Connect with us
Advertisement

टर्की र नेदरल्याण्डमा ५ लाख तथा जोर्डनमा २ लाख पुगे कोरोना संक्रमित

Published

on

विराटचोकः एशियन देश टर्की र युरोपियन देश नेदरल्याण्डमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको वर्ल्ड ओ मिटर्स डट इन्फोले जनाएको छ ।

टर्कीमा गत २४ घण्टामा ७ हजार ६ सय ५७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५ लाख ३ हजार ७ सय ३८ जना पुगेको छ । थप १ सय ७४ जनाको मृत्युसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ हजार १४ जना पुगेको छ । ३ लाख ८८ हजार ७ सय ७१ जना निको भएका छन् भने आइसोलेसनमा रहनेको संख्या १ लाख १ हजार ९ सय ५३ जना रहेको छ

त्यस्तै, नेदरल्याण्डमा गत २४ घण्टामा ४ हजार ४ सय ७० जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५ लाख ३ हजार १ सय २३ जना पुगेको छ । त्यहाँ ९ हजार १ सय ८४ जना संक्रमितको ज्यान गएको वर्ल्ड ओ मिटर्स डट इन्फोले जनाएको छ ।

एशियन देश जोर्डनमा संक्रमितको संख्या २ लाख ३ हजार २१ जना पुगेको छ । गत २४ घण्टामा त्यहाँ ५ हजार संक्रमित थपिएका छन् भने ४ हजार ४ सय ६९ जना निको भएका छन् । संक्रमितमध्ये १ लाख ३५ हजार ६ सय ५० जना निको भएका छन् । ६४ हजार ८ सय ६२ जना आइसोलेसनमा रहेका छन् भने २ हजार ५ सय ९ जना संक्रमितको ज्यान गएको छ ।

सम्बन्धित समाचारहरुः

टर्कीमा कोरोना संक्रमितको संख्या ३ लाख

एशियाली राष्ट्र टर्कीमा १ लाखभन्दा बढी संक्रमित

इटलीमा ९ लाख, पोल्याण्डमा ५ लाख र नेदरल्याण्डमा ४ लाख पुगे कोरोना संक्रमित

बंगलादेशमा ४ लाख र नेदरल्याण्डमा ३ लाख पुगे कोरोना संक्रमित

अर्मेनिया र जोर्डनमा कोरोना संक्रमितको संख्या १ लाख, ५३ देशमा लाख बढी संक्रमित

 

Banner

वेस्ट इण्डिज ‘ए’ टिमलाई फितलो स्वागत : टाटा सुमोमा लोड गरियो लगेज, व्यापक आलोचना

Published

on

वेस्ट इण्डिज ‘ए’ टिमलाई फितलो स्वागत : टाटा सुमोमा लोड गरियो लगेज, व्यापक आलोचना

Continue Reading

Banner

पानी पार्न हेटौंडामा भ्यागुताको बिहे, ३ सय जना जन्ती

Published

on

लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पर्ने जनविश्वासले हेटौडौं उपमहानगरपालिका -१६ मा स्थानीयले भ्यागुताको विवाह सम्पन्न गराएका छन्।

आकाशबाट पानीको वर्षाको होस भनेर बुधबार बिहान पण्डितको उपस्थितिमा बाजागाजासहित एक जोडी भ्यागुताको वैदिक परम्परा अनुसार विवाह गराएका हुन्।

इन्द्र भगवाकाे पूजाआजा गरेपछि एक जोडी भ्यागुता समातेर श्रृङगार गरि बेहुला–बेहुली बनाएर विवाह प्रक्रिया पुरा गरिएको स्थानीयले बताए। विवाहमा वडा अध्यक्ष रामकृष्ण कोइराला समेत उपस्थित थिए।

पानी नपर्दा गर्मी र वन डँडेलो बढ्नुका साथै अन्नबाली लगाउन समेत समस्या भएको भन्दै स्थानीयले भ्यागुताको विवाह गराएको वडा अध्यक्ष कोइरालाले जानकारी दिए।

‘विदेशमा बादल बनाएर पानी पार्छन्, हाम्रो देशमा पानी पार्न भ्यागुताको विवाह गर्नुपर्ने अवस्था छ’, कोइरालाले भने, ‘पहिले ‘पहिले भ्यागुताको विवाह गर्‍यो भन्ने पानी पर्छ भन्ने चलन थियो। सोही अनुसार यहाँ भ्यागुताको विवाह भएको हो।’

भ्यागुताको विवाह कार्यक्रममा करिब ३ सय जना सहभागी रहेका थिए। हेटौँडा-१६ को राम मन्दिरबाट जन्ती प्रस्थान सुरु गरी १६ नम्बरकै खमारेको कुवा पुगेर विधिपूर्वक पन्चे बाजा सहित भ्यागुताको विवाह गरिएको हो।

Continue Reading

Banner

आज – १३ बैशाख २०८१ बिहिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमीको सुझाव अनुरूप कार्य सम्पन्न पनि गर्न सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण कार्य सिद्ध हुनसक्छ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला, तर पुँजी बजार भने कमजोर रहला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज एकपछि अर्को अवसर आउनाले मनमा प्रसन्नता छाउनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर साँझमा साथीको सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक