्था गर्याैँ । उद्योग वाणिज्य संघले मात्रै घोषणा गर्दा कार्यक्रम फितलो हुन्छ कि अथवा कार्यान्वयनमा सहज हुँदैन कि भनेर संघले निर्णय गरी कम्तीमा १ महिनाको घरभाडा छुटको व्यवस्था स्थानीय सरकारले गरोस् भनेर हामीले नगरपालिकालाई अनुरोध गर्याँै । त्यही निर्णय नगरपालिकाले पारित गर्याे । व्यवसायीले व्यवसायीलाई सहयोग गर्नुपर्छ भनेर मैले आफूले चाहिँ मेरो घरमा भाडा लिएर व्यवसाय गर्ने व्यवसायीलाई २ महिनाको भाडा छुट दिएँ ।
अधिवेशनलाई लक्षित गरेर असोज २२ गते रक्तदान गर्ने कार्यक्रम पनि तय गरेका छौँ । बजार सरसफाइको तयारीमा पनि लागेका छौँ ।
वर्तमान अध्यक्ष भएको नाताले आगामी नेतृत्वमा उम्मेद्वारी दिने भनी चर्चामा रहेकामध्ये कसलाई समर्थन गर्नुहुन्छ ।
अहिलेसम्म प्रत्यक्ष रुपमा अबको नेतृत्वका लागि २ जनाको नाम अगाडि आएको छ । कृष्ण रिजाल र टीकाप्रसाद कट्टेलको नाम बाहिर आएको छ । सन्तोष वान्तवा र नारायण थापाको नाम पनि आएको थियो । मेरो र नेकपाको समर्थन टीकाप्रसाद कट्टेललाई हुनेछ ।
नेकपाले गैरराजनीतिक र गैर व्यावसायिक व्यक्तिलाई समर्थन गर्दैछ भनेर पनि हल्ला चल्न थालेको छ नि ?
टीकाप्रसाद कट्टेल गैर राजनीतिक व्यक्ति भएको साँचो हो तर उहाँ गैरव्यावसायिक व्यक्ति हो भन्ने सत्य होइन । उहाँ स्वतन्त्र व्यक्ति हो, कुनै राजनीतिक दलको उहाँले टिकट लिनुभएको छैन । तर उहाँ पुरानो व्यवसायी हो । म क्याम्पस पढ्दा नै उहाँहरुको यहाँ होलसेल किराना पसल थियो । अहिले उहाँको फेबिकोल फ्याक्ट्री सञ्चालनमा छ । उहाँ तत्कालीन इन्द्रपुर व्यापार संघको संस्थापक सदस्य हो । २०५४ सालदेखि हालसम्म उहाँ संघको कार्यसमितिमा रहनुभएको व्यक्ति हो । उहाँले ‘मेरो उमेर लगभग ६० वर्ष भयो, एक पटक अध्यक्ष हुने रहर छ , मलाई कांग्रेसले समर्थन गरे पनि हुन्छ, नेकपाले समर्थन गरे पनि हुन्छ, सर्वसम्मत नेतृत्व दिए पनि हुन्छ । अध्यक्षमार्फत् यो छलफल चलाइदिनुपर्याे’ भनेपछि त्यसले मलाई छोयो ।
एक जना लब्धप्रतिष्ठित व्यक्तिलाई अध्यक्ष बनाउँदा सुन्दरहरैंचाका दुवै संघ मर्ज हुन्छन् कि भन्ने पनि लागेकाले उहाँलाई समर्थन गरिएको हो । सुन्दरहरैंचामा रहेका २ वटा संघ मर्ज हुनु आवश्यक छ तर मेरो पालामा मर्ज हुन सकेन । मर्जको जस मैले लिन्छु भनेर मर्ज नभएको भन्ने कुरा बाहिर आयो । स्वतन्त्र व्यक्ति अध्यक्ष हुँदा कुनै दलविशेषले जस लिएको नठहर्ला भनेर पनि उहाँलाई समर्थन गरिएको हो । दुवै संघ जसरी भए पनि मर्ज हुनैपर्छ भन्ने पक्षमा म छु । यत्तिको शालीन र भद्र तथा सामाजिक व्यक्तित्वलाई सर्वसम्मत नेतृत्व दिआँै, अहिलेको कोभिडको महामारीको समयमा निर्वाचन नगरौँ भन्ने मनसायले उहाँलाई समर्थन गरिएको हो । तर बजारमा आएजस्तो नेकपासँग उम्मेद्वार छैन भन्ने भनाइ हावादारी भनाइ हो । नेकपमा संघलाई हाँक्ने उम्मेद्वार धेरै छन् । नेकपाले जसलाई समर्थन गर्यो त्यही मानिसले नेतृत्व आफ्नो हातमा लिन्छ । म त चुनाव लडेर राम्रो मत पाएर विजयी भएको हुँ मलाई थाहा छ नि सबै कुरा ।
मैले कांग्रेसको समर्थनमा तत्कालीन नेकपा माओवादीको तर्फबाट चुनाव जितेको हुँ । त्यसबेला कांग्रेसका १ जना सदस्यले मात्रै चुनाव जित्नुभएको थियो, तत्कालीन नेकपा माओवादी र कांग्रेस मिल्दा पनि । तत्कालीन एमाले समर्थित धेरै जनाले सदस्य पदमा जित्नुभएको थियो । २ वर्ष पर्खिँदा जितिन्छ भने अहिले किन हार्न तयार हुने भन्ने मेरो भनाइ हो । सर्वसम्मतमै नयाँ नेतृत्व चयन होस् भनेर पूर्व अध्यक्ष भोलेश्वर दुलालको अध्यक्षतामा हामीले समन्वय समिति पनि निर्माण गरेका छाँै । समन्वय समितिमा ४ जना पूर्व अध्यक्षहरु, ३ जना सल्लाहकार तथा पार्टी सभापति र संघको अध्यक्षसहितको ९ जनाको समन्वय समिति निर्माण भएको छ । सर्वसम्मत भएन भने निर्वाचन गराउनका लागि निर्वाचन समिति पनि गठन गरेका छौँ ।
Facebook Comment
Banner
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।
Banner
भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन
सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।
मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्व तयारी मिलाउन निर्देशन दिएको छ।
प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। साथै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ।
स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहित स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ।
सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि जीवनजल लगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोली लाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।
त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ।
स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
Banner
निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।
समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।
समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।
यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login