अन्तर्वार्ता
चुनावमा प्रतिबद्धता गरेका वाचा ७५ प्रतिशत पूरा भएका छन्: रोहित कार्की
तराईको जिल्ला भए पनि पहाडी भूभाग समेटिएको केराबारी गाउँपालिकामा पर्यटकीय क्षेत्र प्रशस्तै छन् । प्रचारप्रसारको अभावमा ती ओझेलमा परेका छन् । पर्यटकीय क्षेत्रसम्म पुग्ने बाटोको अभाव ठूलो समस्याको रुपमा रहेको छ । केराबारी गाउँपालिकामा भएका सम्भावना र चुनौती तथा गाउँपालिकाले हालसम्म गरेका काम र आगामी प्राथमिकताका बारेमा गाउँपालिका अध्यक्ष रोहित कार्कीसँग गरिएको कराकानीको सम्पादित अंश
केराबारी गाउँपालिकामा पर्यटनको क्षेत्रमा कसरी विकास गरिरहनुभएको छ ?
केराबारी गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान गरिएको छ र पर्यटकीय क्षेत्रको भौतिक विकासमा लागिएको छ । जेफाले, तोपगाछीजस्ता पर्यटकीय क्षेत्रको डीपीआर निर्माण गरेर संघीय सरकारसँग बजेट मागेका छौँ । गाउँपालिकाबाट पनि बजेट छुट्याएका छौँ । यस्तै ध्वजेडाँडा, पार्वती गुफा, सप्तकन्या गुफालगायतका ठाउँमा हामीले बाटो पुर्याएका छौँ । होम स्टेको विकास गर्दै छौँ । अन्य नयाँनयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास पनि गर्दै जाने छौँ ।
कृषि क्षेत्रमा चाहिँ कस्ताकस्ता काम गर्दै हुनुहुन्छ ?
यो वर्ष कृषिमा हामीले राम्रो रकम छुट्याएका छौँ । विशेष गरेर वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरूलाई लक्षित गरेका विभिन्न खालका कार्यक्रम राखेका छौँ । कृषियोग्य भूमि बाँझो नराख्ने अभियान चलाउँदैछौँ । किसानलाई ज्ञान र सीप प्रदान गर्नका लागि सहज होस् भनेर कृषि प्राविधिकको व्यवस्था गर्न लागेका छौँ । चाँडै कृषि प्राविधिक राखेर काम अगाडि बढाउँछौँ ।
कृषि उपजलाई बजारसम्म पुर्याउनका लागि कृषि सहकारीसँग सहकार्य गरेर गाडीको समेत व्यवस्था गरेका छौँ । मौरीपालन, पशुपालन, बेमौसमी तरकारी, च्याउ खेतीलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । हरेक घरले ५ वटा फलफूलका बिरुवा रोप्ने अभियान चलाएका छौँ । कृषिमा जम्मा १ करोड २८ लाख बजेट छुट्याएका छौँ ।
रोजगारीका क्षेत्रमा कस्ताकस्ता काम गर्दै हुनुहुन्छ ?
मूलतः केराबारी गाउँपालिकाको रोजगारीको क्षेत्र भनेको कृषि नै हो । हामीले किसान समूह बनाएर बाख्रापालन लगायतका कार्यक्रम ल्याएका छौँ । त्यस्तै गोठ सुधारका लागि अनुदानको व्यवस्था गरेका छौँ । माछापालन र मौरीपालनका लागि आधुनिक घार वितरण गर्दै छौँ । आधुनिक कृषि औजार पनि वितरण गर्दैछौँ । यसका साथै हामी कृषि परिचयपत्र बनाएर वितरण गर्दैछौँ । हामी ठाउँअनुसारको बाली लगाउनका लागि माटो परीक्षणको व्यवस्था पनि चाँडै गर्दैछौँ ।
केराबारीलाई बाढीपहिरोबाट बचाउन तटबन्ध निर्माणलगायतका केके काम गर्दै हुनुहुन्छ ?
केराबारीको दक्षिणी भागमा बाढीपहिरो र कटानको त्यति समस्या छैन तर उत्तरी भागमा सानासाना खहरे खोलाले निकै क्षति गर्छ । हामीले खोला कटान नियन्त्रणको काम गर्नका लागि बजेट छुट्याएका छाँै र काम पनि भइरहेको छ । यसका साथै राष्ट्रपति चुरे संरक्षण कार्यालयबाट पनि खोला कटान नियन्त्रण, तटबन्धन नियन्त्रणलगायतका काम भइरहेका छन् । भलुवा खोलामा चाहिँ जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट मेरै पहलमा ६\७ करोडको काम भइरहेको छ ।
आदिवासी, जनजाति, महिला, सीमान्तकृत, र पिछडिएको वर्गका लागि कसरी काम गर्दै हुनुहुन्छ ?
केराबारी गाउँपालिका सबै जातजातिका मानिसहरू मिलेर बसेको ठाउँ हो । सबै जातजाति, भाषाभाषी, लिङ्ग, वर्गको उत्थानका लागि उनीहरूको आवश्यकतालाई ध्यानमा राखेर हामीले त्यही अनुसारका कार्यक्रम तय गरेका छौँ । साथै विभिन्न सीपमूलक तालिमहरूको व्यवस्थासमेत गरेका छौँ ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नगरपालिकालाई कस्तो असर गर्याे ?
कोरोनाको कहर विश्वभर नै छ । यसबाट केराबारी गाउँपालिका अछुतो रहने कुरै भएन । केराबारीका प्रायः सबै क्षेत्रमा कोरोनाले असर गर्यो । शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्र प्रभावित भए । केही मानिसहरू संक्रमित पनि हुनुभयो । अहिले निको भइसक्नुभएको छ । बाहिरबाट आउनुभएका केही मानिसहरू अझै पनि क्वारेन्टिनमा हुनुहुन्छ ।
चुनावमा वाचा गरेमध्ये कति योजना पूरा भए, कति पूरा हुने क्रममा छन् ?
मैले चुनावमा प्रतिबद्धता गरेका ७५ प्रतिशत पूरा भएका छन् । केही पूरा हुने क्रममा छन् । हामीले गत वर्ष ३० किलोमिटर सडक कालोपत्रे गरेका छौँ । अन्य विकास निर्माणका काम पनि गरेका छौ । हाम्रै कार्यकालमा सबै वडा कार्यालय निर्माण गरिसक्ने योजना छ । गाउँपालिकाको भवन पनि बनाइसक्ने छौँ । गाउँपालिकास्तरीय अस्पताल पनि बनाउने छौँ । कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्नेछौँ ।
खानेपानीको क्षेत्रमा कस्ताकस्ता काम गर्दै हुनुहुन्छ ?
केराबारीमा खानेपानीमा केही समस्या छ । तर विभिन्न खानेपानी आयोजनालाई एकीकृत गरिरहेका छौँ । यसलाई व्यवस्थित गर्नेछौँ । साथै विभिन्न क्षेत्रमा डिप बोरिङको व्यवस्था गरेका छौँ । धेरै ठाउँमा ट्याङ्की बनाउँदैछौँ । बजार क्षेत्रमा ढलको व्यवस्था गर्दैछौँ ।
Facebook Comment
Banner
साउदीलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा पुगेको छ।
आइतबार मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया चार बल बाँकी छँदै अलआउट भएर १९० रनमा समेटिएको थियो। १९१ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा पाँच विकेट क्षतिमा १९३ रनसहित जित निकाल्न सफल भयो।
नेपालका लागि इशान पाण्डेले सर्वाधिक ४० रन जोडे। उनले ५९ बलमा दुई चौका हाने। देव खनालले ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन बनाए।
यसअघि साउदी अरेबियाका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रनको योगदान गरे। उनले ८९ बलमा १० चौका र दुई छक्का प्रहार गरे। मुहम्मद अतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन जोडे।
दोस्रो विकेटका लागि अतिफ र वाहिदले ९४ रनको साझेदारी गर्दै साउदीलाई बलियो स्कोरतिर बढाए। २.१ ओभरमा पहिलो विकेट गुमाएको साउदीका यी दुई ब्याटर २२.६ ओभरसम्म क्रिजमा रहँदै ९४ रनको साझेदारी गरे।
नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन-तीन विकेट लिए। ललितराजवंशीले दुई तथा शेर मल्ल र गुल्शन झाले एक-एक विकेट लिए।
यो प्रतियोगितामा नेपालको लगातार तेस्रो जित हो । यसअघि नेपालले समूह चरणमा बहराइन र मलेसियालाई हराएको थियो। लगातार तीन जितपछि नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहरे अन्तिम चार पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्ने भएको छ।
१० टोली सहभागी प्रतियोगिताको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ। नेपाल सन् २०२३ पछि पुनः एसिया कप खेल्ने लक्ष्यसहित अघि बढेको छ।
Banner
बढ्यो ग्यासको मूल्य
सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।
निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।
१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।
Banner
बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गरेको छ ।
सोमबार सिंहदरबारमा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीका प्रतिनिधिहरूसहित आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा मानवीय सहयोग तथा सहकार्य मार्फत प्रभावित समुदायलाई हर सम्भव सहयोग जुटाउन आइएमई ग्रुप प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए ।
विदेशमा रहेका नेपाली नागरिकहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम पठाउँदा लाग्ने रेमिट्यान्स शुल्क सेप्टेम्बर १० सम्म पूर्ण रूपमा निःशुल्क गरिएको उनले जानकारी दिए ।
साथै, ग्रुपले आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेको छ ।
यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको आइएमई ग्रुपले जनाएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login