शिक्षा / स्वास्थ्य
कार्यपालिका सदस्य रिजालकी छोरीद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

विराटचोकः हजारौं रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी भोजसमेत गर्ने प्रचलन बढ्दै गएको छ । तर केही व्यक्तिमा भने सामाजिक भावना पनि पाइन्छ । यसै क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ की पूर्णिमा रिजालले आफ्नो जन्मदिनको खर्च विद्यालयका बालविकासमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकासका लागि खर्चिएकी छिन् । उनी सुन्दरहरैंचा नगरपालिकाको कार्यपालिका सदस्य उर्मिला रिजालकी छोरी हुन् ।
वडा नम्बर ८ मा रहेको शिक्षा निकेतन मा.वि.को बाल विकास कक्षामा अध्ययनरत विद्यार्थीलाई कपी, पेन्सिललगायतका शैक्षिक सामग्री उनले वितरण गरेकी हुन् ।
वितरण कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य उर्मिला शर्मा रिजालले छोरीको जन्मदिनलाई रमाइलो र पृथक बनाउन यो कार्य गरिएको बताइन् । बालबालिकामा पढ्नुपर्छ भन्ने सोचको विकास गराउन र सरकारी विद्यालयमा न्यून आय भएका अभिभावकका बच्चाहरु आउने भएकाले यो सहयोग गरिएको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद सुवेदीले सत्मार्गमा निर्देश गर्न र साना नानीहरुको शैक्षिक सुधारका लागि यो समग्री प्रेरणाको स्रोत बन्ने बताए ।
सो विद्यालयको बाल विकास केन्द्रमा ३९ जना विद्यार्थीहरु अध्ययनरत रहेको प्रधानाध्यापक सुवेदीले बताए ।
Banner
३३९ जना थपिए संक्रमित, ४०१ जना निको

विराटचोकः आज प्रदेशमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ जना पुगेको छ । थप ४ सय १ जना निको भएसँगै निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ४० जना आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये २ हजार ११ जनाको ज्यान गएको छ । हालसम्म २० लाख ४८ हजार १ सय १३ स्वाबको पीसीआर परीक्षण गरिएको छ ।
Banner
प्रदेशमा आइसोलेसनमा रहनेको संख्या ८१ जनामात्रै

विराटचोकः प्रदेशमा कोरोना संक्रमणको दर घट्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ८१ जना मात्रै रहेको छ । हिजो ८६ जना आइसोलेसनमा थिए । आज थप ७ जनामा संक्रमण पुष्टि हुँदा पनि आइसोलेसनमा रहनेको संख्या भने घटेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार आज ७ जना संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार १ सय २८ जना पुुगेको छ । २९ हजार ५ सय ८२ जना निको भएका छन् भने ४ सय ६५ जनाको संक्रमणका कारण ज्यान गएको छ ।
आज सुनसरीको धरानमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, झापाको भद्रपुर, मेचीनगर, इलामको माइ, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश बाहिरका १ जनामा संक्रमण पुष्टि भएको हो ।
Banner
बालुवाटारमा प्रदर्शन गर्ने २६ जना मानव अधिकारकर्मी पक्राउ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभाव पार्ने प्रयास गरेको भन्दै त्यसको विरोधमा बालुवाटारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाज नेपालका अध्यक्षसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेको अवस्थामा अध्यक्ष कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगरलगायत २६ जनालाई प्रहरीले पक्राउ गरेको हो । विरोध प्रदर्शनका सहभागीहरूले आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।
-
अर्थ1 year ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद1 year ago
रंगशालाको अवलोकन
-
अर्थ9 months ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य1 year ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य1 year ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १11 months ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
कला / साहित्य1 year ago
खोटाङ सेवा समाजद्वारा ‘नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान
-
मुख्य1 year ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
You must be logged in to post a comment Login