अर्थ
सुनसरीका कोरोना संक्रमित पत्रकारलाई प्रेस युनियनले दियो बीमाबापतको १० हजार रुपैयाँ
इटहरीः प्रेस युनियन सुनसरीले सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई कोरोना बीमा बापतको १० हजार रुपैयाँ प्रदान गरेको छ ।
युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार यसअघि युनियनले जिल्लाका २ सय ६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरेको थियो । तीमध्ये कोरोना संक्रमित सुनसरीका २० जना पत्रकारहरुलाई घरमै गएर १० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । बीमा गरेको रकम भुक्तानी हुनका लागि केही समय लाग्ने भएका कारण २ लाख रुपैयाँ ऋण काढेर १० हजार रुपैयाँका दरले प्रदान गरिएको अधिकारीले बताए ।
पछि बीमा बापतको आएको एक लाख रुपैयाँबाट १० हजार कटाएर ९० हजार रुपैयाँ दिने बताउँदै तत्कालको विषम् परिस्थितिमा उक्त रकमले घरखर्च जोहो हुने हिसाबमा रकम दिइएको बताए । सुनसरीको इटहरी, धरान, दुहवी लगायतका क्षेत्रमा रहेका २० जना पत्रकारहरुलाई १० हजारका दरले २ लाख रुपैयाँ दिएको उनले बताए ।
‘हामीले अहिलेको परिस्थितिमा पत्रकारको घरमै गएर यो रकम दिएका हौँ,’ अधिकारीले भने, ‘यतिबेला अप्ठ्यारो परेको समयमा हामीले यो रकम दिँदा पत्रकारहरुका लागि केही भए पनि सहज हुन्छ भन्ने अपेक्षा गरेका छाँै ।’
यसअघि प्रेस युनियन सुनसरीले पत्रकारहरुका लागि फुड बैँक समेत सञ्चालन गरेको थियो ।
Facebook Comment
Banner
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका तथा जुकाको औषधि एक देखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।
भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रुपमा खुवाउन थालेको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ । सरकारले प्रत्येक वर्ष बालबालिकालाई वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क रुपमा खुवाउँदै आएको छ ।
Banner
आज विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
Banner
साविक विजेता सिटीलाई हराउँदै रियल पुग्यो सेमिफाइनलमा
साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login