खेलकुद
विराट गोल्ड कपमा पञ्जाब पुलिस क्लब क्वाटरफाइनलमा

विराटनगरः विराटनगरको शहीद रंगशालामा जारी विराट गोल्डकप अन्तर्गत शुक्रबार भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई टाइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
खेलको निर्धारित समय र थप गरिएको ३० मिनेटमा पनि दुवै पक्षको १–१ गोलको बराबरी भएपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको थियो ।
टाइब्रेकरमा भारतको तर्फबाट सर्वजीत सिंह, जितेन्द्र सिंह, बलजीत सिंह र हरिदेव सिंहले गोल गरेका थिए । रुपन्देहीका शक्ति राई र सौरभ श्रेष्ठले मात्र गोल गरेका थिए । खेलको म्याद अफ द म्याच भारतका गोल रक्षक सतवीर सिंह घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो हाफदेखि आक्रामक भएको रुपन्देहीले खेलको ८० औं मिनेटमा शक्ति राईको गोलले अग्रता लिएको थियो । खेलको उत्तराद्र्धमा गोल भएपछि दबाबमा परेको भारतले खेलको अन्तिम समय ९० औँ मिनेटमा गोल गरी खेललाई बराबरीमा रोकेको थियो । ९० औं मिनेटमा भारतका जितेन्द्र सिंहले हेडमार्फत गोल गरेका थिए ।
आजको खेल विराटनगर महानगरपालिका ११ र युनाइटेड फुटबल क्लब पश्चिम बंगालबीच हुनेछ ।
यसअघि विराटनर ११ ले उद्घाटन खेलमा पाहुना टोली भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई २–१ गोलले हराएको थियो ।
Banner
पूर्वाञ्चल विश्वविद्यालय बन्द निषेधित क्षेत्र घोषणा गर्न सबै दल तयार,

गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा कुनै पनि बहानामा बन्द हुन नदिन सुन्दरहरैंचाका राजनीतिक दलहरू सहमत भएका छन् । विश्वविद्यालयलाई बन्द निषेधित क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाउँदै आज सर्वदलीय प्रतिबद्धतासहितको १० बुँदे सुझाव तथा ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई बुझाइएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई ज्ञापनपत्र बुझाउँदै एम.बि.बि.एस. कार्यक्रम सञ्चालनको तयारी, गोठगाउँ परिसरको प्रभावकारी प्रयोग, ८०५ विघा विश्वविद्यालयको भोगाधिकार प्राप्त जमिनको समुचित विकास लगायतका सुझावहरू राखिएको छ ।
ज्ञापनपत्रमा उल्लेख गरिएका प्रमुख बुँदाहरूमा विश्वविद्यालयको आफ्नै मेडिकल कलेज स्थापनासँगै एम.बि.बि.एस. कार्यक्रम शुरु गर्नका लागि स्पष्ट कार्ययोजना माग गरिएको छ । साथै विश्वविद्यालय परिसरको शैक्षिक, प्राज्ञिक र भौतिक संरचनालाई दीर्घकालीन दृष्टिकोणमा प्रयोग गर्न, केन्द्रीय कार्यालयहरू स्थायी रूपमा गोठगाउँमा स्थानान्तरण गर्न र संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरण गर्न माग गरिएको छ ।
स्थानीय स्तरमा शैक्षिक वातावरण प्रवद्र्धन गर्न र विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन पूर्वाधार विकासका साथै शान्ति क्षेत्र घोषणा समेत गर्न आग्रह गरिएको छ ।
सर्वदलीय ज्ञापनपत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी, जसपा लगायत दलका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ । कार्यक्रमको संयोजन नेपाली कांग्रेस सुन्दरहरैँचाका सभापति भक्तिप्रसाद सिटौलाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस सुन्दरहरैंचाका सचिव होमनाथ पोखरेलले गर्नुभएको थियो ।
ज्ञापनपत्र बुझाएपछि स्वतन्त्र नागरिक समाजका साथै विभिन्न दलका प्रतिनिधिले आफ्नो भनाइ राख्नुभएको थियो ।
ज्ञापनपत्र बुझ्दै उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाले आफूले हालसम्म गरेका र आगामी दिनमा गर्ने कार्यको बारेमा जानकारी गराउनुका साथै ज्ञापनपत्रमा समेटिएका बुँदा कार्यान्वयन गर्न विश्वविद्यालय तयार रहेको बताउनुभएको थियो ।
Banner
बर्खास्तीमा परे ऊर्जा राज्यमन्त्री तामाङ

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् ।
स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन्
Banner
शिक्षामन्त्रीमा रघुजी पन्त

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।
गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: वेस्ट बंगाललाई हराउँदै विराटनगर ११ सेमीफाइनलमा - निष्पक्षखबर