विश्व
पाकिस्तानमा कोरोना संक्रमितको संख्या ७ लाख
विराटचोकः पछिल्लो २४ घण्टामा ४ हजार ४ जना कोरोना संक्रमित थपिएसँगै पाकिस्तानमा कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार थप २ हजार ६ सय ३१ जना निको भएसँगै निको हुनेको संख्या ६ लाख २० हजार ७ सय ८९ जना पुगेको छ । ६४ हजार ३ सय ७३ जना आइसोलेसनमा रहेका छन् ।
थप १ सय २ जनाको मृत्युसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ हजार २६ जना पुगेको छ ।
७ लाखभन्दा बढी जनसंख्यामा कोरोना संक्रमण हुने देशको संख्या ३१ पुगेको छ ।
Facebook Comment
Banner
डा. सुनील शर्मा कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध
नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्मा मोरङको बेलबारी नगरपालिका–४ बाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएसँगै शर्माको १५औँ महाधिवेशन यात्रा औपचारिक रूपमा अघि बढेको छ। बेलबारी–४ बाट महाधिवेशनका लागि चयन हुने सबै प्रतिनिधि सर्वसम्मत भएका छन्। यसअघि पनि वडा तहमा प्रतिनिधि चयन सर्वसम्मत हुँदै आएको थियो।
स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सामाजिक सेवामार्फत सक्रिय रहँदै आएका शर्माले आर्थिक अभावका कारण उपचारबाट वञ्चित विपन्न तथा असहाय नागरिकलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएका छन्। उनले निःशुल्क उपचार तथा शल्यक्रिया, स्वास्थ्य शिविर सञ्चालन र विपन्न विद्यार्थीलाई शैक्षिक सहयोगलगायतका गतिविधि गर्दै आएका छन्।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व सम्हालेपछि पनि शर्माले स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित नागरिकलाई सहयोग गर्ने तथा अवसरबाट वञ्चित विद्यार्थीलाई शिक्षामा सहजीकरण गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाइएको छ।
स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्माले विभिन्न जिल्लामा मानवीय सेवासम्बन्धी गतिविधि सञ्चालन गर्दै आएका छन्।
क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएसँगै शर्मा अब कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियामा प्रतिनिधिका रूपमा सहभागी हुने भएका छन्।
Banner
इन्द्रपुर सहकारीको २६औँ साधारणसभा सम्पन्न, २७ करोड बढी पुँजी
मोरङको सुन्दरहरैँचा–९ स्थित इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
इन्द्रपुर जेसीजको भवनमा संस्थाका अध्यक्ष गोपालप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं रहनुभएको थियो।
साधारणसभामा अध्यक्ष पौडेलले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार संस्थाको कुल पुँजी २७ करोड २१ लाख ९ हजार ८२२ रुपैयाँ रहेको छ भने कुल सम्पत्ति २७ करोड २९ लाख ९ हजार ८२२ रुपैयाँ पुगेको छ।
कार्यक्रममा नगरप्रमुख गुरागाईंले सहकारीका सदस्यहरू संस्थाको गतिविधि, लगानी तथा आर्थिक अवस्थाबारे नियमित रूपमा सचेत र जागरुक हुनुपर्ने बताउनुभयो। केही सहकारीमा समस्या देखिनुको एउटा कारण सञ्चालकलाई मात्रै जिम्मेवार ठानेर सदस्यहरूले संस्थाका गतिविधिप्रति पर्याप्त चासो नदिनु पनि रहेको उहाँले बताउनुभयो।
इन्द्रपुर सहकारीका सदस्यहरूले संस्थाको लगानी कहाँ र कस्तो अवस्थामा रहेको छ भन्नेबारे समय–समयमा जानकारी लिनुपर्नेमा उहाँले जोड दिनुभयो।
साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदन अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८३/०८४ का लागि कार्यक्रम तथा बजेट पारित गरेको छ।
उत्कृष्ट विद्यार्थी तथा सदस्य सम्मानित
साधारणसभाका अवसरमा संस्थाले विभिन्न विधामा सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
इन्द्रपुर सहकारी छात्रवृत्ति कोषमार्फत २०८२ सालको प्लस टु परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयतर्फ उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको हो।
सामुदायिक विद्यालयतर्फ जेसिका सुवेदी र बद्री सुवेदी तथा संस्थागत विद्यालयतर्फ प्रज्वल रेग्मी र शर्मिला कार्की पुरस्कृत भएका छन्।
यस्तै, असल ऋणीका रूपमा कमला घिमिरे, गोविन्दबहादुर कार्की, शोभा इजम र रुद्रप्रसाद ढकाल तथा असल बचतकर्ताका रूपमा दिपा न्यौपाने, खेमराज श्रेष्ठ, उर्मिला चौहान र शिवप्रसाद सुवेदीलाई सम्मान गरिएको छ।
अनुशासित शेयर सदस्यका रूपमा शान्ता आचार्यलाई सम्मान गरिएको छ। ज्येष्ठ सदस्यतर्फ मोहनबहादुर भण्डारी, प्रेमप्रसाद काफ्ले, वीरबहादुर खलाल, भीमप्रसाद ढकाल र यममाया थापा सम्मानित भएका छन्।
त्यसैगरी कनिष्ठ सदस्यका रूपमा अपेक्षा तिम्सिना तथा उत्कृष्ट कर्मचारीका रूपमा सविता ढकाललाई सम्मान गरिएको संस्थाले जनाएको छ।
साधारणसभामा लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक गंगाराम फुँयलले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम संस्थाका सचिव सन्तोष वान्तवाले सञ्चालन गर्नुभएको थियो।
सुन्दरहरैँचाका अग्रणी सहकारी संस्थामध्ये रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारीले वित्तीय सेवा तथा सदस्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
Banner
जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा
एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।
सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login