कोशी प्रदेश
भीरबाट लडेर मृत्यु

उदयपुरः उदयपुरको कटारी नगरपालिका– ११ चिलाउनेका ४२ वर्षीय हर्कबहादुर तामाङको भीरबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो साढे ११ बजे बेतेनीबाट घर फर्किने क्रममा घर भन्दा माथि रहेको भीरबाट उनी अन्दाजी ५ सय मिटर तल खसेका थिए ।
उनको घटनास्थलमै मृत्यु भएको जानकारी पाएलगत्तै प्रहरी चौकी बेतेनीबाट प्रहरी टोली खटिई गई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
Facebook Comment
Banner
बर्खास्तीमा परे ऊर्जा राज्यमन्त्री तामाङ

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् ।
स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन्
Banner
शिक्षामन्त्रीमा रघुजी पन्त

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।
गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ ।
Banner
चर्को घाममा छाता ओढेर आन्दोलनमा शिक्षकहरू (तस्वीरहरू)

शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखी प्रदर्शनमा उत्रिएका शिक्षकहरूले बुधबार २२औँ दिन पनि आन्दोलन जारी राखेका छन् । देशभरका शिक्षकहरू काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीहरूले बुधबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको पाँचवटा लेन सडक कब्जामा लिएर प्रदर्शन गरिरहेका छन् । चर्को घाममा शिक्षकहरू छाता ओढेर प्रदर्शनमा छन् ।
यसअघि छवटै लेन कब्जामा लिने गरेका प्रदर्शनकारीहरूले बुधबार भने एक लेन खुला राखेका छन् । छवटै लेन कब्जा हुँदा सर्वसाधारण मर्कामा परेपछि एक लेन खुला गरिएको हो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login