स्थानीय तह
२ उम्मेद्वारमा ४ मतको फरक, ४ मत बदर
विराटचोकः बैतडीको सूनर्या गाउँपालिका वडा नं १ को अध्यक्षमा १ मात्र प्रतिद्वन्दीलाई ४ मतले हराउँदै कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । जम्मा ४ मत बदर भएको छ ।
निर्वाचन आयोगका अनुसार कांग्रेसका गजेन्द्रबहादुर चन्द २ सय १९ मत ल्याएर विजयी हुँदा नेकपाका धनबहादुर चन्दले २ सय १५ मत ल्याए ।
६ सय १९ जना मतदाता भए पनि ४ सय ३८ मत खसेकोमा ४ मत बदर भएको थियो ।
Facebook Comment
Banner
सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिएर भए पनि गठबन्धन जोगाउने दलहरूको तयारी
सत्ता गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत समाजवादी पार्टीलाई दिएर भए पनि गठबन्धन जोगाउने तयारी थालेको छ । मुख्यमन्त्री आफ्नो दलले नपाएपछि एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा सघाएको छ ।
एमाले र माओवादीले भने नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई समर्थन गरेका छन् । तर एकीकृत समाजवादीविना सुदूरपश्चिममा सरकार बन्न नसक्ने, अरू प्रदेशमा पनि गठबन्धनका सरकार ढल्न सक्ने र सङ्घीय सरकारलाई समेत असर पर्ने भएकाले गठबन्धनका दलहरूले मध्यमार्गी बाटो खोज्ने भएका हुन् ।
आज बिहान एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने विषयमा लचकता देखाउनुभएको छ । मुख्यमन्त्रीमा नयाँ समझदारी भएपछि यसअघि एकीकृत समाजवादीले केन्द्रीय सत्ता गठबन्धनसँग गरेको विद्रोहबाट पछाडि फर्किनेछ ।
यसअघि प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन नसकिने बताएपछि एकीकृत समाजवादीले कांग्रेससँग गठबन्धन गरेको थियो ।
एकीकृत समाजवादीलाई केही समयका लागि मुख्यमन्त्री दिएर अहिलेको सङ्कट टार्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सकारात्मक हुनुभएको छ । तर नागरिक उन्मुक्तिका सात जनामध्ये धेरैजसो सांसद रेशम चौधरी गुटमा रहेका छन् । मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख निजर मियाँले कानुनी परामर्श गरिरहनुभएको छ ।
५३ सदस्यीय सुदूरपश्चिममा बहुमतका लागि २७ जना सांसदको आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका सात र एकीकृत समाजवादीका ४ जना सांसद छन् । त्यस्तै राप्रपाका एक जना र एक जना स्वतन्त्र सांसद छन् ।
Banner
यी हुन् हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाउने १० जना नेपाली विद्यार्थी
काठमाडौंः सुदूर पश्चिम विश्वविद्यालयबाट १ महिना अघि इजरायल गएका ४९ जना विद्यार्थीमध्ये १० जनाको प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गएको छ ।
राजदूत कान्ता रिजालका अनुसार इजरायलमा भएको उक्त आक्रमणमा परी घाइते भएका तीन नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यस्तै, अन्य ३ जना सुरक्षित अवस्थामा रहेका छन् । अर्का एकजनाको अवस्था भने हालसम्म अज्ञात रहेको छ ।
ज्यान गुमाउनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार,पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन् ।
स्थानीय अस्पतालमा उपचार हुनेमा शारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी र गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल रहेका छन् । टीकापुर–९ कैलालीका धनबहादुर चौधरी भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
त्यस्तै, त्रिवेणी–१ सल्यानका प्रमोद केसी र भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी सुरक्षित रहेको दूतावासले जानकारी दिएको छ ।
कञ्चनपुरका विपिन जोशी बेपत्ता छन्।
Banner
१० घण्टा १० मिनेटमा बझाङमा १० पटक गयो भूकम्प
विराटचोकः मंगलबार र बुधबार गरेर बझाङमा १० पटक भूकम्प गएको छ । १० घण्टा १० मिनेटको बीचमा बझाङमा १० पटक भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर ५।३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो।
राति १२ बजेर ५० मिनेट जाँदासम्ममा १० पटक भूकम्प गएको छ ।
भूकम्पका कारण केही घर भत्किएका छन् भने १ जना महिला बेपत्ता भएकी छिन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login