Connect with us
Advertisement

सुन्दरहरैंचाका सामुदायिक विद्यालयमा जुममार्फत् पढाइ हुँदै

Published

on

विराटचोकः कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै सरकारले विद्यालय सञ्चालनमा रोक लगाएपछि सुन्दरहरैंचाका सामुदायिक विद्यालयले अनलाइन प्रविधि जुममार्फत् पढाउन थालेका छन् ।

शिक्षा मन्त्रालयले मंसिरमा अर्धवार्षिक परीक्षा गराउन विद्यालयलाई निर्देशन दिए पनि तराई र सुगम जिल्लाकै धेरै विद्यालय कसरी कक्षा सञ्चालन गर्ने र कसरी परीक्षा लिने भन्नेमा अन्योलपूर्ण अवस्थामा छन् । यसै क्रममा केही सामुदायिक विद्यालयले जुममार्फत् कक्षा लिन थालेका छन् । तर ती कक्षा प्रभावकारी भने नभएको विद्यालयको भनाइ छ ।

सुकुना माध्यमिक विद्यालयले कक्षा ११ र १२ तथा अंग्रेजी माध्यमको कक्षा अनलाइन विधिमार्फत् सञ्चालन गरिरहेको छ । विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरीका अनुसार विद्यालयले आज कात्तिक ४ गतेसम्म अनलाइन कक्षा लिइरहेको छ । कात्तिक ५ गतेदेखि भने दशैं बिदा दिएर कोजाग्रत पूर्णिमापछि कक्षा सञ्चालनको तयारी भइरहेको छ ।

उनका अनुसार सुकुनाले साउन महिनामा पनि अनलाइन कक्षा चलाएको थियो । त्यसबेला शुरुमा विद्यार्थीको संख्या उल्लेख्य भए पनि पछि विद्यार्थी घट्दै गएका थिए । तर अहिले भने विद्यार्थी बढ्दै गएका छन् ।

‘कक्षा ११ र १२ मा झण्डै ९० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा सहभागी भएका छन्’, गिरीले भने, ‘अंग्रेजी माध्यमबाट पढाइ हुने ८, ९, १० कक्षामा पनि राम्रै उपस्थिति छ । तर नेपाली माध्यमबाट पढाइ हुने कक्षामा भने विद्यार्थीको संख्या थोरै छ ।’ नेपाल टेलिकमले उपलब्ध गराउने सियुजी (क्लोजर युजर ग्रुप) सिममार्फत् पढाइ सहज भए पनि मोबाइल नहुने अभिभावकलाई भने समस्या परेको उनले बताए ।

जनता मावि पचामका प्रधानाध्यापक हीरालाल साहूका अनुसार असोज २६ गतेदेखि अनलाइन कक्षामार्फत् पढाइ भइरहेको छ । तर विद्यार्थीको उपस्थिति भने न्यून छ । नेट चलाउनको लागि टेलिकमसँगको सहकार्यमा विद्यार्थीलाई सिम दिइए पनि राम्रोसँग नेट नचल्ने तथा नेट चलाउन मिल्ने फोन अभिभावकसँग नहुनु मुख्य समस्या रहेको छ ।

सहायक प्रधानाध्यापक सूर्यबहादुर बस्नेतका अनुसार सियुजी सिम १ सय ५० रुपैयाँमा विद्यार्थीलाई दिने गरिएको छ । त्यसमा डेढ जीबी डाटा चलाउन मिल्ने बस्नेत बताउँछन् । सियुजी सिम लिन पनि झण्झटिलो प्रक्रिया भएको उनले बताए । दशैंपछि अभिभावकसँग अन्तरक्रिया गरेर कक्षालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर निर्णय गरिने उनले बताए ।

श्रीखण्ड मावि सुन्दरहरैंचा ३ लोचनीका प्रधानाध्यापक घनश्याम भट्टराईका अनुसार सिकाइ सहजीकरण निर्देशिका अनुसार गाउँगाउँमा गएर अफलाइन विधिमार्फत् विद्यालयले शिक्षण गरेको थियो । साथै जोर बिजोर प्रणालीमार्फत् विद्यार्थीलाई विद्यालयमा बोलाएर स्वास्थ्य मापदण्ड अपनाएर पनि पढाइएको उनले बताए । पछि विद्यालयका एक जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि कक्षा बन्द गरिएको उनले जानकारी दिए ।

जनता मावि सुन्दरहरैंचा–३ त्रियुगाले वैकल्पिक विधिबाट शिक्षण शुरु गरे पनि १ हप्ता पढाएर कक्षा बन्द गर्याे । प्रधानाध्यापक होमबहादुर भण्डारीका अनुसार ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन गरिए पनि कक्षामा विद्यार्थीको उल्लेख्य उपस्थिति नभएपछि पठनपाठन बन्द गरियो ।

जनता मावि सुन्दरहरैंचा– ९ बुधबारेमा शिक्षकलाई जुम तथा अनलाइन कक्षा सञ्चालन गर्ने बारेमा तालीम दिइएको छ । कक्षा शुरु गर्ने तयारी गर्दागर्दै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तत्काललाई कक्षा स्थगित गरिएको छ । प्रधानाध्यापक रोहित ढकाल अनलाइन कक्षामा विद्यार्थीको सहभागिता भने कम देखिने गरेको अन्य विद्यालयका शिक्षकले भन्ने गरेका हुनाले प्रभावकारी हुनेमा शंका गर्ने ठाउँ रहेको बताउँछन् ।

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक