Connect with us
Advertisement

फ्रान्समा ३० लाखभन्दा बढी कोरोना संक्रमित

Published

on

विराटचोकः फ्रान्समा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार २ सय ९२ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० लाख ११ हजार २ सय ५७ जना पुगेको छ ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार २ लाख १५ हजार ८ सय २२ जना संक्रमित निको भएका छन् भने २७ लाख २२ हजार ७ सय ८८ जना संक्रमित आइसोलेसनमा रहेका छन् । तीमध्ये २ हजार ९ सय १२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । थप ४ सय २९ जना संक्रमितको मृत्यु भएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७२ हजार ६ सय ४७ जना पुगेको छ ।

कोरोना संक्रमितको संख्याको आधारमा फ्रान्स विश्वको छैटौँ स्थानमा रहेको छ ।

सम्बन्धित समाचारहरुः

फ्रान्समा १५ लाख र पोल्याण्डमा ४ लाख पुगे कोरोना संक्रमित

स्पेनमा ११ लाख, फ्रान्समा १० लाख, रोमानियामा २ लाख र स्वीट्जरल्याण्डमा १ लाख कोरोना संक्रमित

फ्रान्समा ८ लाख, इजरायलमा ३ लाख र नेदरल्याण्डमा २ लाख कोरोना संक्रमित

कोलम्बियामा ९ लाख, फ्रान्समा ७ लाख र इराकमा ४ लाख कोरोना संक्रमित

रुसमा १२ लाख, फ्रान्समा ६ लाख र जर्मनीमा ३ लाख कोरोना संक्रमित

Continue Reading

Facebook Comment

1 Comment

Banner

पूर्वाञ्चल विश्वविद्यालय बन्द निषेधित क्षेत्र घोषणा गर्न सबै दल तयार,

Published

on

गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा कुनै पनि बहानामा बन्द हुन नदिन सुन्दरहरैंचाका राजनीतिक दलहरू सहमत भएका छन् । विश्वविद्यालयलाई बन्द निषेधित क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाउँदै आज सर्वदलीय प्रतिबद्धतासहितको १० बुँदे सुझाव तथा ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई बुझाइएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई ज्ञापनपत्र बुझाउँदै एम.बि.बि.एस. कार्यक्रम सञ्चालनको तयारी, गोठगाउँ परिसरको प्रभावकारी प्रयोग, ८०५ विघा विश्वविद्यालयको भोगाधिकार प्राप्त जमिनको समुचित विकास लगायतका सुझावहरू राखिएको छ ।

ज्ञापनपत्रमा उल्लेख गरिएका प्रमुख बुँदाहरूमा विश्वविद्यालयको आफ्नै मेडिकल कलेज स्थापनासँगै एम.बि.बि.एस. कार्यक्रम शुरु गर्नका लागि स्पष्ट कार्ययोजना माग गरिएको छ । साथै विश्वविद्यालय परिसरको शैक्षिक, प्राज्ञिक र भौतिक संरचनालाई दीर्घकालीन दृष्टिकोणमा प्रयोग गर्न, केन्द्रीय कार्यालयहरू स्थायी रूपमा गोठगाउँमा स्थानान्तरण गर्न र संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरण गर्न माग गरिएको छ ।

स्थानीय स्तरमा शैक्षिक वातावरण प्रवद्र्धन गर्न र विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन पूर्वाधार विकासका साथै शान्ति क्षेत्र घोषणा समेत गर्न आग्रह गरिएको छ ।

सर्वदलीय ज्ञापनपत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी, जसपा लगायत दलका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ । कार्यक्रमको संयोजन नेपाली कांग्रेस सुन्दरहरैँचाका सभापति भक्तिप्रसाद सिटौलाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस सुन्दरहरैंचाका सचिव होमनाथ पोखरेलले गर्नुभएको थियो ।

ज्ञापनपत्र बुझाएपछि स्वतन्त्र नागरिक समाजका साथै विभिन्न दलका प्रतिनिधिले आफ्नो भनाइ राख्नुभएको थियो ।

ज्ञापनपत्र बुझ्दै उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाले आफूले हालसम्म गरेका र आगामी दिनमा गर्ने कार्यको बारेमा जानकारी गराउनुका साथै ज्ञापनपत्रमा समेटिएका बुँदा कार्यान्वयन गर्न विश्वविद्यालय तयार रहेको बताउनुभएको थियो ।

Continue Reading

Banner

बर्खास्तीमा परे ऊर्जा राज्यमन्त्री तामाङ

Published

on

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् ।

स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन्

Continue Reading

Banner

शिक्षामन्त्रीमा रघुजी पन्त

Published

on

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक