अपराध
लोक सेवा आयोगको परीक्षामा ७ जना नक्कली परीक्षार्थी पक्राउ
![](https://nispakshyakhabar.com/wp-content/uploads/2019/11/pakrau-2.jpg)
सुर्खेतः अर्काको नाममा परीक्षा दिने ७ जना नक्कली परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका ७ जना बुधबार पक्राउ परेका हुन् ।
भगवतीमाई गाउँपालिका–७ दैलेखका कमल बिकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकाका २३ वर्षीय तिलक बिक, गुराँस गाउँपालिका–२ दैलेखका रणबहादुर रावललको स्थानमा परीक्षा दिने सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की पक्राउ परेका हुन् ।
त्यस्तै, भगवतीमाई गाउँपालिका–७ दैलेखका चक्रराज बिकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र बिक, नारायण नगरपालिका–७ दैलेखका चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेखका २० वर्षीय रमेशप्रसाद न्यौपाने पनि पक्राउ परेका छन् ।
त्यस्तै, भेरी नगरपालिका–१० जाजरकोटका धनबहादुर डाँगीको नाममा परीक्षा दिने वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका १९ वर्षीय याम पौडेल र पञ्चपुरी नगरपालिका–२ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने सोही ठाउँका १८ वर्षीय उत्तम बिसी पनि पक्राउ परेका छन् ।
राजापुर नगरपालिका–१० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका–१ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मा र नक्कली प्रशिक्षार्थी मिलाइदिने पञ्चपुरी नगरपालिका–२ सुर्खेतका २१ वर्षीय दीपक कँडेल पनि पक्राउ परेका हुन् ।
मङ्सिर २० गतेदेखि सुर्खेतमा सञ्चालन भएको प्राविधिक प्रहरी जवान सङ्गीततर्फको परीक्षामा हालसम्म ११ नक्कली परीक्षार्थी पक्राउ परेको बताइएको छ ।
Facebook Comment
Banner
युरोकप २०२४ को क्वाटरफाइनलमा स्पेन र जर्मनको महाभिडन्त आज, कस्ले मार्ला बाजि ?
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/07/449985420_1150734656410310_7643280269404394977_n.jpg)
जर्मनीमा जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।
स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।
स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।
युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।
त्यसैगरी यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।
Banner
भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/07/Zika_virus-57cbc9dc40a0a1.56695516_0BJgb7bXpG_m6rmwd652d.jpg)
भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ।
नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरू प्राप्त गरेको र अहिलेसम्म आठ जनामा जिका भाइरस सङ्क्रमणको लागि सकारात्मक परीक्षण गरिएको जानकारी दिए।
Banner
रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login