शेयर
सामान्य अंकले बढेको बजारमा घट्यो कारोबार रकम
विराटचोकः आज नेप्से परिसूचक ३.७ अंकले बढेर २२३९.४२ अंकमा अडिए पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ ।
कारोबार शुरु भएको केही समयमै ३४ अंक हाराहारी बढेको बजार पछि हिजोको भन्दा घटे पनि अन्तिम समयमा झिनो अंकले बढेको थियो । १२ समूहमध्ये ७ वटामा हरियाली छाएको छ ।
निर्जीवन बीमा, जीवन बीमा, विकास बैंक र वित्त समूह १ प्रतिशतभन्दा बढीले उकालो लाग्दा सबैभन्दा धेरै अन्य समूह ०.८२ प्रतिशतले घटेको छ ।
२ सय ८ कम्पनीका १ करोड ३५ लाख ६० हजार ७ सय ८३ कित्ता शेयर ४८ हजार ५३ पटक किनबेच हुँदा ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९ ९३ रुपैयाँको कारोबार भएको छ ।
१५ प्रतिशत लाभांश पाउनको लागि शेयर किन्ने अन्तिम दिन आज सिद्धार्थ बैंकको सर्वाधिक ४२ करोड ६२ लाख १२ हजार ८ सय १९ रुपैयाँको शेयर किनबेच भएको छ । प्रभु बैंकको २५ करोड १२ लाख, एनएमबी बैंकको १८ करोड ६९ लाख, सिभिल बैंकको १८ करोड २९ लाख र नेशनल लाइफ इन्स्योरेन्सको १८ करोड ५ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।
आरम्भ चौतारी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतका दरले तथा प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ८ प्रतिशत हाराहारीमा बढेको छ ।
मल्टीपर्पस फाइनान्सका शेयरधनीले ६ प्रतिशतले सम्पत्ति गुमाएको बजारमा समग्र बजार पूँजीकरण भने ३० खर्ब १६ अर्ब कायम भएको छ ।
Facebook Comment
Banner
इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, पछिल्लो समय आक्रमण तीव्र
गाजामा इजरायल र प्यालेस्टाइनबीच युद्ध शुरु भएको दुई सय दिनभन्दा बढी भइसकेको छ । पछिल्लो हप्ताहरूमा, इजरायलले यस युद्धको अवधिमा गाजामा सबैभन्दा ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरी क्षेत्रमा धेरैजसो बम विष्फोट भएको छ । इजरायली सेनाका प्रवक्ताका अनुसार दक्षिणी गाजामा सैन्य पर्यवेक्षण चौकी र मिसाइल प्रक्षेपण पोष्टहरू सहित २५ वटा क्षेत्रलाई निशाना बनाइएको छ ।
यसैबीच पछिल्लो समय इजरायलमा आक्रमण तीव्र पारेको लेबनानी सङ्गठन हिजबुल्लाहले आफ्ना दुई सदस्यको मृत्यु भएको जानकारी दिएको छ । कतारले हमास र इजरायलबीच युद्धविरामका लागि प्रयास गरिरहेको छ । कतारमा हमासको राजनीतिक कार्यालय पनि छ ।
Banner
७२ सालको भूकम्पको स्मृतिमा बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
२०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए ।
त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्याएको थियो ।
Banner
कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा
नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
‘नेपालको तर्फबाट नेपालमा लगानीका लागि अनुकुल परिस्थिति बन्दै गएको छ र त्यो सामर्थ्य कतारसँग भएकाले आमन्त्रण गर्न चाहन्छौं,’ उनले भने ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login