विश्व
बंगलादेशमा ४ लाख र नेदरल्याण्डमा ३ लाख पुगे कोरोना संक्रमित

विराटचोकः एशियन देश बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ । गत २४ घण्टामा त्यहाँ १ हजार ४ सय ३६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ लाख २ सय ५१ जना पुगेको हो । ३ लाख १६ हजार ६ सय जना निको भएका छन् भने ५ हजार ८ सय १८ जनाको ज्यान गएको छ । आइसोलेसनमा रहनेको संख्या ७७ हजार ८ सय ९३ जना छ ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार युरोपियन देश नेदरल्याण्डमा गत २४ घण्टामा १० हजार ३ सय ४३ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या ३ लाख १ हजार ५ सय ९७ जना पुगेको छ । थप ३६ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ७ हजार ७२ जना पुगेको छ । निको हुने र आइसोलेसनमा रहनेको संख्या भने सार्वजनिक गरिएको छैन ।
बढी कोरोना संक्रमित हुने देशको सूचीमा विश्वमा बंगलादेश १८ औँ र नेदरल्याण्ड २७ औं स्थानमा छन् । एशिया महादेशमा भारत, इरान र इराकपछि बंगलादेश चौथो स्थानमा छ । नेदरल्याण्ड युरोपमा बढी कोरोना संक्रमित हुनेको सूचीमा नवौं स्थानमा छ ।
सम्बन्धित अघिल्ला समाचारहरुः
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख, यस्तो छ सार्कको अवस्था
पाकिस्तानमा भन्दा बंगलादेशमा बढी कोरोना संक्रमित, यस्तो छ सार्कमा संक्रमणको अवस्था
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी
फ्रान्समा ८ लाख, इजरायलमा ३ लाख र नेदरल्याण्डमा २ लाख कोरोना संक्रमित
नेदरल्याण्डमा कोरोना संक्रमितको संख्या १ लाख, ३८ देशमा १ लाख भन्दा बढी संक्रमित
Facebook Comment
Banner
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई वार्ताका लागि बोलाएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकषर्ण भएको जनाउँदै वार्ताका लागि बोलाएका हुन् ।
शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन आह्वान गरेका हुन् । मन्त्री पन्तसँगै शिक्षा मन्त्रालयले समेत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ ।
Banner
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो ।
तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् ।
आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।
Banner
भूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (फोटो फिचर)

२०७२ वैशाख १२ को भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पूरातात्विक सम्पदा क्षतिग्रस्त हुन पुगे ।
भूकम्पमा परी काठमाडौंको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए । भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो ।
भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदि पुनर्निर्माण सकिएको छ ।
वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन् । पूरातत्त्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो ।
कस्तो थियो ?
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login