Connect with us
Advertisement

लोपोन्मुख बाजाको संरक्षण र व्यावसायिक प्रबर्द्धनमा अग्रसर बेलबारी

Published

on

बेलबारीः मोरङको बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजको संरक्षण सँगै व्यावसायिक प्रबर्द्धनमा जोड दिन शुरु गरेको छ । विभिन्न शुभकार्यमा शुभसाइतका रुपमा लिइने नौमती बाजालाई लोप हुन नदिनका लागि नगरपालिकाले वाद्यवादनका सामग्री किनेर पञ्चेवाजा संरक्षण समिति बेलबारी ११ लाई हस्तान्तरण गरेको छ ।

बुधबार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले पञ्चेबाजा संरक्षण समितिलाई हस्तान्तरण गरेका हुन् । बाजा सञ्चालनका माध्यमबाट रोजगारीको सिर्जना गर्ने र युवा पुस्तालाई नौमती बाजा बजाउन प्रोत्साहन गर्ने उद्देश्यले नौमती बाजा र पोशाक हस्तान्तरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

नौमती बाजाको संरक्षणबाट नगरमा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास समेत लिएको नगर प्रमुख सुवेदीको भनाइ छ । नेपाली कला, संस्कृति तथा प्राकृतिक दृश्य हेर्नका लागि बाह्य पर्यटकलार्ई तान्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले समितिलाई दुई वटा नरसिंहा, दुई वटा सनाही, दुईवटा दमाहा, एउटा ढोलकी, एउटा ट्याम्को र एउटा झ्यालीका साथै बाजा बजाउनेहरुलाई एकएक थान पोशाक वितरण गरेको छ ।

पञ्चेबाजा संरक्षण समितिले भने लोप हुँदै गएको संस्कार र संस्कृतिको संरक्षणसँगै व्यावसायिक योजना बनाएर जाने बताएको छ । यसअघि परियार सेवा समाज बेलबारीलाई नगरपालिकाले नौमती बाजा दिएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनसरी–१ मा हर्क साम्पाङ विजयी

Published

on

प्रतिनिधिसभा सदस्य चुनावमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी हुनुभएको छ ।

साम्पाङ ८ हजार ४९२ मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साम्पाङले ३५ हजार ७४१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा एमालेका टीकाराम लिम्बुले ६ हजार ४६३ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गर्नुभएको छ ।

Continue Reading

Banner

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी

Published

on

प्रतिनिधिसभा सदस्य चुनावमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई ७ हजार ७ सय ७६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । नेम्बाङ २२ हजार ४ सय २६ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६ सय ५० मत प्राप्त गर्नुभयो ।

यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४ सय मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८ सय १४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो ।

प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय २० मतान्तरले पराजित गर्नुभएको थियो । नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरी निर्वाचित हुँदा खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।

आचार्यको भने यो दोस्रो पराजय हो । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा आचार्य सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङसँग २ हजार १ सय २ मतले पराजित हुनुभएको थियो ।

यही फागुन २१ गते भएको निर्वाचनमा यो क्षेत्रमा कुल १ लाख १९ हजार ४ सय ८९ मतदातामध्ये ६७ हजार ६ सय ६४ मत खसेको थियो । यहाँ ३ हजार ८ सय ८३ मत बदर भएको छ । यहाँ विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ उम्मेदवार चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

Continue Reading

Banner

चितवन–३ मा साेविता गाैतम फराकिलाे मतान्तरले विजयी

Published

on

प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की साेविता गाैतम ३८ हजार ६६२ मतान्तरले विजयी हुनुभएकाे छ । निर्वाचन आयाेगका अनुसार गाैतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभएकाे छ ।

साेविता गाैतम प्रतिनिधिसभा चुनाव इतिहासमा सबैभन्दा मत ल्याएर विजयी हुनुभएकाे हाे । यसअघि २०७४ सालको चुनावमा झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५७ हजार १३९ मत ल्याएर विजयी हुनुभएकाे थियाे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक