विश्व
कोलम्बियामा १० लाख तथा इटली र चिलीमा ५ लाख पुगे कोरोना संक्रमित

विराटचोकः कोलम्बियामा कोरोना संक्रमितको संख्या १० लाख पुगेको छ । गत २४ घण्टामा ८ हजार ७ सय ६९ जना संक्रमित थपिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १० लाख ७ हजार ७ सय ११ जना पुगेको हो । विश्वका ८ देशमा १० लाखभन्दा बढी संक्रमित रहेका छन् ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार थप १ सय ९८ जनाको मृत्युसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या त्यहाँ ३० हजार पुगेको छ । ९ लाख ७ हजार ३ सय ७९ जना निको भएका छन् । ७० हजार ३ सय ३२ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै, इटली र चिलीमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । गत २४ घण्टामा इटलीमा १९ हजार ६ सय ४४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५ लाख ४ हजार ५ सय ९ जना पुगेको छ । ३७ हजार २ सय १० जनाको संक्रमणका कारण ज्यान गएको छ । २ लाख ६४ हजार १ सय १७ जना निको भएका छन् । २ लाख ३ हजार १ सय ८२ जना आइसोलेसनमा रहेका छन् ।
चिलीमा थप १ ह्जार ६ सय ३१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ लाख ५ सय ४२ जना पुगेको छ । मृत्यु हुनेको संख्या १३ हजार ८ सय ९२ जना छ । ४ लाख ७६ हजार ५ सय ७६ जना निको भएका छन् । आइसोलेसनमा रहनेको संख्या १० हजार ७४ जना छ ।
Banner
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई वार्ताका लागि बोलाएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकषर्ण भएको जनाउँदै वार्ताका लागि बोलाएका हुन् ।
शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन आह्वान गरेका हुन् । मन्त्री पन्तसँगै शिक्षा मन्त्रालयले समेत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ ।
Banner
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो ।
तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् ।
आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।
Banner
भूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (फोटो फिचर)

२०७२ वैशाख १२ को भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पूरातात्विक सम्पदा क्षतिग्रस्त हुन पुगे ।
भूकम्पमा परी काठमाडौंको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए । भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो ।
भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदि पुनर्निर्माण सकिएको छ ।
वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन् । पूरातत्त्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो ।
कस्तो थियो ?
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: इटलीमा ६ लाख तथा पोल्याण्ड र चेकमा ३ लाखभन्दा बढी कोरोना संक्रमित - निष्पक्षखबर
Pingback: कोलम्बियामा १५ लाख र बंगलादेशमा ५ लाख पुगे कोरोना संक्रमित - निष्पक्षखबर