Connect with us
Advertisement

एकै दिन १५,७११ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ४ देशमा ११०० भन्दा बढीको मृत्यु

Published

on

विराटचोकः कोरोना भाइरसको संक्रमणका कारण विश्वमा गत २४ घण्टामा १५ हजार ७ सय ११ जना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा ४ हजार २ सय ५९ जनाको मृत्यु भएको छ । २४ घण्टामा अमेरिका, ब्राजिल, बेलायत र जर्मनीमा १ हजार १ सयभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार विश्वमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ६ सय ५७ जना पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ३ लाख ८९ हजार ५ सय ९९ जनाको मृत्यु भएको छ । अमेरिका, ब्राजिल, भारत र मेक्सिको १ लाखभन्दा धेरै संक्रमितको मृत्यु हुने देशको सूचीमा परेका छन् ।

सम्बन्धित समाचारहरुः

 

Continue Reading

Facebook Comment

1 Comment

Banner

चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनीको निधन

Published

on

चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनीको निधन

पोखराका चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमवार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

Continue Reading

Banner

कुम्भ मेलाबाट इटहरी आउँदै गर्दा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

Published

on

सुनसरीको चतरामा जारी कुम्भ मेलामा दर्शन गरेर फर्किदैँ गर्दा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका १ नेपालडाँडा घर भएका २२ वर्षीय सुजन गौतम रहेका छन् ।

सोमबार राति प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको थियो । प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका ५ जमटोकीस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

श्रोत : टाकुरा निउज

Continue Reading

Banner

मिसाइलको चर्को अभाव भएकाले रुससँगको लडाईं कमजोर बन्दै गएको युक्रेनी राष्ट्रपति जेलेनेस्कीको गुनासो

Published

on

युक्रेनले रुससँगको युद्धमा मिसाइलको चर्को अभाव भएको बताएको छ ।  गएको महिना कयौँ रुसी हमला विफल बनाएको र रुसमाथि जवाफी आक्रमण गरेको युक्रेनले यो महिनाको शुरुदेखि मिसाइल र हवाई रक्षा प्रणालीको अभाव भएको जनाएको हो ।

मिसाइलको अभाव हुँदा रुसले राजधानी किभ वरपरका सबैजसो पावर प्लान्ट ध्वस्त बनाइरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको महिना रुसले १८ सय मेगावाट क्षमताको थर्मल प्लान्ट ध्वस्त बनाइदिएपछि युक्रेनमा उर्जा सङ्कट पनि बढेको छ । सरकारले नागरिकलाई विद्युत बचत गर्न आग्रह गरेको छ ।

जेलेनेस्कीले यो महिनाको शुरुदेखि नै मिसाइल र गोलाबारुदको अभाव रहेको भन्दै अमेरिका र पश्चिमा देशसँग सहयोग माग्नुभएको थियो । तर माग अनुसारका मिसाइल नपाएपछि अहिले युक्रेन कमजोर अवस्थामा पुगेको छ ।

अब यदि रुसले आफ्नो तीव्र गति र लामो दूरीको बमबारी अभियान जारी राख्यो भने अवस्था झनै जटिल बन्ने युक्रेनी राष्ट्रपति जेलेनेस्कीले बताउनुभएको छ । अहिले युक्रेनका पश्चिमी मित्र राष्ट्रहरू युक्रेनमा थप हवाई रक्षा पठाउन अनिच्छुक देखिएका छन् ।

रुसले युक्रेनमाथि विजय प्राप्त गरेमा समग्र युरोप नै खतरामा पर्ने भन्दै युक्रेनले अत्याधुनिक मिसाइल र रक्षा प्रणालीको माग गरिरहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक