Connect with us
Advertisement

मेयर भन्छन्, ‘गैर सरकारी संघसंस्थाले जनप्रतिनिधिले गर्ने काम गरेका छन्’

Published

on

विराटचोकः सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालले केही गैर सरकारी संस्थाले गरेको काम अत्यन्तै प्रभावकारी भएको र ती संस्थाको काम गर्ने तरिका जनप्रतिनिधिको जत्तिकै भएको बताएका छन् ।

आवासको लागि सहयोग समूह लुमन्तीले आज विराटचोककाे  प्लानेट लाउन्जमा  कार्यक्रम  आयोजना गरेको सामाजिक लेखाजोखा कार्यक्रम तथा सीमान्तकृत समुदायको आवास व्यवस्थापनसम्बन्धी गोष्ठीलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुन्दरहरैंचामा कार्यरत लुमन्ती र करुणा फाउण्डेसनले जनप्रतिनिधिले जत्तिकै राम्रो काम गरेको बताएका हुन् । दुवै संस्थाले समुदायमा राम्रो काम गरेका हुनाले नगरपालिकाले पनि ती संस्थालाई सहयोग गरेको ढकालको भनाइ थियो । नगरपालिकामा जनता आवास कार्यक्रमअन्तर्गत ५ सय घर बन्ने तयारीमा रहेको र सो कार्यमा पनि लुमन्तीले सहकार्य गर्न सक्ने उनले बताए ।

विशेष अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले भौतिक निर्माणका साथै सीप विकास र आय आर्जनसम्बन्धी कार्यक्रममा पनि लुमन्तीले कार्यक्रम गरिरहेको आफूले थाहा पाएको र सो काम सह्रानीय रहेको बताइन् । नगरपालिकाको सहयोगी संस्थाको रुपमा लुमन्ती रहेको उनको भनाइ थियो ।

विशेष अतिथि जिल्ला समन्वय परिषद् मोरङका सदस्य विश्वेश्वर ढकालले ३ वर्ष अघिदेखि आफूले लुमन्तीको कामलाई हेरिरहेको र सो काम सह्रानीय भएको पाएको बताए । आफू जनप्रतिनिधि हुँदा गर्न नसकेका काम पनि अहिले लुमन्तीले गरिरहेको बताउँदै नगरपालिकाका अन्य वडामा पनि संस्थाले आफ्नो कार्यक्षेत्र बनाउनुपर्ने बताए ।

संस्थाकी कार्यक्रम संयोजक लक्ष्मी राईले संस्थाले ३ वर्षको अवधिमा गरेका कामको बारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । हालसम्म सुन्दरहरैंचाका १ सय २१ घर निर्माण तथा मर्मत सहयोग गरेको बताउँदै संस्थाको काम गर्ने अवधि ३ वर्ष थपिएमा नगरका अन्य वडामा पनि संस्थाले सेवा गर्ने बताइन् । आफूले काम गर्ने क्रममा जनप्रतिनिधि र समुदायको राम्रो साथ पाइरहेको बताउँदै जनता र जनप्रतिनिधिलाई नजिक ल्याउन संस्थाले सहयोग गरेको जनाइन् ।

स्वास्थ्यको क्षेत्रमा काम गर्ने क्रममा खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेपछि पनि नगरभित्र २ सय २० वटा शौचालय बनाएको उनले उल्लेख गरिन् । लुमन्तीको अवधारणामा समुदायमा सञ्चालित शहरी सामुदायिक विकास कोषमा नगरपालिकाले पनि आर्थिक सहयोग गरेमा त्यसले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा स्थानीयवासी रामकुमार खवास, जनता आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र दुलाल, कार्यपालिका सदस्य तारा ढकाल, सञ्चारकर्मी बाबुराम निरौला, तथा विभिन्न वडाका अध्यक्ष र सदस्यले लुमन्तीका कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक