कोशी प्रदेश
सञ्चारमाध्यम महिलामैत्री नभएको आरोप
विराटचोकः नेपाली सञ्चारमाध्यम महिलामैत्री नभएको महिला अधिकारकर्मीले बताएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा बोल्दै ओरेक नेपालका दीपक सेन्चुरीले सञ्चारमाध्यम महिलामैत्री नभएको आरोप लगाए । ‘समाचार आउँदा पीडितलाई झन् पीडा दिने गरी समाचार आउँछ । विशेष गरी, बलात्कारजस्तो अपराधमा पीडितलाई नै पीडा दिने गरी समाचार आउँछ’, उनले भने, ‘पीडकको मनोबल गिर्ने गरीको समाचारको शीर्षक हुनुपर्छ ।’ महिला आफ्नै घरमा हिंसापीडित भए पनि त्यसको बारेमा आवाज उठाउन नसकेको उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले विश्वभर नै अपराध न्यूनीकरण हुने निर्मूलीकरण नहुने हुँदा अभियानकर्मीले महिला हिंसासम्बन्धी कार्यक्रम दिवस विशेष पारेर मात्रै गर्न नहुने बताए । नगरपालिकाले हिंसापीडित महिलालाई लक्षित गरेर आत्मनिर्भरसम्बन्धी विभिन्न कार्यक्रम ल्याएको र वडाको २० प्रतिशत बजेट सामाजिक क्षेत्रमा खर्च गर्नैपर्ने नियम ल्याइएको बताए । आवश्यक परेमा कानुनी परामर्शको लागि नगरपालिकामा महिला कानुनी सल्लाहकार पनि राख्न सकिने उनले जनाए ।
कार्यक्रमकी सभापति तथा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले अहिलेको समयमा पीडित महिलाको पक्षमा आवाज उठाउन सबैको साथ पाइरहेको बताउँदै कतिपय कानुनी जटिलताका कारण न्याय सम्पादनमा ढिलाइ हुने गरेको बताइन् । सर्वसाधारण र पीडितले कानुनी प्रक्रिया नबुझ्दा पनि न्याय सम्पादन गर्ने निकायले पीडित र सर्वसाधारणको गाली खानु परेको उनको भनाइ थियो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालले पीडितलाई आफ्नो कुरा राख्न सहज होस् भनेर प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । महिला हिंसाका घटनासम्बन्धी उजुरी परेमा प्राप्त प्रमाणका आधारमा जति सक्दो चाँडो सो उजुरीका सम्बन्धमा छानबिन गर्ने गरिएको उनको भनाइ थियो ।

अभियानकर्मी सुशीला कार्कीले अभियानकर्ता नै हिंसामा परे के गर्ने भन्ने बारेमा सोच्न जरुरी रहेको बताइन् । अभियानकर्मीले जुटाएका प्रमाण र अभियानकर्मीको मिहिनेतलाई प्रहरीले महत्व नदिने गरेको आफूले पाएको उनले बताइन् ।
द्वन्द्वपीडित भगवती न्यौपानेले आफू कानुन नै नभएको देशमा बसेजस्तो आभास भएको बताइन् । आफू द्वन्द्वपीडित भएको र पछिल्लो समय सामाजिक हिंसामा समेत परेको बताइन् । वडा, प्रहरी र नगरपालिकाले आफ्नो समस्यामा खासै चासो नदिएको उनको आरोप थियो ।
अभियानकर्मी कल्पना घिमिरेले पीडितको लागि आवास गृहको खाँचो रहेको बताइन् । सीपमूलक तालीमका प्रदान गर्नुका साथै हिंसापीडितका लागि दीर्घकालीन सहयोग पुग्ने गरी एउटा कोषको स्थापना गरी सोही कोषमार्फत् खर्चको व्यवस्थापन गर्न उनले सुझाव दिइन् ।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सुशीला अधिकारी तथा नगरपालिका भित्रका विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

Facebook Comment
Banner
सुन्दरहरैंचाको गछिया युवा समाज मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै पुग्यो इटहरी गोल्डकपको फाइनलमा
सुन्दरहरैंचाको गछिया युवा समाज इटहरीमा जारी रेडबुल १६ औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा गछियाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् भएको थियो
निर्धारित समयमा गछियाका लागि जनमय धामी, सुजन डंगोल र पदम भट्टराईले गोल गरेका थिए । मच्छिन्द्रका लागि प्रदिप बुढाथोकीले दुई गोल गर्दा थप एक गोल देवेन्द्र तामाङले गरेका थिए ।
पेनाल्टी सुटआउटमा गछिया ५–४ ले गोलले विजयी बन्दा गछियाकै पदम भट्टराई प्लेयर अफ दि म्याच बने ।
राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
गछियाले उद्घाटन खेलमा नाइजेरियाको फुटबल टिमलाई पराजित गरेको थियो ।
Banner
डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
कटुञ्जे–मंगलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।
गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै, गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
यसैबीच, राजमर्गा अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिलसमेत गरिएको छ ।
गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
Banner
क्यान्सर पीडित उमा खड्कालाई एनआरएनए बहराइनद्वारा आर्थिक सहयोग
सुन्दरहरैँचा, मोरङ — एनआरएनए बहराइनको पहलमा क्यान्सर पीडित तथा विगतमा बहराइनमा बसोबास गर्दै आउनु भएकी उमा खड्कालाई आर्थिक सहयोग प्रदान गरिएको छ।
शनिबार सुन्दरहरैँचा नगरपालिका–१२ स्थित उहाँकै निवासमा आयोजित एक कार्यक्रमबीच रु १०१,४६० (एक लाख एक हजार चार सय साठी रुपैयाँ) उक्त सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा कुल बराबरको रकम सहयोगस्वरूप प्रदान गरिएको जानकारी दिइएको छ।
सहयोग रकम एनआरएनए बहराइनकी महिला संयोजक सरु लामा गुरुङको हातबाट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाअध्यक्ष रोशन प्रसाद ढकाल, पत्रकार ज्ञाननाथ ढकाल लगायत स्थानीय बासिन्दा र परिवारजनको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले मानवीय सहयोग अभियानमा योगदान पुर्याउने सम्पूर्ण दाताहरू तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्। साथै, क्यान्सरसँग संघर्षरत उमा खड्काको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login