Connect with us
Advertisement

मोहनकाजीले सामाजिक सञ्जालमार्फत् लीलाबल्लभलाई दिए बधाई

Published

on

विराटचोकः नेपाल पत्रकार महासंघको प्रदेश अध्यक्षमा पराजित भएका मोहनकाजीले प्रतिद्वन्द्वी लीलाबल्लभ घिमिरेलाई सामाजिक सञ्जालमार्फत् बधाई दिएका छन् ।

‘मित्र लिलाबल्लभ घिमिरेलाई प्रदेश नम्बर १ को नेपाल पत्रकार महासंघको गरिमामय अध्यक्ष पदमा विजयी हुनुभएकोमा हार्दिक बधाइ’, उनले लेखेका छन्, ‘अरू विजयी साथीहरूलाई पनि बधाई ।’

चुनावसम्म भिन्न समूह बनाएर हामीले उन्नत लोकतान्त्रिक अभ्यास गरे पनि अब हामी महासंघको छातामुनि बसेर हाम्रो पत्रकारितालाई राम्रो बनाउने साझा अभियानमा लाग्नुपर्ने उनले उल्लेख गरेका छन् ।

यस्तो छ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसः
मित्र लिलाबल्लभ घिमिरेलाई प्रदेश नम्बर १ को नेपाल पत्रकार महासंघको गरिमामय अध्यक्ष पदमा बिजयी हुनुभएकोमा हार्दिक बधाइ । अरू विजयी साथीहरूलाई पनि बधाइ ।

चुनावसम्म भिन्न समूह बनाएर हामीले उन्नत लोकतान्त्रिक अभ्यास गरेका थियौं । अब हामी महासंघको छातामुनि बसेर हाम्रो पत्रकारितालाई राम्रो बनाउने साझा अभियानमा लाग्नेछौं । तपाईंहरूको कार्यकाल नेपाली पत्रकारिताको इतिहासमा सुनौलो अक्षरले लेखियोस् ।

तपाईंको ओजपूर्ण नेतृत्वमा हाम्रो प्रदेशको पत्रकारिता उदाहरणीय बन्ने विश्वास व्यक्त गर्दछौं । समावेशी लोकतन्त्र तथा प्रेस स्वतन्त्रताको रक्षा, श्रम गरेर पनि उचित पारिश्रमिक नपाउने श्रमजीवी पत्रकारको पेशागत सुरक्षा, व्यावसायिक पत्रकारिताको विकास, स्थानीय विज्ञापनमा अग्राधिकार नपाउँदा ओइलाउँदै गरेका स्वरोजगारमूलक साना मिडियाको प्रबर्द्धन, संघीयताको मर्म अनुरूप समावेशी मिडियाको उत्थान लगायतका एजेन्डामा हामी सँधै साथमा रहनेछौं ।

महासंघलाई गरिखाने पत्रकारहरूको हक हितमा समर्पित संस्थाको रूपमा रूपान्तरण गर्न नेतृत्व प्रदान गर्ने मेरो सानो सपना थियो । आम पत्रकारहरूको मन जितेको अनुभूति गरेको छु । मत जित्न सकिन । प्रतिकूल परिस्थितिमा समेत गृहजिल्ला झापा, प्रिय इलाम र मेरो प्यारो ओखलढुङ्गासहित १४ जिल्लाबाट मलाई सम्मानजनक विश्वासको मत दिनुहुने सम्पूर्ण अग्रज तथा सहकर्मी पत्रकारहरूमा हृदय ओछ्याएर नमन गर्दछु ।

चुनावी लोकतान्त्रिक अभ्यासमा सहभागी सबै पत्रकार, निर्वाचन सफल बनाउन अहोरात्र खट्नुहुने निर्वाचन समिति, सुरक्षाकर्मी, स्वयमसेवीहरू, आम सञ्चारका माध्यमहरू, महासंघको प्रदेश तथा जिल्ला समिति लगायत सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दछु ।

मलाई अध्यक्ष पदको उम्मेदवार जस्तो गहन जिम्मेवारीयुक्त अवसर प्रदान गर्ने प्रेस चौतारी नेपाल र हाम्रो गठबन्धनका सहयात्रीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा

Published

on

एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।

सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।

जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।

Continue Reading

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक