कोशी प्रदेश
गलत समाचार लेखेको भन्दै गछियाका मजदुर आक्रोशित
विराटचोकः गत शुक्रबार सुन्दरहरैंचा नगरपालिकामा मजदुरहरु गएर आफ्ना माग राखेको विषयलाई लिएर गलत र अपुष्ट आरोप लगाई समाचार लेखेको भन्दै गछियाका मजदुर आक्रोशित भएका छन् ।
बेलबारीबाट सञ्चालन हुने एक अनलाइनले बिना आधार समाचार लेखेको भन्दै अनलाइनसम्बद्ध सञ्चारकर्मीविरुद्ध कानुनी कारवाहीको लागि अघि बढ्ने योजना रहेको उनीहरुले बताएका छन् । यसबारेमा जानकारी दिन उनीहरुले शनिबार गछियामा पत्रकार सम्मेलन गरेका थिए ।
मजदुर सीता चौधरीले आफूले चालेको बालुवा किनेर लाने ट्याक्टरलाई प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा नगरपालिकामा गएको बताइन् । स्वतःस्फूर्त रुपमा नगरपालिकामा मजदुर गए पनि ट्याक्टरधनीले पैसाको लोभ दिएर लगेको भन्ने समाचार झुटो भएको र सो समाचार सच्याउनुपर्ने उनले बताइन् ।
सामाजिक अभियन्ताले आफूहरुलाई उकासेर नगरपालिकामा लगेको भन्ने भनाइ झुटो भएको मजदुरहरुको भनाइ थियो । असोज १ गते नै खोलामा टेन्डर लगाएर बालुवा बिक्री गर्न पाइने भए पनि यस पटक ढिलो भएको र आफूहरुले चालेको बालुवा किन्ने व्यवसायीको ट्याक्टर प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा नगरपालिका गएको उनीहरुको भनाइ थियो ।
त्यस्तै युवा संघ र भ्रष्टाचारविरुद्धको अभियानका अभियन्ताहरुले आफूहरुको मानमर्दन हुने गरी समाचार लेखिएको हुनाले त्यसको विषयमा कानुनी उपचार खोजिने बताए । आधारहीन समाचार प्रकाशन गर्ने मिडियाविरुद्ध मानहानीको उजुरी दिने तयारी भएको राष्ट्रिय युवा संघ सुन्दरहरैंचाका संयोजक भूषण राईले बताए ।
सम्बन्धित समाचारहरु
मेयरको सम्बोधनपछि फर्किए मजदुर
नगरपालिका आएर मजदुरले भने, ‘काम गर्ने वातावरण बनाइदेऊ, श्रम गरेर खान पाइयोस्’
Facebook Comment
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login