Connect with us
Advertisement

स्वर्ण विजेता सुन्दरहरैंचाका फुटबल खेलाडी विकास खवासलाई नगरको सम्मान

Published

on

विराटचोकः १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता नेपाली पुरुष फुटबल टिमका डिफेन्डर विकास खवासलाई सुन्दरहरैंचा नगरपालिकाले सम्मान गरेको छ ।

१ लाख ५१ हजार नगदसहित नगरपालिकाको कार्यालयले उनलाई सम्मान गरेको हो । उनी त्रिभुवन आर्मी क्लबका रक्षापंक्तिका खेलाडी पनि हुन् । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ हरैंचाका स्थायी बासिन्दा उनलाई पूर्वघोषित पुरस्कारका रूपमा सो रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ मोरङ जिल्लाका महासचिव प्रकाश मास्के उपस्थित थिए । विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी विकासले गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली यु–२३ टोलीलाई स्वर्ण पदक दिलाउन योगदान दिएका थिए । उनी २०७५ सालको शहीद स्मारक लिगको उदीयमान खेलाडी पनि घोषित भएका थिए ।

 

Banner

झापामा तीन राउण्ड गोली हानेर हात्ती मारेको पुष्टि

Published

on

गत मंगलबार झापाकाे चारकाेसे क्षेत्रमा मृत भेटिएकाे हात्तीलाई तिन राउन्ड गाेली हानेर मारेकाे पुस्टी भएकाे छ ।   मेचीनगर नगरपालिका वडा नं. ११ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलवार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कानको छेउमा गोली हानेको भेटिएको छ । हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कान छेउको भागमा गोली हानेर हात्ती मारिएको हुनसक्छ । कहाँ गोली लाग्छ भनेर थाहा पाउने सिकारीको समूहले गोली हानेको देखिन्छ, उहाँले भन्नुभयो । तीन राउन्ड गोली हानेर हात्ती मारेको पाइएको उहाँले जनाउनु भएको छ ।

हात्तीको शरीरबाट गोली निकाल्न नसकिएको पनि उहाँले जानकारी दिनुभयो । धेरै भित्र गोली पसेकाले झिक्न सकिएन, राईले भन्नभयो । कुन बन्दुकबाट गोली हानिएको थियो भन्ने पत्ता लगाउनका लागि गोली झिक्न सक्नुपर्छ तर सकिएन, उहाँले जानकारी दिनुभयो । हात्तीको हड्डी दरो हुने भएकाले हतपत गोली झिक्न सकिँदैन ।

Continue Reading

Banner

लिभरपुल युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरियो

Published

on

 युरोपा लिग फुटबलमा लिभरपुल क्वाटरफाइनलबाटै बाहिरिएको छ।

गएराति दोस्रो लेगमा एटलान्टालाई १–० ले हराए पनि लिभरपुलले सेमिफाइनलमा प्रवेश गर्न सकेन। लिभरपुलका लागि मोहमद सलाहले सातौं मिनेटमा पेनाल्टीबाट गोल गरे।

जितका बाबजुद लिभरपुल समग्रमा ३–१ ले पछाडि पर्‍यो र एटलान्टा सेमिफाइनल पुग्यो। गएराति नै भएका अन्य खेलमा मार्से, रोमा र लेभरकुजनले पनि अन्तिम चारमा स्थान बनाए। मार्सेले बेनफिकालाई १–० ले हराएपछि २–२ को बराबरीमा रह्यो र टाइब्रेरमा ४–२ ले विजयी रह्यो।

रोमाले एसी मिलानलाई २–१ ले हराएर समग्रमा ३–१ को जित निकालयो। यस्तै लेभरकुजनले वेस्ट ह्यामलाई १–१ को बराबरीमा रोक्दै समग्रमा ३–१ को जित दर्ता गर्‍यो।

Continue Reading

Banner

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटियो

Published

on

सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए। शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । बेपत्ता उनको खोजी भइरहेको थियो ।

गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक