स्थानीय तह
युरोपियन मापदण्डमा बनेका अत्याधुनिक शौचालय भोलि उद्घाटन हुँदै, यस्ता छन् विशेषता
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा बनेका २ वटा अत्याधुनिक सार्वजनिक शौचालयको भोलि मंगलबार उद्घाटन हुने भएको छ । नगरपालिका क्षेत्रका ७ स्थानमा शौचालय निर्माण गर्ने उद्देश्यले सुन्दरहरैंचा उद्योग वाणिज्य संघद्वारा गठित सार्वजनिक शौचालय निर्माण महाअभियान समितिको अगुवाइमा निर्माण भएकामध्ये विराटचोक र सलकपुरका शौचालय निर्माण सम्पन्न भएका हुन् । खोर्साने, हरैंचा, गोठगाउँ, बलिया र गछिया बजारमा शौचालय बन्ने क्रममा छन् ।
विराटचोकमा पश्चिम बस स्टेण्डको दक्षिणमा र सलकपुरमा चोकभन्दा पूर्वतर्फ बनेका २ वटा शौचालय भोलि उद्घाटन हुने भएका हुन् । जसका लागि नगरपालिकाले ३५ प्रतिशत लगानी गरेको छ भने ६५ प्रतिशत स्थानीयबासीबाट संकलन गरिएको छ ।
यस्ता छन् अत्याधुनिक शौचालयका विशेषताः
शौचालयमा पुस्तकालय र एसीजडित सैलुन रहनेछन् । यस्तै धूमपान गर्नेका लागि अलग्गै कोठा (स्मोकिङ जोन) बनाइएको छ । मोबाइल चार्ज गर्ने र नुहाउने व्यवस्था तथा महिलाहरुका लागि सेनेटरी प्याडको समेत व्यवस्था गरिएको छ । शौचालयको सरसफाइ गर्ने कर्मचारीका ७ परिवार शौचालयको सबभन्दा माथिल्लो तलामा बस्नेछन् । अपाङ्गमैत्री सो शौचालयको सुरक्षाका लागि गार्ड रुम पनि बनाइएको छ ।
शौचालय निर्माण महाअभियानका संयोजक भोलेश्वर दुलालका अनुसार बीचको तलामा इ लाइब्रेरी रहनेछ । कुनै संघसंस्थाले गोष्ठी वा सेमीनार गर्नुपरेमा त्यसको लागि हलको व्यवस्था पनि दोस्रो तलामा हुने भएको छ ।

सैलुन, कफी सप, स्मोकिङ जोनको साथै तौल नाप्ने मेसिन, मोबाइल चार्ज गर्ने ठाउँ र शौचालय तल्लो तलामा रहने बताइएको छ । युरोपियन मापदण्ड अनुसार बनिरहेका ४ वटा शौचालयको लागि ४ करोड रुपैयाँ खर्च भइसकेको दुलालले बताए । सलकपुर र विराटचोकका शौचालय भोलि उद्घाटन हुनेछन् भने हरैँचा र खोर्सानेका शौचालयमा ढलानको काम भइरहेको छ । गोठगाउँ, गछिया र बलियामा बन्ने शौचालयको निर्माणकार्य पनि दशैंअघि नै शुरु हुने दुलालले जानकारी दिए ।
शौचालय भवनको दोस्रो तलामा रहने पुस्तकालयका लागि पुस्तक संकलन कार्य भइरहेको छ । यसका लागि इन्द्रपुर जेसीजले समन्वय गरिरहेको छ ।

इन्द्रपुर जेसीजका अध्यक्ष गणेशप्रसाद भट्टराईका अनुसार दुवै ठाउँका पुस्तकालयका लागि लगभग ८ सय थान पुस्तक संकलन भइसकेका छन् । थप २ सय पुस्तक भोलिसम्ममा संकलन हुने र दुवै ठाउँका पुस्तकालयमा ती पुस्तक राखिने उनले बताए ।
पुस्तक संकलनको लागि जेसीजका १ सय ५६ शाखालाई अनुरोध गरिएको छ । इन्द्रपुर जेसीजको पहलामा ५ सय थान पुस्तक काठमाडौंबाट आइसकेको छ । साहित्यिक पुस्तक बढी रहने ती पुस्तकालयमा बालबालिकाका लागि पठनयोग्य सामग्रीका साथै धर्म संस्कृतिसँग सम्बन्धित पुस्तक पनि रहने उनले जानकारी दिए ।

दुवै ठाउँको पुस्तकालय व्यवस्थापनका लागि तत्काललाई २ जना कर्मचारीको व्यवस्था गरिसकिएको तथा आज बेलुकासम्ममा दुवै ठाउँमा कम्प्युटर जडान गरी पुस्तकको अभिलेख कम्प्युटर पद्धतिमा राखिने भट्टराईले बताए ।
मुख्य मन्त्री राई द्वारा निर्माणधिन पुस्तकालयसहितको सार्वजनिक शौचालय अवलोकन
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
Banner
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।
Banner
भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन
सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।
मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्व तयारी मिलाउन निर्देशन दिएको छ।
प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। साथै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ।
स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहित स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ।
सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि जीवनजल लगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोली लाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।
त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ।
स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: सुन्दरहरैंचाको प्रशंसा गर्दै मुख्यमन्त्री राईले भने, ‘कोभिडको बहाना नगरी काम गरेर राम्रो सन्द
Pingback: खोला छेउमा रहेको अस्थायी शौचालयमा शौच गर्ने धेरै, सार्वजनिक शौचालयमा न्यूून - निष्पक्षखबर