समाचार
नेपाल पत्रकार महासंघ सुनसरीमा जनकऋषि राई विजयी
इटहरीः नेपाल पत्रकार महासंघ सुनसरीमा जनकऋषि राईको प्यानल विजयी भएको छ ।
प्रेस युनियन, प्रेस चौतारी (नेपाल समूह) र प्रेस सेन्टरको गठबन्धनका उम्मेद्वार राईले प्रेस चौतारीको ओली समूहका सन्तोष काफ्ले तथा प्रेस युनियनका बागी उम्मेद्वारहरु सचिन पोखरेल र सुविद गुरागाईंलाई पराजित गरेका हुन् ।
विजयी राईले १ सय २३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी वर्तमान कार्य समितिका उपाध्यक्ष रहेका काफ्लेले ६५ मत पाए । पोखरेलले ४५ र गुरागाईंले १० मत पाए ।
निर्वाचित राई महासंघको सुनसरी शाखाका पूर्व सचिव हुन् ।
उपाध्यक्षमा राईको प्यानलका गणेश निरौलाले १ सय ४२ मत पाएर विजयी भए ।
महिला उपाध्यक्षमा राईकै प्यानलकी उषाकिरण भट्टराई १ सय मत पाएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र रुपमा उम्मेद्वारी दिएकी मनिता चाम्लिङले ५३ मत प्राप्त गरिन् । महिला उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेद्वारी थियो । सन्तोष काफ्लेको प्यानलबाट उम्मेद्वारी दिएकी सन्जु राईले ४५ र स्वतन्त्र रुपमा उम्मेद्वारी दिएकी रञ्जना पौडेलले ४३ मत पाए ।

सचिव पदमा राईको प्यानलका धु्रव ढकाल विजयी भएका छन् । ढकालले १ सय ४८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी काफ्ले समूहबाट उम्मेद्वारी दिएका दिनेश गजमेरले ६४ मत पाए । सचिव पदमा स्वतन्त्र उम्मेद्वारी दिएका भरतराज शर्मा (गोपाल कामत) ले ३१ मत पाए ।
खुला सहसचिवमा तीर्थ काकी र विकल रेग्मीले समान १ सय १५ मत पाएका छन् । सह–सचिव समावेशीमा भोला श्रेष्ठले १ सय ४२ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा अजित झा १ सय ३१ मत ल्याएर विजयी भएका छन् ।
सदस्यहरुमा संगम विष्ट, सुस्मिता राई, विबेक रेग्मी, दिपेन्द्र कुमार यादव, निश्चल शर्मा, विरेन्द्र शाह, शान्ता निरौला, शुक्रान्त राई, देबिका चाम्लिङ, पारस चाम्लिङ, महममद मिकाइल, सुविन विश्वकर्मा, आरबी कटुवाल विजयी भएका छन् । उनीहरु सबै राई प्यानलका उम्मेद्वार हुन् ।
सदस्यमध्ये महम्मद मिकाइल, देविका चाम्लिङ, सुबिन विश्वकर्मा र पारस राई निर्विरोध निर्वाचित भएका हुन् ।
सुनसरीका २ सय ६२ मतदाता मध्ये २ सय ४८ जनाले मतदान गरेका थिए ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login