Connect with us
Advertisement

रुसमा १२ लाख, फ्रान्समा ६ लाख र जर्मनीमा ३ लाख कोरोना संक्रमित

Published

on

विराटचोकः युरोपियन देश रुसमा १२ लाख, फ्रान्समा ६ लाख र जर्मनीमा कोरोना संक्रमितको संख्या ३ लाख जना पुगेको छ । विश्वमा रहेका सबैभन्दा धेरै कोरोना संक्रमितको आधारमा रुस फ्रान्स र जर्मनी क्रमशः चौथो, एघारौँ र बाइसाँै नम्बरमा तथा युरोप महादेशमा क्रमशः पहिलो, तेस्रो र छैटौँ स्थानमा रहेका छन् ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टामा रुसमा ९ हजार ८ सय ५९ जना संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या १२ लाख ४ हजार ५ सय २ जना पुगेको छ । २१ हजार २ सय ५१ जनाको मृत्यु भएको छ भने ९ लाख ७४ हजार ८ सय ५९ जना निको भएका छन् ।

फ्रान्समा रुसको भन्दा आधा कम संक्रमित भए पनि मृत्यु हुनेको संख्या भने रुसको भन्दा डेढ गुणा बढी छ । फ्रान्समा ३२ हजार १ सय ९८ जनाको मृत्यु भएको छ । त्यहाँ थप १६ हजार ९ सय ७२ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ लाख ६ हजार ६ सय २५ जना पुगेको छ । ९७ हजार ७ सय ७८ जना संक्रमित निको भएका छन् भने आइसोलेसनमा रहनेको संख्या ४ लाख ७६ हजार ६ सय ४९ जना छ ।

त्यस्तै, जर्मनीमा कोरोना संक्रमितको संख्या ३ लाख २८ जना पुगेको छ । पछिल्लो समय त्यहाँ १ हजार ६ सय ६५ जना संक्रमित थपिएका छन् । ९ हजार ५ सय ९७ जना संक्रमितको ज्यान गएको छ । जर्मनीमा निको हुनेको संख्या धेरै छ । ६ लाख संक्रमित भएको फ्रान्समा ९७ हजार संक्रमित निको हुँदा ३ लाख संक्रमित रहेको जर्मनीमा निको हुनेको संख्या २ लाख ५९ हजार ५ सय जना रहेको छ ।

युरोपमा १ लाखभन्दा धेरै कोरोना संक्रमित हुने देशको संख्या १० वटा रहेको छ ।

सम्बन्धित समाचारहरु

रुसमा कोरोना संक्रमितको संख्या ११ लाखभन्दा बढी

कोरोना संक्रमितको संख्यामा फ्रान्सलाई पनि पछि पार्याे भारतले, आजै जर्मनीलाई पनि पछि पारेको थियो

जर्मनीमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

 

 

Banner

पानी पार्न हेटौंडामा भ्यागुताको बिहे, ३ सय जना जन्ती

Published

on

लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पर्ने जनविश्वासले हेटौडौं उपमहानगरपालिका -१६ मा स्थानीयले भ्यागुताको विवाह सम्पन्न गराएका छन्।

आकाशबाट पानीको वर्षाको होस भनेर बुधबार बिहान पण्डितको उपस्थितिमा बाजागाजासहित एक जोडी भ्यागुताको वैदिक परम्परा अनुसार विवाह गराएका हुन्।

इन्द्र भगवाकाे पूजाआजा गरेपछि एक जोडी भ्यागुता समातेर श्रृङगार गरि बेहुला–बेहुली बनाएर विवाह प्रक्रिया पुरा गरिएको स्थानीयले बताए। विवाहमा वडा अध्यक्ष रामकृष्ण कोइराला समेत उपस्थित थिए।

पानी नपर्दा गर्मी र वन डँडेलो बढ्नुका साथै अन्नबाली लगाउन समेत समस्या भएको भन्दै स्थानीयले भ्यागुताको विवाह गराएको वडा अध्यक्ष कोइरालाले जानकारी दिए।

‘विदेशमा बादल बनाएर पानी पार्छन्, हाम्रो देशमा पानी पार्न भ्यागुताको विवाह गर्नुपर्ने अवस्था छ’, कोइरालाले भने, ‘पहिले ‘पहिले भ्यागुताको विवाह गर्‍यो भन्ने पानी पर्छ भन्ने चलन थियो। सोही अनुसार यहाँ भ्यागुताको विवाह भएको हो।’

भ्यागुताको विवाह कार्यक्रममा करिब ३ सय जना सहभागी रहेका थिए। हेटौँडा-१६ को राम मन्दिरबाट जन्ती प्रस्थान सुरु गरी १६ नम्बरकै खमारेको कुवा पुगेर विधिपूर्वक पन्चे बाजा सहित भ्यागुताको विवाह गरिएको हो।

Continue Reading

Banner

आज – १३ बैशाख २०८१ बिहिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमीको सुझाव अनुरूप कार्य सम्पन्न पनि गर्न सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण कार्य सिद्ध हुनसक्छ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला, तर पुँजी बजार भने कमजोर रहला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज एकपछि अर्को अवसर आउनाले मनमा प्रसन्नता छाउनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर साँझमा साथीको सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, पछिल्लो समय आक्रमण तीव्र

Published

on

गाजामा इजरायल र प्यालेस्टाइनबीच युद्ध शुरु भएको दुई सय दिनभन्दा बढी भइसकेको छ । पछिल्लो हप्ताहरूमा, इजरायलले यस युद्धको अवधिमा गाजामा सबैभन्दा ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरी क्षेत्रमा धेरैजसो बम विष्फोट भएको छ । इजरायली सेनाका प्रवक्ताका अनुसार दक्षिणी गाजामा सैन्य पर्यवेक्षण चौकी र मिसाइल प्रक्षेपण पोष्टहरू सहित २५ वटा क्षेत्रलाई निशाना बनाइएको छ ।

यसैबीच पछिल्लो समय इजरायलमा आक्रमण तीव्र पारेको लेबनानी सङ्गठन हिजबुल्लाहले आफ्ना दुई सदस्यको मृत्यु भएको जानकारी दिएको छ । कतारले हमास र इजरायलबीच युद्धविरामका लागि प्रयास गरिरहेको छ । कतारमा हमासको राजनीतिक कार्यालय पनि छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक