Connect with us
Advertisement

सामाजिक सञ्जालहरुदेखि चिया पसलसम्म आइपीओकै चर्चा, बैंकमा सेयर भर्नेको भीड

Published

on

इशारा कोइराला
‘आइपीओ भर्नु भयो त ?’
‘आइपीओ नभर्ने त कुरै भएन । मैले त  छोराछोरी, श्रीमती सबैको डिम्याट एकाउन्ट खोलेर आइपीओ भरे ।’
‘मैले पनि आमाबुबा सबैको नाममा आइपीओ भरे ।’ 
यो पुरानो बानेश्वरको एउटा चिया पसलमा भएको सम्वाद हो । चिया पसलको यो सम्वादले आइपीओको चर्चा सामान्य व्यक्तिहरुमाझ पनि उत्तिकै हुने गरेको देखिएको छ । विशेषगरी दोस्रो बजार बुलिस हुँदै गएपछि चोक–गल्ली अनि चिया पसल जताततै यस्ता गफ चल्ने गर्छ । सेयर बजारको चर्चा हुन थाल्छ । यो समग्र पुँजी बजारको लागि राम्रो पक्ष पनि हो ।

bank_3_1_18_2021_7_50_12.jpg

चिया पसलमा मात्रै होइन पछिल्लो समय आइपीओको चर्चा सामाजिक सञ्जालहरुमा निकै बढी हुने गरेको छ । पहिले सेयर बजारसँग सम्बिन्धित रहेर सञ्चालन भएका फेसबुक ग्रुपहरुमा मात्र सेयर बजारको बारेमा चर्चा हुने गरेकोमा अहिले त्यो चर्चा ‘ट्रोल’ निर्माण गर्ने ग्रुपहरुमा पनि हुने गरेको छ । यसैको उदाहरण स्वरुपः युवाहरु माझ लोकप्रिय रहेको ‘रुटिङ् अफ नेपाल बन्द’लाई लिन सकिन्छ ।

फेसबुकमा २१ लाखभन्दा बढीले लाइक गरेको यस पेजले केही समय पहिलेसम्म सेयर बजारलाई लिए कुनै पोष्ट नगरेकोमा पछिल्लो समय दैनिक जस्तो सेयर बजार त्यसमा पनि आइपीओसँग सम्बन्धित भएर एउटा पोष्ट गर्ने गरेको छ । यो त एउटा फेसबुकको उदाहरण ग्रुप मात्रै हो यो बाहेक श्रीमती संगठन लगायतका फेसबुक ग्रुपमा पनि आइपीओको चर्चा हुने गरेको छ ।

सामाजिक सञ्जालका अरु माध्यमहरु ‘टुइटर’, ‘इन्ष्ट्राग्राम’ मा आइपीओको बारेमा प्रसस्त पोष्टहरु देख्न सकिन्छ । पछिल्लो समय लोकप्रिय बन्दै आएको ‘टिकटक’मा पनि आइपीओको बारेमा विभिन्न प्रयोगकर्ताले भिडियो बनाएर पोष्ट गर्ने गरेका छन् भने त्यो पोष्टमा लाखौं लाइक र कमेन्ट आउने गरेका छन् । यसले पछिल्लो समय आइपीओमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

बैंकमा सेयर भर्नेको भीड 

शुक्रबार माघ २ गतेदेखि आइपीओ खुलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा आवेदन दिन बैंकमा लगानीकर्ताको भीड लागेको छ । लगानीकर्ताले मेरो सेयर सफ्टवेयरमार्फत घरबाटै सेयर आवेदन दिन सक्ने भए पनि बैंकमा पनि आम लगानीकर्ताको उत्तिकै भीड लाग्ने गरेको छ । यसको कारण भनेको पछिल्लो समय ै डिम्याट खाता खोलेकाले मेरो सेयरको सबै प्रक्रिया पूरा गर्न नभ्याएर हो भने, केही लगानीकर्ता मेरो सेयर सफ्टवेयर चलाउन नजानेर पनि बैंकमा अस्वामार्फत सेयर भर्न गएका हुन् ।

सिद्धार्थ बैंक गोंगवु शाखामा भेटिएका तनहुँका सूर्यनाथ वाग्ले मेरो सेयर सफ्टवेयरका लागि बैंकमा आवेदन दिएकाले अहिले सी आस्वामार्फत नै बैंकमा आएर इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा आवेदन दिएको बताउँछन् । बैंकका कर्मचारी पनि पछिल्लो समय डिम्याट खाता, मेरो सेयर र सीआरएन नम्बर लिन बैंकमा सेवाग्राहीको भीड लाग्ने गरेको बताउँछन् ।

झन् आइपीओ खुल्दा सी अस्वामार्फत सेयर भर्ने लगानीकर्ताको बिहानदेखि नै भीड लाग्ने गरेको कृषि विकास बैंक महाराजगञ्ज शाखामा काम गर्ने एक कर्मचारी बताउँछिन् । उनले भनिन्,‘अहिले बैंकमा अधिकांश सेवाग्राही डिम्याट खाता, मेरो सेयर र सीआरएन नम्बर लिन आउने गर्नुभएको छ । आइपीओ खुलेको बेला बैंकमा आएर सेयर भर्ने लगानीकर्ता पनि पछिल्लो समय बढेको छ ।’
दैनिक १७ हजार भन्दा बढीले खोल्छन् डिम्याट खाता
सीडीएसको पछिल्लो तथ्यांक अनुसार दैनिक औषतमा १७ हजार जनाभन्दा बढीले डिम्याट खाता खोल्ने गरेका छन् । केहि महिनायता यसरी दैनिक रुपमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ह्वातै बढेको सीडीएसको तथ्यांकमा उल्लेख छ । सीडीएसको पछिल्लो तथ्यांक माघ ५ गते सोमबारसम्म डिम्याट अकाउन्ट खोल्नेको संख्या २५ लाख ८२ हजार १०४ जना रहेका छन् ।

गत शुक्रबारसम्म यो संख्या २५ लाख ३४५ जना मात्र थियो । यसरी हेर्दा २ दिनमा डिम्याट खाता खोल्नेको संख्या भारीमात्रामा वृद्धि भएको देखिन्छ । यता, दैनिक रुपमा मेरो सेयर सुविधा लिनेको संख्या औषतमा १३ हजार भन्दा बढी रहेको सीडीएसले जनाएको छ ।

आखिर, आइपीओमा यति धेरै आकर्षण किन ?
पछिल्लो समय आइपीओमा ह्वातै आकर्षण बढ्नुको मुख्य कारण भनेको दोस्रो बजारमा सेयरको भाउ बढ्दै जानु नै हो । दोस्रो बजार सुधार हुँदै जाँदा प्राथमिक बजारमा पनि लगानीकर्ताको चाप वृद्धि हुने गर्छ । पछिल्लो समय आइपीओ खुला गरेर दोस्रो बजारमा सूचीकृत भएका सबै कम्पनीको सेयरबाट लगानीकर्ताले राम्रो नाफा प्राप्त गरेका छन् । यसबीचमा सबैभन्दा धेरै आकर्षण र नाफा नेपाल पुनर्बिमा कम्पनीले बनाएको देखिन्छ । यस कम्पनीको सेयर भाउ निकै छोटो समयमा अत्याधिक वृद्धि भएको छ ।

यसबीचमा प्रायः सबै कम्पनीको सेयर भाउ वृद्धि भएको छ । यस्तै, लक डाउनका कारण मानिसको प्रविधिसँग निकटता बढेको देखिन्छ । यसले पनि आइपीओमा लगानी गर्न थप सहज बनाएको छ । सथै, सधै व्यस्त हुने मानिसले लक डाउनमा मिलेको फुर्सदका बेला सेयर बजार सम्बन्धी अध्ययन गर्न पाएकाले पनि यसतर्फ आकर्षण बढाउन सहयोग पुगेको जानकारहरु बताउँछन् ।

यसको अलावा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो (८ अर्ब रुपैयाँ) बराबरको आइपीओ जारी गरेकले पनि यसमा लगानीकर्ताको आकर्षण बढ्न गएको हो । यो आइपीओ भर्न निकै नयाँ आवेदकहरु थपिएका सरोकारवालाहरुको भनाई छ ।

अझै प्राथमिक सेयर बजारमा पहुँच बढाउन आवश्यक
प्राथमिक बजारमा सेयर आवेदन दिनेको संख्या बढिरहेको भए पनि अझै यो पर्याप्त देखिएको छैन । कुल जनसंख्याको अत्यन्त न्यून हिस्सामात्र आइपीओ बजारमा आएको पाइन्छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म २५ लाख ८२ हजार १०४ जनाले डिम्याट एकाउन्ट खोलेका छन् । करिब ३ करोड जनसंख्यालाई आधार मान्ने हो भने यो संख्या ज्यादै कम हो ।

एउटा व्यक्तिले २ वटासम्म डिम्याट खोल्ने पाउने व्यवस्था भएकाले पनि यो संख्या उच्च देखिएको हो । तथापि, प्राथमिक बजारको ज्ञान र पहुँच आभावका कारण पनि अझै आइपीओ आवेदन दिनेको कम रहेको हो । यसलाई सरोकारवाला निकायले स्वीकार गरेर वित्तीय शिक्षा र पहुँचको वृद्धि गर्न आवश्यक देखिन्छ । – नेपाली पैसाबाट

शेयर बजारको हालसम्मकै ठूलो आईपीओ खुल्यो, डिम्याट खोल्ने सबैले आवेदन दिए पनि ३० कित्ता पर्ने

चन्द्रागिरिको आइपीओ भर्ने सबैलाई केवलकारको टिकटमा २५ प्रतिशत छुट

चन्द्रागिरि हिल्सको आईपीओमा रेकर्ड ब्रेक, साढे १२ लाखभन्दा बढीले गरे आवेदन

सन् २०२०ः नेपाली शेयर बजारमा रेकर्डै रेकर्ड

उतारचढावका बीच नेप्सेमा झिनो सुधार, कारोबार रकममा नेपाल लाइफले गर्याे रेकर्ड ब्रेक

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading

Banner

भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

Published

on

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।

मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्व तयारी मिलाउन निर्देशन दिएको छ।

प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। साथै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहित स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ।

सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि जीवनजल लगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोली लाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।

त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ।

स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

Continue Reading

Banner

निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

Published

on

कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।

समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।

समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।

यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक