Connect with us
Advertisement

हत्याको आरोपमा २ जना पक्राउ

Published

on

काँकरभिट्टाः झापाको मेचीनगर नगरपालिका–९ का ४७ वर्षीय बुधलाल किसान र २८ वर्षीय भयङ्कर भनिने भुखन किसान, व्यक्ति हत्याको आरोपमा पक्राउ परेका छन् ।

पुस ३ गते आफ्नै घर अगाडि मृत फेला परेका स्थानीय ४२ वर्षीय पुलिस भनिने पर्शुराम गौतमको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले गौतमको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । मृत फेला परेका गौतमको शरीरमा नील डाम तथा चोटपटक रहेको देखेपछि गम्भीर अनुसन्धान थालेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाले घटनामा आफ्नो संलग्नता रहेको बयान दिएसँगै उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुले सो घटनामा प्रयोग गरेको फलामको रिम र घटना भएको समयमा उनीहरुले प्रयोग गरेका कपडा समेत बरामद भएको सो कार्यालयले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

उर्लाबारीमा नोवेलको मुटु परिक्षण शिविर, २ सय ८५ जनाको जाँच तथा उपचार

Published

on

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र सामुदायिक विकास मञ्च, उर्लाबारी ६ को आयोजनामा बिहीबार अर्थात मंसिर २८ गते उर्लाबारी ६ स्थीत महारुद्र शिवालय मन्दिर परिसरमा  निःशुल्क मुटु रोग परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ ।

सामुदायिक विकास मञ्चको आयोजनामा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटुरोग विशेषज्ञ डा. सुशान्त कटुवाल नेतृत्वको मुटु विभागका चिकित्सक सहितको स्वास्थ्य टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गरेको हो ।
स्वास्थ्य शिविरमा १ सय १५ जना पुरुष र १ सय ७० जना महिला गरी २ सय ८५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त क्रममा २ सय ८५ जना विरामीको निःशुल्क इकोकार्डियोग्राम, ई. सि. जि.  पनि गरिएको छ ।
नोवेलले विभिन्न संघ संस्थाहरुको समन्वयमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । स्वस्थ मुटु स्वस्थ जीवन भन्ने नाराका साथ मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट हजारौ विरामीहरुले निःशुल्क स्वास्थ्य परीक्षण र उपचार सेवा लिई सकेका छन् ।

Continue Reading

Banner

मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको पत्थरी निकाल्ने प्रविधि नोबेलमा

Published

on

विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा केही दिन अगाडि एक जना ७२ वर्षीया वृद्धाको पित्त नलीमा रहेको ५० वटा जति ढुङ्गा विना शल्यक्रिया मुखबाट इण्डोस्कोप छिराएर झिकिएको छ । खोटेहाङ्ग गाउँ पालिकाकी ७२ वर्षीया पदम कुमारी राईको अस्पतालमा चेकजाँचको क्रममा पित्त नलीमा ढुङ्गा भएको पत्ता लागे पछि ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. मोहन खड्का नेतृत्वको चिकित्सा टोलीले उनको इआरसीपी प्रविधिबाट उक्त ढुङ्गा निकालेको हो ।

प्रौढ उमेर दमको समस्या त्यसमाथि फोक्सो सुन्निएको र पित्त नली ढुंगाले भरिएर दुखाइयुक्त जन्डिस भएको अवस्थामा उनको पित्त नलीको ढुङ्गा निकाल्न चुनौतीपूर्ण रहेको अस्पतालको भनाई छ । ‘ढुङ्गाहरू धेरै भएकोले पनि एकै पटकमा सबै ढुङ्गा निकाल्न गाह्रो थियो । करिब ५० वटा जति ६ देखि १० एम एम को ढुङ्गाहरू एकै प्रयासमा निकाल्न सफल भयौँ,’ डा. मोहन खड्काले भने । बिरामीको अवस्था अहिले सामान्य रहेको र डिस्चार्ज हुने क्रममा रहेको छ ।

डा. मोहन खड्का अनुसार पित्त नलीमा ढुङ्गा भएको अवस्थामा माथिल्लो पेट अथवा दाहिने कोखाको तल धेरै दुख्ने, उल्टी हुने, जन्डिस हुन सक्ने हुन्छ । यदि ढुङ्गा नलीमा नै अड्केर बस्यो भने त्यहाँ सङ्क्रमण हुन सक्ने र सङ्क्रमण बढ्दै गएमा शरीरको अन्य भागमा समेत सङ्क्रमण सरेर एक भन्दा बढी अङ्गहरू विग्रने (मल्टीपल अर्गन फेलियर) हुन सक्छ । त्यस्तै पित्त नली र प्याङ्क्रियाजको नलीको अन्तिम मुहान एउटै हुने र त्यहाँ गएर ढुङ्गा अड्किएमा प्याङ्क्रियाजको सङ्क्रमण भई प्याङ्क्रियाटाइटिस हुन्छ ।

