Connect with us
Advertisement

धरानमा मनाइयो बायोइथिक्स दिवस

Published

on

धरानः हार्म एण्ड बेनेफिट एण्ड कोभिड १९ अर्थात् ‘हानि र लाभ तथा कोभिड १९’ शीर्षकमा विविध कार्यक्रम सहित बायो इथिक्स दिवस मनाइएको छ । हानिको न्यूनीकरण र लाभको बिस्तारको नारासहित् बायोइथिक्स दिवस मनाइएको हो । बायो इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपाल र भारतका विभिन्न १८ मेडिकल कलेजहरुबाट १ सय ४० जना विद्यार्थीहरु सहभागी थिए । विभिन्न चेतनामूलक कार्यक्रमका साथ सो कार्यक्रम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन गरिएको छ ।

नेपाल एकाई प्रमुख प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भर्चुअल कार्यक्रमको युनेस्कोको बायोइथिक्सकोे एसिया प्यासिफिक तथा शिक्षा विभागका प्रमुख अस्ट्रेलियाका प्रा.डा. रसेल डिसुजा प्रमुख अतिथि रहेका थिए । प्रा.डा. रसेल डिसुजाले यस वर्षको नाराबारे मूल मन्तव्य राखेका थिए । कार्यक्रमका अतिथि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालले स्वास्थ्य र चिकित्सा शिक्षामा वर्तमान परिस्थितिमा इथिक्सको शिक्षा विद्यार्थीकालदेखि नै अझ आवश्यक भएको कुरा औँल्याए ।

विद्यार्थी नवीन अधिकारी र ऋचा कोइरालाको सञ्चालनमा भएको कार्यक्रममा बायोइथिक्सले चिकित्सालगायत मानव समाजमा सिर्जित द्विविधाहरु निवारण गर्न सघाउने धारणा प्रतिष्ठानका डीन प्रा.डा. शिवेन्द्र झाले राखेका थिए । नेपाल इकाइका वर्तमान प्रमुख प्रा.डा. धनरत्न शाक्यको परिचयात्मक स्वागत र सचिब प्रा. समी लामाको धन्यवाद ज्ञापन मन्तव्य रहेको सो कार्यक्रममा एकाइकी पूर्व प्रमुख प्रा.डा. रुपा राजभण्डारी सिं लगायत् प्रा.डा. अर्पणा रिजाल, डा. सुमित शर्मा र विद्यार्थी संकायका सशांक भट्टराईले मन्तव्य व्यक्त गरेका थिए ।

अन्तरक्रियात्मक कार्यक्रमको खण्ड भने प्रा.डा. धनरत्न शाक्यबाट सञ्चालन भएको थियो । सो खण्डमा वक्ताहरु प्रा.डा. समी लामा, प्रा.डा. ज्योत्स्ना रिमाल श्रेष्ठ, डा. सरुण कोइराला, डा. अशोक ऐर र विद्यार्थी संकायका सभापति आयुष आनन्द लगायतले आफ्नो धारणा राखेका थिए । सो अवसरमा निबन्ध, पोस्टर, फोटोहरु र छोटो चलचित्र निर्माण प्रतियोगिताको नतिजा पनि घोषणा भएको थियो । फोटो प्रतियोगितामा प्रज्ञा सिंह, अश्विनी गुप्ता, रमेश सापकोटा र नवीन अधिकारी; फिल्ममा अजयकुमार सिंह, आयुष आनन्द, प्रशंसा कार्की, बिकीकुमार साहको समूह पुरस्कृत भएको छ ।

आर्ट तथा पोस्टरमा आयुष आनन्द, अश्विनी गुप्ता, नीलम आचार्य, ऋचा कोइराला तथा निबन्धमा सुयोग झा, आयुष आनन्द, सन्दीप नेउपाने, विजया राजभण्डारी, रमेश सापकोटा र सन्देश काफ्ले पुरस्कृत भए् । कार्यक्रमका संयोजक प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन्का यस्ता अवसर र कार्यक्रमहरु नियमित र बिस्तारित हँुदै जाने शुभेच्छा राखे । उनले यस वर्षको नाराले सबैलाई कोभिडको महामारीको बेला पनि वास्तविक हित लाभ गर्न र हानि नोक्सानी न्यूनीकरण गर्नको लागि आवश्यक मन्थन गर्न र अभ्यासहरु अबलम्बन गर्न घच्घच्याएको धारणा राखेका थिए ।

विश्वभर नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१४ मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाइँदै आएको छ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नीतिनियम (इथिक्स)को अध्यापन, तालीम र अनुसन्धानको लागि जोड दिने गरेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक