कोशी प्रदेश
सञ्चारमाध्यम महिलामैत्री नभएको आरोप
विराटचोकः नेपाली सञ्चारमाध्यम महिलामैत्री नभएको महिला अधिकारकर्मीले बताएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा बोल्दै ओरेक नेपालका दीपक सेन्चुरीले सञ्चारमाध्यम महिलामैत्री नभएको आरोप लगाए । ‘समाचार आउँदा पीडितलाई झन् पीडा दिने गरी समाचार आउँछ । विशेष गरी, बलात्कारजस्तो अपराधमा पीडितलाई नै पीडा दिने गरी समाचार आउँछ’, उनले भने, ‘पीडकको मनोबल गिर्ने गरीको समाचारको शीर्षक हुनुपर्छ ।’ महिला आफ्नै घरमा हिंसापीडित भए पनि त्यसको बारेमा आवाज उठाउन नसकेको उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले विश्वभर नै अपराध न्यूनीकरण हुने निर्मूलीकरण नहुने हुँदा अभियानकर्मीले महिला हिंसासम्बन्धी कार्यक्रम दिवस विशेष पारेर मात्रै गर्न नहुने बताए । नगरपालिकाले हिंसापीडित महिलालाई लक्षित गरेर आत्मनिर्भरसम्बन्धी विभिन्न कार्यक्रम ल्याएको र वडाको २० प्रतिशत बजेट सामाजिक क्षेत्रमा खर्च गर्नैपर्ने नियम ल्याइएको बताए । आवश्यक परेमा कानुनी परामर्शको लागि नगरपालिकामा महिला कानुनी सल्लाहकार पनि राख्न सकिने उनले जनाए ।
कार्यक्रमकी सभापति तथा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले अहिलेको समयमा पीडित महिलाको पक्षमा आवाज उठाउन सबैको साथ पाइरहेको बताउँदै कतिपय कानुनी जटिलताका कारण न्याय सम्पादनमा ढिलाइ हुने गरेको बताइन् । सर्वसाधारण र पीडितले कानुनी प्रक्रिया नबुझ्दा पनि न्याय सम्पादन गर्ने निकायले पीडित र सर्वसाधारणको गाली खानु परेको उनको भनाइ थियो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालले पीडितलाई आफ्नो कुरा राख्न सहज होस् भनेर प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । महिला हिंसाका घटनासम्बन्धी उजुरी परेमा प्राप्त प्रमाणका आधारमा जति सक्दो चाँडो सो उजुरीका सम्बन्धमा छानबिन गर्ने गरिएको उनको भनाइ थियो ।

अभियानकर्मी सुशीला कार्कीले अभियानकर्ता नै हिंसामा परे के गर्ने भन्ने बारेमा सोच्न जरुरी रहेको बताइन् । अभियानकर्मीले जुटाएका प्रमाण र अभियानकर्मीको मिहिनेतलाई प्रहरीले महत्व नदिने गरेको आफूले पाएको उनले बताइन् ।
द्वन्द्वपीडित भगवती न्यौपानेले आफू कानुन नै नभएको देशमा बसेजस्तो आभास भएको बताइन् । आफू द्वन्द्वपीडित भएको र पछिल्लो समय सामाजिक हिंसामा समेत परेको बताइन् । वडा, प्रहरी र नगरपालिकाले आफ्नो समस्यामा खासै चासो नदिएको उनको आरोप थियो ।
अभियानकर्मी कल्पना घिमिरेले पीडितको लागि आवास गृहको खाँचो रहेको बताइन् । सीपमूलक तालीमका प्रदान गर्नुका साथै हिंसापीडितका लागि दीर्घकालीन सहयोग पुग्ने गरी एउटा कोषको स्थापना गरी सोही कोषमार्फत् खर्चको व्यवस्थापन गर्न उनले सुझाव दिइन् ।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सुशीला अधिकारी तथा नगरपालिका भित्रका विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login