कोशी प्रदेश
सुन्दरहरैंचाको पहिलो पुस्तकालयले मनायो स्वर्ण महोत्सव, पुस्तकालयको महत्व घट्दै गएकोमा चिन्ता
विराटचोकः स्थापनाको हिसाबले मोरङको दोस्रो तथा सुन्दरहरैंचको पहिलो पुस्तकालय भानु साझा पुस्तकालयले स्वर्ण महोत्सव मनाएको छ । आज भएको महोत्सवमा बोल्ने अधिकांश वक्ताले पुस्तकालयको महत्व घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।
२०२७ सालमा स्थापित सो पुस्तकालयको स्वर्ण महोत्सवलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले सुन्दरहरैंचा क्षेत्रमा राजनीतिक चेतना फैलाउन भानु पुस्तकालयले मद्दत गरेको बताए । आवश्यक परेको खण्डमा उपभोक्ताको शून्य लागतमा साझेदारी गरी भवन निर्माणमा सहयोग गर्न नगरपालिका तयार रहेको उनले बताए ।

इलाइब्रेरीको लागि ५ वटा कम्प्युटर नगरपालिकाले दिने पनि उनले बताए । पुस्तकालय रहेको तीनपैनी बजारलाई व्यवस्थित गर्न अघिल्लो आर्थिक वर्षमा बजेट विनियोजन भए पनि फ्रिज हुनु दुःखद भएको उनको भनाइ थियो । आपसी खिचातानीले गर्दा सो पैसा फिर्ता गएको यथार्थ भुल्न नहुने उनले बताए । पुस्तकालयले प्रकाशन गर्न लागेको स्मारिकाको छपाइ खर्च पनि नगरपालिकाले सहयोग गर्ने उनले जानकारी दिए ।
विशेष अतिथिको आसनबाट सम्बोधन गर्दै उपमेयर धनमाया तामाङले जिल्लाकै दोस्रो पुरानो पुस्तकालयको अभिलेखीकरण गर्नुपर्ने बताइन् । पहिले जनमानसमा चेतना फैलाउन सफल यो पुस्तकालयले भावी पिढीले सम्झनलायक काम गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै पूर्व सञ्चालक सचिव खगेन्द्र सिग्देलले पुस्तकालयको योगदान समाज परिवर्तनमा महत्वपूर्ण रुपमा रहने गरेको उल्लेख गरे । यो पुस्तकालय आफ्नो पनि सिक्ने थलो भएको बताउँदै पुस्तकालय स्थापना गर्ने कतिपयको नाम अहिले ओझेलमा परेको बताए । पुस्तकालयले भवनमात्रै थप्नुको साटो पुस्तक पनि थप्न उनले सुझाव दिए ।
पुस्तकालय सञ्चालन समितिका पूर्व उपसभापति चन्द्रमणि गुरागाईंले यो पुस्तकालय कुनै विचारधारा विशेषलाई महत्व दिने व्यक्तिद्वारा सञ्चालित छ भनेर गलत प्रचार हुने गरेको विगतलाई स्मरण गरे ।
पूर्व उपसभापति नारायणप्रसाद श्रेष्ठले विज्ञहरुको सल्लाह र सुझाव लिएर कार्यसमिति अघि बढ्नुपर्ने बताए ।
पुस्तकालय सञ्चालन समितिका सल्लाहकार ज्ञानेन्द्र ओझाले पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाउन विराटनगरदेखिका साहित्यकार भानु साझा पुस्तकालयमा आउने गरेका हुनाले यसको गरिमा कस्तो थियो भन्ने प्रष्ट हुने बताए ।

पूर्व सभापति वीरेश राईले तत्कालीन अवस्थाको पुस्तकालयको दयनीय अवस्थाको चित्रण गरे । पुस्तक राख्ने स्थानको अभाव भएपछि काठको दराजमा राखिएका पुस्तक पनि धमिराले खाएको उनले बताए । झण्डै ४ वर्ष पुस्तकालय बन्द गर्नुपर्दा धेरै पुस्तक धमिराले खाएको र ती पुस्तकलाई मुचुल्का उठाएर नष्ट गर्नुपरेको तीतो यथार्थ रहेको उनले बताए । भवन शिलान्यास गर्न कोही नआएपछि आफैँले भवन उद्घाटन गर्नुपरेको पनि उनले सुनाए ।
वडा नम्बर ६ का अध्यक्ष जीवन राईले पुस्तकालयलाई ईलाइब्रेरी सञ्चालनको लागि ३ वटा कम्प्युटर सहयोग गरेको बताए । सांसद विकास कोषबाट प्राप्त २० लाख रुपैयाँ खर्च गरेर माथिल्लो तला थप्ने तयारी भएको उनले बताए ।
वडा नम्बर ५ का अध्यक्ष रामप्रसाद रिजालले तीनपैनी बजार र पुस्तकालयलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । आफ्नो राजनीतिक पृष्ठभूमि पनि सो पुस्तकालयसँग जोडिएको उनले खुलाए ।

कार्यक्रममा साहित्यकार मनु मञ्जिल, विवेक विवश रेग्मी, प्रदीप लम्साल, गायत्री लम्साल, बालकृष्ण सिग्देल, टेकबहादुर मोक्तान, सुमन सुब्बा, श्याम भट्टराई, नवराज मैनालीलगायतले कार्यक्रममा गीत तथा कविता वाचन गरेका थिए ।
कार्यक्रममा पूर्व सञ्चालकहरुलाई सम्मान गरिएको थियो । संस्थापक सचिव तथा पूर्व सभापति रामचन्द्र लिम्बू, संस्थापक उपसभापति धरणीधर गुरागाईं, संस्थापक कोषाध्यक्ष भरत राई, पूर्व सभापति कृष्णप्रसाद दाहाल, सुरेश राई, लक्ष्मीप्रसाद आचार्य र हर्कबहादुर लिम्बूलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
त्यस्तै, पूर्व सभापति नारायणप्रसाद दाहाल, नूतनदेव गौतम र वीरेश राईलाई पनि कार्यक्रममा दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
पुस्तकालय सञ्चालक समितिका अध्यक्ष पुरन राईले पुस्तकालयमा पुस्तक अभाव भएको हुनाले देशविदेशमा पुस्तक संकलनको लागि अनुरोध गरिएको बताए ।
समितिका साहित्यिक सचिव गीताप्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login