विराटचोकः दक्षिण अमेरिकामा पर्ने मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख १ हजार २ सय ६८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५ हजार ९ सय ४२ जना संक्रमित थपिएका हुन् । मेक्सिकोमा कोरोना संक्रमण निको हुनेको संख्या ६ लाख ५९ हजार ४ सय ७३ जना पुगेको छ ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार त्यहाँ संक्रमणका कारण ८९ हजार ८ सय १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६ सय ४३ जना संक्रमितको ज्यान गएको छ । धेरै कोरोना संक्रमित हुने देशमध्ये दक्षिण अमेरिकी महादेशमा अमेरिकापछि दोस्रो स्थानमा रहेको मेक्सिको विश्वमा भने दशौं स्थानमा रहेको छ ।
उता एशियाली देश इण्डोनेसियामा कोरोना संक्रमितको संख्या ४ लाख ४ सय ८३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार २९ जना संक्रमित थपिएका छन् । थप १ सय जनाको ज्यान गएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ हजार ६ सय १२ जना पुगेको छ ।
त्यहाँ निको हुनेको संख्या ३ लाख २५ हजार ७ सय ९३ जना पुगेको छ । ६१ हजार ७८ जना आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमितको संख्याको आधारमा एशियामा पाँचौँ स्थानमा रहेको इण्डोनेसिया विश्वमा १९ औँ स्थनमा रहेको छ ।
सम्बन्धित समाचारः
मेक्सिकोमा कोरोना संक्रमितको संख्या ८ लाख
मेक्सिकोमा कोरोना संक्रमितको संख्या ७ लाख
मेक्सिकोमा कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार
२४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित भारतमा, सबैभन्दा बढी मृत्यु मेक्सिकोमा
इण्डोनेसियामा ३ लाख तथा ओमन र पोल्याण्डमा १\१ लाख पुगे कोरोना संक्रमित
इण्डोनेसियामा कोरोना संक्रमितको संख्या १ लाख, २४ देशमा १ लाखबढी संक्रमित
Pingback: मेक्सिकोमा १० लाख, जर्मनीमा ८ लाख र पोल्याण्डमा ७ लाख पुगे कोरोना संक्रमित - निष्पक्षखबर