Continue Reading

Banner

नोवेलमा १० बर्षको बालिकाको जटिल र ठूलो ब्रेन ट्यूमरको सफल शल्यक्रिया

Published

on

‘ब्रेन ट्युमर’ सुन्दा नै मानिसको आङ जिरिङ्ग हुन्छ । ब्रेन ट्युमर भएका मानिसको पीडा, घर परिवारमा आई पर्ने आर्थिक, मानसिक समस्या र त्यसमा थप बिरामीको उपचार सफल होला नहोला भन्ने डर ।

वयस्क र वृद्ध अवस्थाका बिरामी भन्दा पनि कम उमेरका बिरामी भयो भने त अझ धेरै त्रास र मानसिक पिडा । यस्तै पीडादायक अवस्थामा बाच्न बाध्य कटहरी गाउँपालिकाका एक ऋषिदेव परिवारका १० वर्षिया बालिकाको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा जटिल र ठुलो ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ ।

विगत दुई महिना देखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै बिस्तारै शरीरको देब्रे भाग नचल्ने भई दुई दिनबाट पूर्णरुपमा ओछ्यान मै बेहोस रहेकी १० वर्षिया बालिकालाई उपचारको लागि नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको आकस्मिक कक्षमा ल्याइएको थियो । बिरामीको परीक्षणको क्रममा सिटी स्क्यानको रिपोर्ट अनुसार उनको टाउकोको दाहिने तर्फ ठुलो आकारको ब्रेन ट्युमर भएको पत्ता लागेको थियो ।

“बिरामीको बुबा आमाले बिरामीको अवस्थाको कारण आष मारिसकेका थिए” उपचारमा संलग्न प्रमुख न्युरो सर्जन प्रा. डा. एडमण्ड जोनाथानले भने । उनका अनुसार नोबेलको न्यूरोसर्जरी राम्रो छ भन्ने सुनेर एक पटक जाँच गर्ने भनेर बिरामीलाई ल्याएका रहेछन् । आर्थिक अवस्था पनि कमजोर र बिरामीको अवस्था दिनानुदिन बिग्रँदै गएको कारण उनीहरूले थप उपचार गर्ने कि नगर्ने निर्णय गर्न सकेका थिएनन् । बिरामीको अवस्था र उपचारको बारेमा बिरामीको अभिभावक सँग छलफल पछि बिरामीको उपचार अगाडि बढ्यो ।

बिरामीको उपचारमा अस्पतालबाट छुट समेत उपलब्ध गरिएको उनले बताए ।  शल्यक्रिया र उपचारमा संलग्न न्युरो सर्जन डा. प्रमोद चौधरीले भने शरीरको अङ्ग चलाउने दिमागको भागमा नै ठुलो ट्युमर पलाएको कारण बिरामीको देब्रे भाग कमजोर हुन गएको थियो । शल्यक्रिया पछि बिरामीको अवस्था ठिक छ तर देब्रे भाग अहिले अलि कमजोर छ । रिहाविलिटेशन चलिरहेको छ ।

बिस्तारै सामान्य अवस्थामा आउनेमा हामी ढुक्क छौँ । बिरामीको उपचारको सम्बन्धमा कुराकानी गर्दै बिरामीको बुबाले भने “पहिला मेरो छोरी अन्तिम अवस्था पुगिसकेको थियो । एक साइडको पुरै नचल्ने । धेरै ठाउँ देखायौँ तर कहीँ निको भएन ।

नोवेलले हामीलाई धेरै सहयोग ग¥यो । यहाँ आए पछि अपरेसन सक्सेस भयो । अहिले मेरो नानीले हिँड्ने, खाने, बस्ने गर्न थालेको छ । अस्पतालले डिस्काउन्ट पनि दिएको छ ।” डा. जोनाथानका अनुसार बालबालिकामा टाउको दुखी रहने उल्टी हुने र हात खुट्टामा कमजोरी आयो भने तुरुन्तै अस्पतालमा गई न्यूरोलोजी वा न्यूरोसर्जरी विभागमा देखाउनु पर्दछ । त्यस्तो विरामीहरुको सिटी स्क्यान गर्न जरुरी हुन्छ । अहिलेको अवस्थामा न्युरो सर्जरी सुरक्षित छ । न्युरो सर्जरीको सक्सेस रेट ९० देखि ९७ प्रतिसत सम्म रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक