Connect with us
Advertisement

पत्रकार महासंघमा पोखरेलको प्यानल विजयी

Published

on

काठमाडौंः नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका विपुल पोख्रेलको प्यानल विजयी भएको छ । पोखरेलले प्रेस चौतारी नेपाल (ओली पक्षधर) बाट उम्मेद्वार बनेकी बनेकी निर्मला शर्मालाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

पोख्रेलले ५ हजार ८ सय ७७ मत ल्याउँदा शर्माले ३ हजार ३ सय २६ मत पाएकी छिन् । ५१ सदस्यीय केन्द्रीय समितिमा ३ जना सदस्यबाहेक बाँकी पदाधिकारी र सदस्यहरू पोख्रेल प्यानलबाट निर्वाचित भएका छन् । तीन सदस्यीय लेखासमितिमा पनि पोख्रेलको प्यानलले नै जीत दर्ता गराएको छ ।

केन्द्रीय सदस्यमा प्रेस चौतारीबाट एक, जनता समाजवादी पार्टी निकट एक र स्वतन्त्र एक जना निर्वाचित भए ।

वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट ५ हजार ६ सय १० मतसाथ निर्वाचित हुँदा माधव नेपालले ३ हजार २ सय २५ मत ल्याए ।

महिला उपाध्यक्षमा बाला अधिकारी र समावेशी उपाध्यक्षमा उदय जीएम निर्वाचित भए । महासचिवमा रोशन पुरी निर्वाचित भएका छन् ।

खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं निर्वाचित हुँदा महिला सचिवमा सृजना अर्याल, आदिवासी सचिवमा नारायणसुन्दर किलम्बू, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक, एसोसिएट सचिवमा पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल विजयी भएका छन् ।

लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने र लेखा सदस्यमा मुकुन्दप्रसाद भण्डारी र देवी सापकोटा निर्वाचित भएका छन् ।

निर्वाचनमा कांग्रेसनिकट नेपाल प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस संगठन र नेकपा एमाले माधवकुमार नेपाल पक्षधर प्रेस चौतारीको चुनावी तालमेल थियो । खुला सचिव चौलागाईं र दलित सचिव बिक नेपाल निकट पत्रकार हुन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज पनि पानी पर्ने सम्भावना

Published

on

काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगमा हिजो बेलुकी र राति हावाहुरीसहित पानी परेको छ । चितवन, गोरखा र उदयपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गोरखा, लमजुङ, इलाम, झापा, सिन्धुपाल्चोक र नुवाकोटमा पनि मध्यम वर्षा भएको छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली र वर्षा भएको हो ।

आज पनि कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Continue Reading

Banner

झापामा रुखले किचेर किशोरीको मृत्यु

Published

on

गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले किचेको हो ।

Continue Reading

Banner

पोखराका पूर्वमेयर कृष्ण थापाको बसेकै स्थानमा हृदयाघात भएर निधन

Published

on

पोखरा महानगरका पूर्व मेयर कृष्ण थापाको ६५ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले जानकारी दिए। प्रतिनिधिसभा निर्वाचनको कास्की क्षेत्र नम्बर १ को समीक्षा बैठक सकिएपछि कुर्सीमा बस्दाबस्दै थापालाई हृदयाघात भएको हो। हृदयाघात भएको केही मिनेटमै पोखराकै मणिपाल शिक्षण अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनी नेकपा एमालेका कास्की इन्चार्ज तथा केन्द्रीय सदस्य थिए। २०५४ सालमा भएको स्थानीय निर्वाचनमा पोखराको मेयर निर्वाचित थापा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए भने २०७८ को निर्वाचनमा पनि उनी पोखरा महानगरको मेयरका उम्मेदवार थिए। यसपटक प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट थापाले टिकट पाए पनि टिकट खोसेर अर्का केन्द्रीय सदस्य रश्मी आचार्यलाई दिएपछि उनी पार्टी नेतृत्वसँग रूष्ट थिए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक