जीवनशैली
एक घोगो मकैमा दलाल किन
विराटचोकः ‘हातमा काम र मुखमा राम हुने मानिस भोकै मर्नुपर्दैन’ भन्ने कुराको चरितार्थ बन्ने गरेका उदाहरणमा पर्छन् पोलेको मकै बेचेर गर्जो टार्दै आएका परिवार । यस्तै परिवारमध्येको एक हो पेमा तामाङको परिवार ।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मोरङको बेलबारीको चिसाङ पुल छेउमा पेमा तामाङले दैनिक मकै पोलेर आम्दानी गर्दै आएका छन् । यहाँ भारतीय र नेपाली ग्राहक भोक मेटाउन २० मिनेट भए पनि सवारी रोकेर मकै खाएरै जाने गरेको मकै पोल्नेहरु बताउछन् ।
मकै पोल्ने मध्येका तामाङ पाँचथरमा जन्मिएका हुन् । विगत ३ वर्ष यता चिसाङ खोला छेउमा श्रीमती र एक छोरासँगै उनी बस्ने गर्छन् । दैनिक १ हजार ५ सय भन्दा बढी आम्दानी हुुुने गरेको उनको भनाइ छ । ‘बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म आगोसँग खेल्दै मकै पोलेर दुःखसुख जिन्दगी चलाउँदैछु’, तामाङले सुनाए ।
तामाङ उमेरले २१ वर्ष पुग्दैछन् । युवाहरु काम नपाएर भौँतारिएको अवस्थामा स्वदेशमै मकै पोलेरै भए पनि जेनतेन परिवारलाई खुशी राख्नुमा नै आनन्द लाग्ने उनी बताउँछन् ।
यसैगरी सँगै अर्का एक जना मिहिनेती मानिस पनि ग्राहकलाई मकै बच्दै थिए । उमेरले ५० कटेका उनको अँगेनामा १५÷२० घोगा मकै तातै थिए । उनको आँखाको भाव कसैले गाडी रोकेर यता आए हुन्थ्यो भन्ने प्रष्ट बुझिन्थ्यो । छानीछानी घोगाको ३० रुपैयाँ पर्ने मकैमा पनि दलाली गर्ने गरेको उनी सुनाउँछन् ।
राम्रो गाडीमा चढ्ने अनि चिटिक्क परेको जागिरे जस्ता देखिने मानिसले होटलमा भए महँगो मूल्य तिरेर पनि टिप्स दिने गरेको तर एक घोगामा दलाल गरेको भने पटक्कै नसुहाउने उनी बताउँछन् । गरिबीका कारण सडक किनारमा धुलो धुवाँ सहेर एक दुइ पैसा कमाएर परिवार पाल्दै आएका मेघराज बस्नेत भन्छन्, ‘दया र मायाको जमाना गएछ ।’
गाँउघरमा मकै सहजै पाइन्छ । तर शहरमा भने ताजा मकै पाउन सजिलो छैन । मानिसहरूले रुचाउने खाने कुरामध्ये पोलेको मकै पनि पर्छ । यो ठाउँको सडक छेउमा मानिसहरुको भीड लाग्ने गरेको छ । यहाँ निगुरो र पोलेको मकै बेच्ने गरिन्छ । १२-१२ परिवारले यो पेसा गरेर घरखर्च चलाइरहेका छन् । राजमार्गको सडक छेउमै सवारी पार्किङ गरेर आगो ताप्दै मकै खानेको भीड नै लाग्ने गरेको छ । जङ्गल भएकाले यहाँ बाँदर र छाडा चौपायाले असाध्यै दुःख दिने गरेको व्यवसायी बताउँछन् ।
Facebook Comment
Banner
७२ सालको भूकम्पको स्मृतिमा बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
२०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए ।
त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्याएको थियो ।
Banner
कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा
नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
‘नेपालको तर्फबाट नेपालमा लगानीका लागि अनुकुल परिस्थिति बन्दै गएको छ र त्यो सामर्थ्य कतारसँग भएकाले आमन्त्रण गर्न चाहन्छौं,’ उनले भने ।
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको निःशुल्क मुटु परीक्षण अभियान
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login