प्रदेश नं. १
प्रहरी कर्मचारी तथा प्रहरी परिवारका लागि फूलखेती तालीम शुरु

विराटनगरः १ नं. प्रदेश प्रहरी श्रीमती संघको सक्रियतामा अवकाशप्राप्त तथा बहालवाला प्रहरी कर्मचारीहरुका साथै प्रहरी परिवारका लागि फूलखेती तालीम शुरु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा सम्पन्न सो तालीमको प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले उद्घाटन गरिन् ।
उदघाटन् कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले स्वरोजगारीको माध्यमबाट आत्मनिर्भर बनाउन तालीमको आयोजना गरिएको बताइन् । प्रहरी कार्यालयहरुमा फूल तथा बिरुवाहरु स्याहारसुसार गर्ने जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीहरुलाई समेत तालीममा सहभागी गराइएको थियो ।
प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा सञ्चालन हुने सो ३ दिने तालीममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिति थियो ।
Banner
लागूऔषध र नियन्त्रित औषधीसहित पोलिक्लिनिकका सञ्चालक पक्राउ

उदयपुरः उदयपुरको बेलका नगरपालिका– १ आम्बासीमा रहेको बेलका मेडिलक पोलिक्लिनिक प्रा.लि. का सञ्चालक लागूऔषध र नियन्त्रित औषधीसहित पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरीले शुक्रबार राती ११ बजे सो क्लिनिकमा खानतलासी गर्ने क्रममा सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरी का २६ वर्षीय सुबोध यादवलाई पक्राउ गरेको हो ।
उनको साथबाट टर्माडोल हाइड्रोक्लोराइड १ सय ९८ ट्याब्लेट, डाइकोमाइन हाइड्रोक्लोराइड ५ सय १५ ट्याब्लेट, कोफट्याब डी ३ सय ५ ट्याब्लेट, टर्माडोल हाइड्रोक्लोराइड ओपिडोल १ हजार ५ सय २ ट्याब्लेट, प्रिगोट किट १० ट्याब्लेट, सिल्डेनाफिल ४ ट्याब्लेट, जन्ग्रा रेड १२ ट्याब्लेट प्रहरीले बरामद गरेको थियो ।
त्यस्तै, नगद १ लाख १७ हजार र मोबाइल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामानसहित सो क्लिनिकका सञ्चालक यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।
Banner
ट्याक्टरको ट्रलीबाट लडेर १ जनाको मृत्यु

उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका १ जोगीदहकी ४५ वर्षीया शारदा चौधरीको ट्याक्टरको ट्रलीबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार बिहान साढे १० बजे जंगलबाट घाँस काटी आउँदै गर्दा प्रदेश २–०१–००१ त ००८१ नम्बरको ट्याक्टरमा घाँस लोड गरी पछाडी ट्रलीमा बसेकी थिइन् ।
सोही क्रममा ट्याक्टरको ट्रलीबाट लडी गम्भीर घाइते भएकी उनको उपचारको लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Banner
धरान आउँदै गरेको बस र टिफर ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३७ जना घाइते

धरानः सुर्खेतबाट धरान आउँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट गइरहेको टिफर बाँकेको कोहलपुर– १३ रोहिणी खोलामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । हिजो साँझ भएको सो दुर्घटनामा बसमा सवार ३७ यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ का उदय बाठा र वडा नम्बर १३ का खगेन्द्र सुनार रहेका छन् । उनीहरु दुवै जना टिफरमा सवार थिए । उनीहरुमध्ये १ जना टिफर चालक हुन् ।
त्यस्तै, बसमा सवार सुर्खेतको साटाखानीका ४० वर्षीय जीवन बिक र झापाको मेचीनगर नगरपालिका–१० का बसधनी ४५ वर्षीय छत्र कटुवालको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अन्दाजी ३५ वर्षीय भारतीय महिलाको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा १ जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । सबै घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
-
अर्थ1 year ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद1 year ago
रंगशालाको अवलोकन
-
अर्थ11 months ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य1 year ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य1 year ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १1 year ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
मुख्य1 year ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
कला / साहित्य1 year ago
खोटाङ सेवा समाजद्वारा ‘नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान
You must be logged in to post a comment Login