विश्व
मेक्सिकोमा १० लाख, जर्मनीमा ८ लाख र पोल्याण्डमा ७ लाख पुगे कोरोना संक्रमित

विराटचोकः पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९० हजार ६ सय १० जना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ४८ लाख ५ हजार ५ सय २१ जना पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा १ करोड १३ लाख ६६ हजार ३ सय ७९ जना संक्रमित रहेका छन् ।
यसै क्रममा मेक्सिकोमा कोरोना संक्रमितको संख्या १० लाख ३ हजार २ सय ५३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५ हजार ८ सय ६० जना संक्रमित थपिएका छन् । मेक्सिकोमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९८ हजार २ सय ५९ जना पुगेको छ । ७ लाख ४५ हजार ३ सय ६१ जना संक्रमित निको भएका छन् भने १ लाख ५९ हजार ६ सय ३३ जना आइसोलेसनमा रहेका छन् । विश्वका ११ देशमा १० लाखभन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
त्यस्तै, जर्मनीमा संक्रमितको संख्या ८ लाख २ हजार ९ सय ४४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १४ हजार ४५ जना संक्रमित थपिएका छन् । संक्रमणका कारण १२ हजार ६ सय ९२ जनाको ज्यान गएको छ । ५ लाख २ हजार ३ सय जना निको भएका छन् । आइसोलेसनमा रहनेको संख्या २ लाख ८७ हजार ९ सय ५२ जना रहेको छ ।
पोल्याण्डमा संक्रमितको संख्या ७ लाख १२ हजार ९ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ८ सय ५४ जना संक्रमित थपिएका छन् । १० हजार ३ सय ४८ जना संक्रमितको ज्यान गएको छ । २ लाख ९४ हजार ७ सय ८३ जना निको भएका छन् भने ४ लाख ७ हजार ८ सय ४१ जना आइसोलेसनमा रहेका छन् ।
सम्बन्धित समाचारहरुः
मेक्सिकोमा ९ लाख र इन्डोनेसियामा ४ लाख पुगे कोरोना संक्रमित
मेक्सिकोमा कोरोना संक्रमितको संख्या ८ लाख
जर्मनी र इरानमा ७ लाख पुगे कोरोना संक्रमित
इटलीमा ८ लाख, जर्मनीमा ६ लाख र स्वीट्जरल्याण्डमा २ लाख पुगे कोरोना संक्रमित
इटलीमा ९ लाख, पोल्याण्डमा ५ लाख र नेदरल्याण्डमा ४ लाख पुगे कोरोना संक्रमित
फ्रान्समा १५ लाख र पोल्याण्डमा ४ लाख पुगे कोरोना संक्रमित
Facebook Comment
Banner
सिजन श्रेष्ठको हावामा अल्झिएको स्वरले पायो गामबेंसीका कवि युवा साहित्य पुरस्कार

कवि क्षेत्रप्रताप अधिकारीको नाममा स्थापित गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१ बाट मोरङको सुन्दरहरैंचाका युवा कवि सिजन श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा नगद ५० हजारका साथमा ट्रफी र मेडल कवि श्रेष्ठले पाउनुभएको हो ।
गुरुकुल एजुकेसन फाउण्डेसन एण्ड नेपाल कलेज अफ म्यानेजमेन्टले प्रदान गर्ने सो पुरस्कारका लागि अन्तिम चार कविता सङ्ग्रहको सूची आयोजकले सार्वजनिक गरेको थियो । श्रेष्ठको कृति हावामा अल्झिएको स्वरका साथै साहित्यकार पल्लबिबको लाटी, सुभासिसको क र सुरज रानाको जब कविता निस्कन्छ जुलुसमा नामक कृति छनोटमा परेका थिए । तीमध्ये हावामा अल्झिएको स्वरका लागि श्रेष्ठले सो पुरस्कार पाउनुभएको हो ।
‘म गाउँले बनाएको कवि हुँ’, पुरस्कृत भएपछि कवि सिजन श्रेष्ठले भन्नुभयो, ‘ज्यादै प्रकृतिप्रेमी गाउँले कविको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा मैले कविता लेखनमा २२ वर्ष गरेको साधनाको सही पहिचान र मूल्याङ्कन भएको महसुस गर्दै कविता र साहित्य लेखनमा अझै थप जिम्मेवारीबोध गरेको छु ।’
Banner
शिक्षकका मागबारे प्रधानमन्त्रीले गरे मन्त्री र सचिवसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको मागका बारेमा सोमबार सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् ।
छलफलमा थप गृहकार्य गरी वार्ताको माध्यमबाट शिक्षकका समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासंघको आव्हानमा काठमाडौंमा जारी आन्दोलनमा उठाइएका मागबारे जानकारी गराइएको थियो ।
सोमबार काठमाडौंमा आयोजित हिमालयन संवादमा प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकहरुको माग सरकारले सम्बोधन गर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकलाई वार्तामा आउन आह्वान गर्दै शिक्षकहरूको जायज माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलनको आवश्यकता नभएको बताएका थिए ।
अहिले शिक्षक आन्दोलन चलेको छ । किन चलाउनुभएको मलाइ थाहा भएन । म प्रधानमन्त्री छु । म भनिराख्या छु, जायज माग लिएर कोही आउँदाखेरि आन्दोलन गर्नुपर्दैन हामी त्यसको समाधान दिन्छौँ । हामी त्यसलाई सम्बोधन गर्न तयार छौं । दुःख पाउनुपर्दैन सडकमा गएर सुत्नै पर्दैन । आउनुस् कुराकानी गरेर त्यसलाई समाधान गरौं । उहाँहरूले किन दुःख पाउनुभएको हो ? उहाँहरू कुराकानीका लागि आउनुहोला । हामी यथोचि ढंगले माग सम्बोधन गर्छौं,’ उनले भनेका थिए ।
Banner
२६७० अंकमा झर्यो सेयर बजार, सबै सेक्टरमा गिरावट

२५ चैत, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । २७०३ अंकबाट खुलेको बजार बन्द हुँदा ३३.३३ अंक घटेर २६७० मा कायम भएको छ ।
कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडमा खुम्चियो ।
सबै सेक्टरका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशत घटे ।
बलेफी हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको ६.६३, सिन्धु विकास बैंककोे ६.४४ तथा उन्नति सहकार्य लघुवित्तको ६.११ प्रतिशत बढ्यो ।
अपरहेवाखोलाको मूल्य सबैभन्दा धेरे ९ प्रतिशत घट्यो । हिमालयन पावर पार्टनरको ४.३२, समृद्धि फाइनान्सको ४.०१, प्रतिशत घट्यो ।
हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, राधि विद्युत् र हिमालयन पावर पार्टर कारोबारका आधारमा क्रमशः शीर्ष पाँच कम्पनीभित्र परे ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login