Connect with us
Advertisement

मेयर भन्छन्, ‘गैर सरकारी संघसंस्थाले जनप्रतिनिधिले गर्ने काम गरेका छन्’

Published

on

विराटचोकः सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालले केही गैर सरकारी संस्थाले गरेको काम अत्यन्तै प्रभावकारी भएको र ती संस्थाको काम गर्ने तरिका जनप्रतिनिधिको जत्तिकै भएको बताएका छन् ।

आवासको लागि सहयोग समूह लुमन्तीले आज विराटचोककाे  प्लानेट लाउन्जमा  कार्यक्रम  आयोजना गरेको सामाजिक लेखाजोखा कार्यक्रम तथा सीमान्तकृत समुदायको आवास व्यवस्थापनसम्बन्धी गोष्ठीलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुन्दरहरैंचामा कार्यरत लुमन्ती र करुणा फाउण्डेसनले जनप्रतिनिधिले जत्तिकै राम्रो काम गरेको बताएका हुन् । दुवै संस्थाले समुदायमा राम्रो काम गरेका हुनाले नगरपालिकाले पनि ती संस्थालाई सहयोग गरेको ढकालको भनाइ थियो । नगरपालिकामा जनता आवास कार्यक्रमअन्तर्गत ५ सय घर बन्ने तयारीमा रहेको र सो कार्यमा पनि लुमन्तीले सहकार्य गर्न सक्ने उनले बताए ।

विशेष अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले भौतिक निर्माणका साथै सीप विकास र आय आर्जनसम्बन्धी कार्यक्रममा पनि लुमन्तीले कार्यक्रम गरिरहेको आफूले थाहा पाएको र सो काम सह्रानीय रहेको बताइन् । नगरपालिकाको सहयोगी संस्थाको रुपमा लुमन्ती रहेको उनको भनाइ थियो ।

विशेष अतिथि जिल्ला समन्वय परिषद् मोरङका सदस्य विश्वेश्वर ढकालले ३ वर्ष अघिदेखि आफूले लुमन्तीको कामलाई हेरिरहेको र सो काम सह्रानीय भएको पाएको बताए । आफू जनप्रतिनिधि हुँदा गर्न नसकेका काम पनि अहिले लुमन्तीले गरिरहेको बताउँदै नगरपालिकाका अन्य वडामा पनि संस्थाले आफ्नो कार्यक्षेत्र बनाउनुपर्ने बताए ।

संस्थाकी कार्यक्रम संयोजक लक्ष्मी राईले संस्थाले ३ वर्षको अवधिमा गरेका कामको बारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । हालसम्म सुन्दरहरैंचाका १ सय २१ घर निर्माण तथा मर्मत सहयोग गरेको बताउँदै संस्थाको काम गर्ने अवधि ३ वर्ष थपिएमा नगरका अन्य वडामा पनि संस्थाले सेवा गर्ने बताइन् । आफूले काम गर्ने क्रममा जनप्रतिनिधि र समुदायको राम्रो साथ पाइरहेको बताउँदै जनता र जनप्रतिनिधिलाई नजिक ल्याउन संस्थाले सहयोग गरेको जनाइन् ।

स्वास्थ्यको क्षेत्रमा काम गर्ने क्रममा खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेपछि पनि नगरभित्र २ सय २० वटा शौचालय बनाएको उनले उल्लेख गरिन् । लुमन्तीको अवधारणामा समुदायमा सञ्चालित शहरी सामुदायिक विकास कोषमा नगरपालिकाले पनि आर्थिक सहयोग गरेमा त्यसले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा स्थानीयवासी रामकुमार खवास, जनता आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र दुलाल, कार्यपालिका सदस्य तारा ढकाल, सञ्चारकर्मी बाबुराम निरौला, तथा विभिन्न वडाका अध्यक्ष र सदस्यले लुमन्तीका कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक