Connect with us
Advertisement

सुन्दरहरैंचाको पहिलो पुस्तकालयले मनायो स्वर्ण महोत्सव, पुस्तकालयको महत्व घट्दै गएकोमा चिन्ता

Published

on

विराटचोकः स्थापनाको हिसाबले मोरङको दोस्रो तथा सुन्दरहरैंचको पहिलो पुस्तकालय भानु साझा पुस्तकालयले स्वर्ण महोत्सव मनाएको छ । आज भएको महोत्सवमा बोल्ने अधिकांश वक्ताले पुस्तकालयको महत्व घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।

२०२७ सालमा स्थापित सो पुस्तकालयको स्वर्ण महोत्सवलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले सुन्दरहरैंचा क्षेत्रमा राजनीतिक चेतना फैलाउन भानु पुस्तकालयले मद्दत गरेको बताए । आवश्यक परेको खण्डमा उपभोक्ताको शून्य लागतमा साझेदारी गरी भवन निर्माणमा सहयोग गर्न नगरपालिका तयार रहेको उनले बताए ।

इलाइब्रेरीको लागि ५ वटा कम्प्युटर नगरपालिकाले दिने पनि उनले बताए । पुस्तकालय रहेको तीनपैनी बजारलाई व्यवस्थित गर्न अघिल्लो आर्थिक वर्षमा बजेट विनियोजन भए पनि फ्रिज हुनु दुःखद भएको उनको भनाइ थियो । आपसी खिचातानीले गर्दा सो पैसा फिर्ता गएको यथार्थ भुल्न नहुने उनले बताए । पुस्तकालयले प्रकाशन गर्न लागेको स्मारिकाको छपाइ खर्च पनि नगरपालिकाले सहयोग गर्ने उनले जानकारी दिए ।

विशेष अतिथिको आसनबाट सम्बोधन गर्दै उपमेयर धनमाया तामाङले जिल्लाकै दोस्रो पुरानो पुस्तकालयको अभिलेखीकरण गर्नुपर्ने बताइन् । पहिले जनमानसमा चेतना फैलाउन सफल यो पुस्तकालयले भावी पिढीले सम्झनलायक काम गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै पूर्व सञ्चालक सचिव खगेन्द्र सिग्देलले पुस्तकालयको योगदान समाज परिवर्तनमा महत्वपूर्ण रुपमा रहने गरेको उल्लेख गरे । यो पुस्तकालय आफ्नो पनि सिक्ने थलो भएको बताउँदै पुस्तकालय स्थापना गर्ने कतिपयको नाम अहिले ओझेलमा परेको बताए । पुस्तकालयले भवनमात्रै थप्नुको साटो पुस्तक पनि थप्न उनले सुझाव दिए ।

पुस्तकालय सञ्चालन समितिका पूर्व उपसभापति चन्द्रमणि गुरागाईंले यो पुस्तकालय कुनै विचारधारा विशेषलाई महत्व दिने व्यक्तिद्वारा सञ्चालित छ भनेर गलत प्रचार हुने गरेको विगतलाई स्मरण गरे ।

पूर्व उपसभापति नारायणप्रसाद श्रेष्ठले विज्ञहरुको सल्लाह र सुझाव लिएर कार्यसमिति अघि बढ्नुपर्ने बताए ।

पुस्तकालय सञ्चालन समितिका सल्लाहकार ज्ञानेन्द्र ओझाले पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाउन विराटनगरदेखिका साहित्यकार भानु साझा पुस्तकालयमा आउने गरेका हुनाले यसको गरिमा कस्तो थियो भन्ने प्रष्ट हुने बताए ।

पूर्व सभापति वीरेश राईले तत्कालीन अवस्थाको पुस्तकालयको दयनीय अवस्थाको चित्रण गरे । पुस्तक राख्ने स्थानको अभाव भएपछि काठको दराजमा राखिएका पुस्तक पनि धमिराले खाएको उनले बताए । झण्डै ४ वर्ष पुस्तकालय बन्द गर्नुपर्दा धेरै पुस्तक धमिराले खाएको र ती पुस्तकलाई मुचुल्का उठाएर नष्ट गर्नुपरेको तीतो यथार्थ रहेको उनले बताए । भवन शिलान्यास गर्न कोही नआएपछि आफैँले भवन उद्घाटन गर्नुपरेको पनि उनले सुनाए ।

वडा नम्बर ६ का अध्यक्ष जीवन राईले पुस्तकालयलाई ईलाइब्रेरी सञ्चालनको लागि ३ वटा कम्प्युटर सहयोग गरेको बताए । सांसद विकास कोषबाट प्राप्त २० लाख रुपैयाँ खर्च गरेर माथिल्लो तला थप्ने तयारी भएको उनले बताए ।

वडा नम्बर ५ का अध्यक्ष रामप्रसाद रिजालले तीनपैनी बजार र पुस्तकालयलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । आफ्नो राजनीतिक पृष्ठभूमि पनि सो पुस्तकालयसँग जोडिएको उनले खुलाए ।

कार्यक्रममा साहित्यकार मनु मञ्जिल, विवेक विवश रेग्मी, प्रदीप लम्साल, गायत्री लम्साल, बालकृष्ण सिग्देल, टेकबहादुर मोक्तान, सुमन सुब्बा, श्याम भट्टराई, नवराज मैनालीलगायतले कार्यक्रममा गीत तथा कविता वाचन गरेका थिए ।

कार्यक्रममा पूर्व सञ्चालकहरुलाई सम्मान गरिएको थियो । संस्थापक सचिव तथा पूर्व सभापति रामचन्द्र लिम्बू, संस्थापक उपसभापति धरणीधर गुरागाईं, संस्थापक कोषाध्यक्ष भरत राई, पूर्व सभापति कृष्णप्रसाद दाहाल, सुरेश राई, लक्ष्मीप्रसाद आचार्य र हर्कबहादुर लिम्बूलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

त्यस्तै, पूर्व सभापति नारायणप्रसाद दाहाल, नूतनदेव गौतम र वीरेश राईलाई पनि कार्यक्रममा दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

पुस्तकालय सञ्चालक समितिका अध्यक्ष पुरन राईले पुस्तकालयमा पुस्तक अभाव भएको हुनाले देशविदेशमा पुस्तक संकलनको लागि अनुरोध गरिएको बताए ।

समितिका साहित्यिक सचिव गीताप्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा

Published

on

एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।

सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।

जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।

Continue Reading

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक