Connect with us
Advertisement
Advertisement

राप्रपाको सुन्दरहरैंचा वडा नम्बर ९, १० र १२ को वडा परिषद् भेला सम्पन्न

Published

on

विराटचोकः राष्ट्रिय प्रजातन्त्र पार्टीले सुन्दरहरैंचाको वडा नम्बर ९, १० र १२ मा वडा परिषद् भेला सम्पन्न गरेको छ ।

सो भेलामा केन्द्रीय सदस्यत्रय अम्बिकाप्रसाद अधिकारी, उर्मिला अधिकारी र हीरालाल विश्वकर्मा उपस्थित थिए । कार्यक्रममा जिल्ला सदस्य मकरनन्द पराजुली, राजेन्द्र ढकाल, टेकबहादुर शाही, तिलमाया अधिकारी, मोरङको क्षेत्र नम्बर ३ का निर्वाचन संयोजक भरत पोख्रेल उपस्थित थिए ।

राप्रपा सुन्दरहरैंचा नगर समिति अध्यक्ष नेत्र घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा रनिमाया राईको अध्यक्षतामा १५ सदस्यीय वडा परिषद् गठन भएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

करेन्ट लागेर धनकुटाको महालक्ष्मी ४ चानुवामा ५ जना घाइते, २ जनाको अवस्था चिन्ताजनक

Published

on

विराटचोकः आज बिहान अकस्मात आएको हाइ भोल्टेजका कारण करेन्ट लागेर धनकुटाको महालक्ष्मी ४ चानुवामा ५ जना घाइते भएका छन् । उनीहरुमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

स्थानीय जगत पौडेलका अनुसार ५५ वर्षीय चन्द्र कार्कीको अवस्था चिन्ताजनक रहेको छ । त्यस्तै, बमकुमारी श्रेष्ठको अवस्था पनि चिन्ताजनक रहेको छ । घाइते हुने अन्यमा पदम श्रेष्ठ, सन्तोष जिमीका छोरा तथा निरौला थरकी एक किशोरी छिन् । उनीहरुलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताइएको छ ।

स्थानीयका अनुसार अस्ति साँझ आएको हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको थियो । आज बिहान अन्दाजी साढे ९ बजे बिजुली आउँदा सामान्य रुपमै आए पनि त्यसपछि हाइ भोल्टेज आउँदा धेरै जनालाई करेन्ट लागेको थियो ।

स्थानीयका अनुसार अन्य धेरै सामान्य घाइते भएका छन् । बत्ती नहुँदा मोबाइल अफ भएका कारण सबैतिर सम्पर्क हुन सकेको छैन ।

बाघखोरको ट्रान्सफरमरमा खराबी आउँदा समस्या आएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । कतिपय बिजुलीको पोल भएको ठाउँको जमिनमा धुवाँ देखिएको स्थानीयले बताए ।

बाघखोरको ट्रान्सफरमरमा भएको न्युट्रल तारले अन्य तारमा छुँदा हाइ भोल्टेज आएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

हाइ भोल्टेजका कारण धेरै जना सामान्य घाइते भएको अनुमान गरिएको छ । एउटा घरमा आगलागी समेत भएको तर तुरुन्तै निभाउँदा धेरै क्षति हुन नपाएको स्थानीयले फोन सम्पर्कमा बताए ।

घटनाको बारेमा जानकारी लिन वडाध्यक्ष र सुरक्षाकर्मीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Continue Reading

Banner

आज विराट गोल्डकपको फाइनल, उपाधिका लागि एपीएफ र पञ्जाब पुलिस भिड्दै

Published

on

फाइल तस्बिर

विराटनगरः विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल आज (शनिवार) हुँदैछ । शहीद रङ्गशालामा हुने फाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं र भारतको पुलिस क्लबबीच राती साढे ६ बजे प्रतिष्पर्धा हुने भएको छ ।

पन्जाब पुलिस पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ भने एपीएफ यो सिजनको तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ । एपीएफले विभागीय चिरप्रतिद्वन्दी नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

विराट गोल्डकपमा पहिलो पटक भाग लिएको पञ्जाबले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई २–०, गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको पूर्व विजेता टिम सङ्कटा क्लबलाई १–० हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

एपीएफ २०७० मा विराट गोल्डकपको फाइनलमा पुग्दा सङ्कटासँग १–० गोलले पराजित भएको थियो ।

एपीएफका प्रशिक्षक सुदिप श्रेष्ठले विराट गोल्डकपमा दोस्रो पटक फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् ।

नेपालमा पहिलो गोल्डकप खेल्न आएको पन्जाब भारतको लिग विजेता टिम हो । पञ्जाबका प्रशिक्षक हरनेक सिंहले नेपालकै प्रतिष्ठित गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए । पञ्जाबले ४–४–२ को रणनीतिमा खेल्ने उनले जानकारी दिए ।

प्रतियोगिता चैत २६ गते शुरु भएको हो ।

Continue Reading

Banner

लागूऔषध र नियन्त्रित औषधीसहित पोलिक्लिनिकका सञ्चालक पक्राउ

Published

on

उदयपुरः उदयपुरको बेलका नगरपालिका– १ आम्बासीमा रहेको बेलका मेडिलक पोलिक्लिनिक प्रा.लि. का सञ्चालक लागूऔषध र नियन्त्रित औषधीसहित पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले शुक्रबार राती ११ बजे सो क्लिनिकमा खानतलासी गर्ने क्रममा सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरी का २६ वर्षीय सुबोध यादवलाई पक्राउ गरेको हो ।

उनको साथबाट टर्माडोल हाइड्रोक्लोराइड १ सय ९८ ट्याब्लेट, डाइकोमाइन हाइड्रोक्लोराइड ५ सय १५ ट्याब्लेट, कोफट्याब डी ३ सय ५ ट्याब्लेट, टर्माडोल हाइड्रोक्लोराइड ओपिडोल १ हजार ५ सय २ ट्याब्लेट, प्रिगोट किट १० ट्याब्लेट, सिल्डेनाफिल ४ ट्याब्लेट, जन्ग्रा रेड १२ ट्याब्लेट प्रहरीले बरामद गरेको थियो ।

त्यस्तै, नगद १ लाख १७ हजार र मोबाइल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामानसहित सो क्लिनिकका सञ्चालक यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक