खेलकुद
२०३९ सालका नेपालका स्ट्रङ म्यान राजभगत प्रधानाङ्गको कोरोना संक्रमणका कारण निधन
धरानः वि. सं. २०३९ सालमा भएको बडी बिल्डिङ (शारीरिक सुगठन) प्रतियोगितामा च्याम्पियन भएर स्ट्रङ म्यान घोषित धरानका राजभगत प्रधानाङ्गको कोरोना संक्रमणका कारण सोमबार निधन भएको छ ।
नेपाल बडिबिल्डिङ संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा शारीरिक सुगठन खेल र एथलेटिक्सको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका धरान १ निवासी उनलाई कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमा बसेका उनी शरीरमा अक्सिजनको कमी भएको र स्वास्थ्यमा समस्या आएको भन्दै भोलिपल्ट अस्पताल भर्ना भएका थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा भेन्टिलेटर नभएपछि उनको विराटनगरस्थित कोभिड १९ अस्पतालमा उनलाई भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा सोमबार अपराह्न ४ बजे उनको मृत्यु भएको परिवारले जनाएको छ ।
शारीरिक सुगठन र एथलेटिक्स खेलको विकासमा प्रधानाङ्गको अतुलनीय योगदान रहेको धरानका खेलकर्मीहरू बताउँछन् । स्ट्रङ म्यानको उपाधि २ पटक जितेका उनी इन्टरनेशनल फेडरेशन अफ बडीबिल्डिङ एन्ड फिटनेस को सल्लाहकार तथा आइएफबीबीको अन्तर्राष्ट्रिय निर्णायक पनि थिए ।

Banner
आज गिरिजाप्रसाद कोइरालाको १६औं स्मृति दिवस मनाइँदै
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उनले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकुलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गर्नुभएको थियो ।
विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए ।
कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उनका दाजु बिपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो ।
पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ । पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्र द्वन्द्वरत नेकपा माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो ।
चारपटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्वनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्क्षको भूमिका निर्वाह गरेका हुन् । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो । बोलेको कुरा पुर्याउने राजनेताका रूपमा उनी स्थापित थिए ।
नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १६ औँ स्मृति दिवस मनाउँदै छन् ।
Banner
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
बैठकमा पार्टी सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीति/कार्ययोजना साथसाथै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएपछि सभापति थापाले राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत गर्ने या नगर्ने भन्नेमा पार्टीमा दुई मत देखिएको छ ।
Banner
शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने प्रक्षेपण
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आउँदाे तीन दिन देशका विभिन्न भागमा ठूलाे वर्षा, हिमपात र तीव्र गतिकाे हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेकाे मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले भाेलि शुक्रवारदेखि मौसममा उल्लेख्य परिवर्तन आउने जानकारी दिएको हो । प्राधिकरणले आउँदाे तीन दिनको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै देशभरका नागरिकलाई विशेष सतर्कता अपनाउन अपील गरेको छ ।
कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना
प्राधिकरणकाअनुसार भाेलि दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा ठूलाे वर्षा र हिमपात हुने सम्भावना छ । हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन प्राधिकरणकाे आग्रह छ ।
लुम्बिनी र पूर्वी नेपालमा तीव्र हावाहुरीको चेतावनी
भाेलि लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराईका जिल्लाहरूमा हावाहुरीको जोखिम रहेकाे छ । पर्सि शनिवार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
प्रि–मनसुनको अवधि भएकाले यस्तो हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षतिसमेत भएकाले थप सचेतना आवश्यक रहेको सूचनामा उल्लेख छ ।
प्राधिकरणको विशेष सुझाव
प्राधिकरणले जोखिमबाट बच्न नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित ठाउँमा आश्रय लिन, हावाहुरी चलेको बेला घरका झ्याल र ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू (चुल्हो, ग्यास आदि) बन्द राख्न, गाडी चलाइरहेको भए सुरक्षित ठाउँमा रोकेर बस्न, भीडभाडमा भए नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित ठाउँमा जान, कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न र विद्युतीय उपकरणहरू नचलाउन र लत्रिएका तारहरू नछुन आग्रह गरेको छ ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान र प्राधिकरणका आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउनसमेत सबैमा अनुरोध गरेको छ ।
– न्यूज एजेन्सी नेपाल
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: साहसिक पर्यटनकर्मी लेखमणि जिमीको निधन - निष्पक्षखबर