स्थानीय तह
सुन्दरहरैंचा– १२ को सार्वजनिक सुनुवाइ सम्पन्न, डुबानको समस्या समाधानमा प्राथमिकता दिनुपर्नेमा वडावासीको जोड
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । वडाले गरेका कामको बारेमा सेवाग्राहीलाई जानकारी दिनुका साथै वडावासी र जनप्रतिनिधि तथा कर्मचारीबीच अन्तरक्रिया होस् भनेर आर्थिक वर्ष २०७७–०७८ को पहिलो सार्वजनिक सुनुवाइ गरिएको वडा कार्यालयले जनाएको छ ।
सार्वजनिक सुनुवाइमा सहभागीले उठाएका प्रश्नको वडाध्यक्ष रोशनप्रसाद ढकाल, वडा सचिव तीर्थकुमारी सुवेदी तथा नगरपालिकाका इञ्जिनियर वीरेन्द्र नेयोहाङ, इन्द्रपुर स्वास्थ्य चौकीका प्रमुख लीलामणि दाहाललगायतले जवाफ दिएका थिए ।
अधिकांश सहभागीले वडामा ढल निकासको समस्या रहेको बताएका थिए । यसैगरी स्वास्थ्य, शिक्षा, कृषि र विद्युत, व्यवसाय र सुरक्षा जस्ता विषयमा सहभागीले प्रश्न उठाएका थिए ।
टोल संयोजक केदारप्रसाद लुइँटेलले टोल विकास संस्थाबाट छानिएका योजनालाई वडाले पुन छनोट गर्दा प्राथमिकता पाउनुपर्नेमा त्यसो नभई त्यस्ता योजना पछि पर्ने गरेको गुनासो गरेका थिए ।
ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचा १२ का अध्यक्ष शिवप्रसाद दाहालले ज्येष्ठ नागरिक तथा स्वास्थ्य संस्थामा औषधीको अभाव रहने गरेको विषय उठाएका थिए ।

उद्योग वाणिज्य संघका सदस्य विप्लव बस्नेतले व्यवसायीका समस्या उठाएका थिए । व्यवसाय दर्ता गर्दा, नवीकरण गर्दा र बन्द गर्दा लाग्ने दस्तुर धेरै भएको बताउँदै यसलाई घटाउनुपर्ने उनको माग थियो । यसैगरी वडाका भित्री भागमा पनि सीसी क्यामेरा जडान गर्नुपर्ने कुरा उनले राखेका थिए ।
विष्णु सुनाम, रतन श्रेष्ठ, कमला पराजुली, श्यामनारायण दाहाललगायतले वडाका समस्या, गुनासा र सुझाव कार्यक्रममा राखेका थिए । भोल्टेजको समस्या समाधान नभएको, हाटबजार लाग्ने क्षेत्रमा सीसी क्यामराको व्यवस्था गर्न नसकेको विषयमा सहभागीले प्रश्न उठाएका थिए ।
सहभागीले उठाएका प्रश्नको जवाफ दिँदै वडाध्यक्ष ढकालले धेरै समस्यामा रहेको ढल निकासलाई समाधान गरिरहेको बताए । वडा नम्बर १२ का ढल निकासको समस्या रहेको बताउँदै उनले कालीखोलाको पैनीलाई व्यवस्थित गरेर सुकुना खोलामा पानीको निकास कटाउने गरी काम गर्न सकेमा डुबानको समस्या समाधान हुने बताए । नगर र वडाले यसलाई प्राथमिकतामा राखेर योजना बनाई काम गरिरहेको उनले जानकारी दिए ।
यसै आर्थिक वर्षमा स्वास्थ्य चौकीसम्म जाने सडक कालोपत्रे गर्न बजेट विनियोजन भइसकेको र आगामी आर्थिक वर्षमा बाँकी रहेको बाटो कालोपत्रे हुने उनले बताए ।
विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको सहजीकरण तथा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ को आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय तहमा सेवाग्राहीका रुपमा आएका सर्वसाधारण नागरिकहरुप्रति सेवा प्रदायक निकायबाट प्रदान गरिएका सेवा, सुविधाहरु, उपभोक्ता समिति गठन प्रक्रिया, विकास निर्माण तथा हरहिसाब फरफारक लगायतका विषयमा सेवाग्राहीले राखेका जिज्ञासको जवाफ दिइएको थियो ।

जनगुनासोलाई सार्वजनिक स्थलमै दोहोरो संवादबाट स्पष्टता गर्ने, सेवाग्राहीहरुबाट प्राप्त सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै वडाबाट गरिने विकास निर्माणका कार्यहरुलाई अझ प्रभावकारी बनाई जिम्मेवार बनाउने प्रतिबद्धता गर्ने कार्यमा सार्वजनिक सुनुवाइले सहयोग गरेको वडा नम्बर १२ का अध्यक्ष ढकालले बताए ।
कार्यक्रममा वडा सदस्यहरु देवीकुमारी ढकाल, दिलिप दाहाल, गणेश फुयाल, प्रमिला अछामी, वडा सचिव तीर्थकुमारी सुवेदी इन्द्रपुर स्वास्थ्य चौकीका इञ्चार्ज लीलामणि दाहाल, इञ्जिनियर वीरेन्द्र नेयोहाङ, प्राविधिक रोष्नी कार्की अतिथि रहेका थिए ।
सुकुना टोल विकास संस्थाका अध्यक्ष ओम खतिवडा, सिद्धेश्वर टोल विकास संस्थाका अध्यक्ष डिल्लीरमण घिमिरे, संगम टोल विकास संस्थाका अध्यक्ष माधव दाहाल, शुक्रबारे टोल विकास संस्थाका अध्यक्ष टीका सुवेदी, खोर्साने टोल विकास संस्थाका अध्यक्ष केदार लुइँटेल लगायत कार्यक्रममा उपस्थित थिए ।
इलाका प्रहरी कार्यालयका प्रतिनिधि, वडावासी तथा सञ्चारकर्मी सहभागी भएको कार्यक्रममा उपस्थित सहभागीलाई मास्क पनि वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिका सचिव ज्ञाननाथ ढकालले गरेका थिए ।

Facebook Comment
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login