Connect with us
Advertisement

इटलीमा २० लाख र युक्रेनमा १० लाख पुगे कोरोना संक्रमित

Published

on

विराटचोकः कोरोना संक्रमणको दरमा वृद्धि हुँदै जाने क्रममा इटलीमा २० लाख र युक्रेनमा १० लाख व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार गत २४ घण्टामा इटलीमा १८ हजार ४० जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २० लाख ९ हजार ३ सय १७ जना पुगेको छ । थप ५ सय ५ जनाको मृत्यु भएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७० हजार ९ सय पुगेको छ ।

१३ लाख ४४ हजार ७ सय ८५ जना संक्रमित निको भएका छन् । ५ लाख ९३ हजार ६ सय ३२ जना संक्रमित आइसोलेसनमा रहेका छन् । विश्वका ८ देशमा २० लाखभन्दा बढी कोरोना संक्रमति रहेका छन् ।

त्यस्तै, युक्रेनमा ११ हजार ४ सय ९० जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १० लाख १ हजार १ सय ३२ जना पुगेको छ । २ सय २३ जना संक्रमितको मृत्युसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ हजार ३ सय ९५ जना पुगेको छ ।

६ लाख ३१ हजार ४ सय ३५ जना संक्रमित निको भएका छन् । ३ लाख ५२ हजार ३ सय २ जना संक्रमित आइसोलेसनमा रहेका छन् । विश्वका १७ देशमा १० लाखभन्दा धेरै संक्रमित रहेका छन् ।

सम्बन्धित समाचारहरुः

इटलीमा १५ लाख, जर्मनीमा १० लाख तथा इरानमा ९ लाख पुगे संक्रमित

इटलीमा ९ लाख, पोल्याण्डमा ५ लाख र नेदरल्याण्डमा ४ लाख पुगे कोरोना संक्रमित

अर्जेन्टिनामा १५ लाख र युक्रेनमा ९ लाख पुगे कोरोना संक्रमित

युक्रेनमा कोरोना संक्रमितको संख्या ८ लाख

युक्रेनमा कोरोना संक्रमितको संख्या ७ लाख

Continue Reading

Facebook Comment

1 Comment

Banner

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

Published

on

सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका तथा जुकाको औषधि एक देखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रुपमा खुवाउन थालेको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ । सरकारले प्रत्येक वर्ष बालबालिकालाई वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क रुपमा खुवाउँदै आएको छ ।

Continue Reading

Banner

आज विदेशी मुद्राको विनिमय दर कति ?

Published

on

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

Continue Reading

Banner

साविक विजेता सिटीलाई हराउँदै रियल पुग्यो सेमिफाइनलमा

Published

on

साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक