स्थानीय तह
इटहरीको आइसोलेसन बधशालाजस्तै छः कोरोना संक्रमणमुक्त भएका इटहरीका पत्रकारको अनुभव
विराटचोकः व्यवस्थित र सुरक्षित मानिएको इटहरी नगरपालिकाको आइसोलेसन सेन्टर अव्यवस्थित र दुर्गन्धित रहेको संक्रमितको भनाइ छ । त्यहाँ ल्याइने खाना गुणस्तरहीन भएको भन्दै आइसोलेसनमा बसी संक्रमणमुक्त भएका १ जना सञ्चारकर्मीले फेसबुकमा स्टाटस लेखेका छन् ।
सञ्चारकर्मी अर्जुन शर्माले फोन सम्पर्कमा भने, ‘त्यो आइसोलेसन मलाई त बधाशालाजस्तै लाग्यो ।’ संक्रमितलाई माया गर्नुपर्नेमा त्यस्तो नगरी खाना पुर्याउने सेनाले हप्कीदप्की गर्ने तथा संक्रमितको मनोबल गिराउने खालको काम गरेको उनको आरोप छ । संक्रमितलाई १४ दिनभन्दा बढी आइसोलेसनमा राख्न नमिल्ने भए पनि कतिपय संक्रमित २४ दिनसम्म आइसोलेसनमा बसेका उनले बताए ।
उनले मङ्गलबार बिहान फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै यहाँ राखिएको छ ।
कोभिड – १९ को संक्रमण पुष्टि भएपछि इटहरी रंगशालाको एउटा खोरमा ११ दिन काट्दाको अत्यास सुनाइनसक्नुको रह्यो । रातिराती नेपाली सेनाका जवानहरुले पालैपालो बोलाएर दिने हप्कीदप्की, राती ९ बजेपछि हलमा अकास्मात प्रवेश गरी संक्रमितसँंग गर्ने अमानवीय व्यवहारको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ ।
निरंकुश राजाको शासनमा पनि यस्तो व्यवहार सेनाले जनतालाई गरेन जस्तो लाग्छ । सुत्ने ठाउँमा सेनाको प्रवेश किन ? खानपिन र बिरामीको अवस्था बुझ्न स्वास्थ्यकर्मीको निरन्तर अनुगमन र निगरानी हुनुपर्ने यस्तो ठाउँमा कहिल्यै उनीहरु आएनन् र आउँदैन रहेछन् । मात्र सेना आउँदो रहेछ । राती साह्रोगाह्रो हुँदा संक्रमितलाई एम्बुलेन्समा हालेर पठाउने बाध्यता पनि संक्रमितहरुलाई थपिँदोरहेछ ।

टिनले बारेको ५०“×४०“ को छाप्रामा ६५ जना पुरुषहरुसम्म सुतियो र भनियो दुइ मिटर दुरी कायम छ । ४ चर्पी, २ बाथरुम यो भीडले प्रयोग गर्दाको हालतको बयान खोइ के गरौ ? दुई दिन लाइन जाँदाको गर्मी र राती टिनबाट चुहिने शीतले भिज्दाका कष्टहरु सबैका मुखमा झुन्डिन्थे ।
कुहिएको आलु र पाकेको फर्सिको एकनासे गन्धले अझै उल्टी आउन खोजिरहेछ । सोडा हालेर फुलाएको भात, प्लास्टिकमा पोका पारेर पछार्दै ल्याएको पानीजस्तो मुसुरो दाल, घरिरी आउने अचार र एक पित्को सागको सहारामा बाँच्दाको सास्ती सबैका आत्मीय बनिरहे ।
रात कटाउने खोरकै सिरान पारेर तयार गरेको खाल्डाबाट आउने दालभातको कुहिगन्ध, दिनभरी चप्पलहरुले उडाउने बालुवा र धुलो, जुट अनुसन्धानले दुई दिन आडैमा चलाएको थ्रेसरको ढुटो नाकमा पसेर हैरान ।
झ्याल खोलौँ धानका कीराफट्याङ्राको आक्रमण नखोलौ उकुसमुकुस । जताततै छरिएको फोहोर । हैट, धाराबाट आउने फोहोर लेदोपानी । तर यो ‘आइशोलेसन नेपाल अधिराज्यकै सबैभन्दा राम्रो’ भन्दैथे एक स्थानीय जनप्रतिनिधि । स्वास्थ्यकर्मी उपस्थित नहुने यस्तो ठाउँको पिपिइ चै सेना र सेनिटाइज गर्न आउने नगरपालिकाका स्टाफले मात्र लाउने रहेछन् ।
धेरै भन्नु छ तर अहिले केही साक्षीहरुका साथ यत्ति । मेरो स्थानीय सरकार प्लिज संक्रमितलाई सेना नलगाऊ । संक्रमितहरुलाई एउटा सुझाव भरसक घरैमा बस्नोस्, घर छैन भने खोलाछेउको रुखको छहारीमा बस्नोस्, म चिउरा र तरकारी उपलब्ध गराउँला ।
सम्बन्धित समाचार
इटहरी आइसोलेसमा दशैंः संक्रमित ७८ वर्षीयाले लगाइदिइन् टीका र जमरा

Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login