प्रदेश नं. १
प्रेस युनियनले सुनसरीका २६० जना पत्रकारको जनही सात लाखको दुर्घटना बीमा गर्ने

इटहरीः पत्रकारको हक हितमा पछिल्लो समय बढी सक्रिय देखिएको प्रेस युनियनको सुनसरी शाखाले जिल्लाका २ सय ६० जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ ।
अजोड इन्स्योरेन्स कम्पनी सुन्धारामार्फत जिल्लाका २ सय ६० जना पत्रकारहरूको निःशुल्क एक वर्षे दुर्घटना बीमा गरिने भएको हो । मङ्गलबार इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । राज्यको चौथो अङ्गको व्यक्तिगत सुरक्षामा सहकार्य गर्ने अवसर पाउँदा आफ्नो संस्थाको प्रतिष्ठा बढेको भन्दै बीमा दाबी सहज रूपमा भुक्तान गरिने प्रतिबद्धता खत्रीले गरे ।
एक वर्षभित्र बीमित पत्रकारको दुर्घटनाबाट मृत्यु भएमा ७ लाख र घाइते भएमा अवस्थाअनुसार ७० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउनेछन् । पत्रकार महासंघ वा कार्यरत सञ्चार संस्थाले दिएको आधिकारिक परिचय–पत्रका आधारमा पत्रकारको बीमा हुने जनाइएको छ ।
यसैबीच, सुनसरीका थप ७ जना पत्रकारको कोरोना बीमा दाबी रकम प्राप्त भएको छ । बीमा दाबी रकम प्राप्त हुनेमा विवेकविवश रेग्मी, हिमाल दाहाल, देवेन्द्र कार्की, रोहित राई, सरिता कोइराला, सञ्जय राई र रामबहादुर (आरबी) कटुवाल रहेका छन् ।
प्रेस युनियनले आइएमई जनरल इन्स्योरेन्स कम्पनीमार्फत् दुई सय ६० जना पत्रकारको एक लाख रुपैयाँ बराबरको निःशुल्क कोरोना बीमा गरेको थियो ।
Banner
३३९ जना थपिए संक्रमित, ४०१ जना निको

विराटचोकः आज प्रदेशमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ जना पुगेको छ । थप ४ सय १ जना निको भएसँगै निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ४० जना आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये २ हजार ११ जनाको ज्यान गएको छ । हालसम्म २० लाख ४८ हजार १ सय १३ स्वाबको पीसीआर परीक्षण गरिएको छ ।
Banner
प्रदेशमा आइसोलेसनमा रहनेको संख्या ८१ जनामात्रै

विराटचोकः प्रदेशमा कोरोना संक्रमणको दर घट्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ८१ जना मात्रै रहेको छ । हिजो ८६ जना आइसोलेसनमा थिए । आज थप ७ जनामा संक्रमण पुष्टि हुँदा पनि आइसोलेसनमा रहनेको संख्या भने घटेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार आज ७ जना संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार १ सय २८ जना पुुगेको छ । २९ हजार ५ सय ८२ जना निको भएका छन् भने ४ सय ६५ जनाको संक्रमणका कारण ज्यान गएको छ ।
आज सुनसरीको धरानमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, झापाको भद्रपुर, मेचीनगर, इलामको माइ, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश बाहिरका १ जनामा संक्रमण पुष्टि भएको हो ।
Banner
बालुवाटारमा प्रदर्शन गर्ने २६ जना मानव अधिकारकर्मी पक्राउ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभाव पार्ने प्रयास गरेको भन्दै त्यसको विरोधमा बालुवाटारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाज नेपालका अध्यक्षसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेको अवस्थामा अध्यक्ष कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगरलगायत २६ जनालाई प्रहरीले पक्राउ गरेको हो । विरोध प्रदर्शनका सहभागीहरूले आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।
-
अर्थ1 year ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद1 year ago
रंगशालाको अवलोकन
-
अर्थ9 months ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य1 year ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य1 year ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १11 months ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
कला / साहित्य1 year ago
खोटाङ सेवा समाजद्वारा ‘नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान
-
मुख्य1 year ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
You must be logged in to post a comment Login