Connect with us
Advertisement

पूर्वाञ्चल विश्वविद्यालयको बेथिति रोक्न कर्मचारीको ३ दिने अल्टिमेटम

Published

on

फाइल तस्बिर

विराटचोकः मोरङको सुन्दरहरैंचाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय गम्भीर आर्थिक एवं प्रशासनिक संकटतर्फ गइरहेको भन्दै विश्वविद्यालयको बेथिति रोक्न कर्मचारीले विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै समस्या समाधानको माग राखेर उपकुलपति डा. यादवराज कोइरालाको ध्यानाकर्षण गराएको हो । मनोमानी रूपमा अघि बढ्ने प्रवृत्ति हाबी हुँदा विश्वविद्यालयको शाख गिर्दै गएको विज्ञप्तिमा उल्लेख छ ।

संघका सभापति राजकुमार सापकोटाका अनुसार महामारीका कारण विश्वविद्यालय ठप्प हुँदा परीक्षा तथा सम्बन्धन शुल्कबाट प्राप्त हुने आम्दानी ५० प्रतिशतले घटेको छ । विश्वविद्यालयमा व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कला र शिक्षाशास्त्र गरेर सात वटा संकायमा ६० शैक्षिक कार्यक्रम सञ्चालित छन् । कोरोना महामारीका कारण परीक्षा, पठनपाठन लगायत सबै शैक्षिक गतिविधि ठप्प हुँदा नियमित रूपमा प्राप्त हुने परीक्षा शुल्क र क्याम्पसहरुको सम्बन्धन शुल्क घटिरहेको छ ।

चिकित्साशास्त्र संकायअन्तर्गतका चारवटा शैक्षिक कार्यक्रममा चिकित्सा शिक्षा आयोगले सम्बन्धन प्राप्त १६ वटा क्याम्पसलाई विद्यार्थी भर्नामा रोक लगाएको तथा स्वीकृत कोटासमेत ४० प्रतिशत कटौती भएको सापकोटाले बताए । विश्वविद्यालयलाई मजवुत एवं सक्षम बनाउनेतर्फ र विद्यार्थीको सिकाई र शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउनतर्फ ध्यान नदिई अनावश्यक नियुक्तितिर मात्रै ध्यान दिइएको सापकोटाको आरोप छ ।

नियममावली तथा सांगठानिक संरचनामा समेत व्यवस्था नभएको पद सिर्जना गर्दै नियुक्ति गर्दा विश्वविद्यालयमा आर्थिक भार थपिँदै गएको संघले जनाएको छ । परीक्षा विनियमावली संशोधन र मोरङको गोठगाउँमा सञ्ंचालन गरिएको शिक्षण अस्पताललाई व्यवस्थित बनाउने विषय प्राथमिकतामा नपरिरहेका बेला नयाँ सम्बन्धन खुला गरिनु एवं कोटा तथा नयाँ शैक्षिक कार्यक्रम थपका लागि प्रक्रिया अघि बढाइनुमा विश्वविद्यालयको बदनियत देखिएको विज्ञप्तिमा उल्लेख छ ।

प्राज्ञिक तथा प्रशासनिक उन्नयनका लागि विभिन्न समयमा राखेका मागलाई बेवास्ता गर्दै एकलौटी रूपमा विश्वविद्यालय सञ्चालन गर्न खोजिएको र यस्ता गतिविधिले सम्बन्धित पदाधिकारीको अभिलाषा पूरा भए पनि विश्वविद्यालयको दीर्घकालीन उन्नयनमा असर पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

जथाभावी पदाधिकारी एवं कर्मचारीको नियुक्ति, भौतिक तथा विलासी जीवनशैली अपनाएर गरिएको स्रोत साधनको दुरूपयोग र आवश्यकतालाई पर पारेर फरक ढंगले हिँडनेजस्ता कार्य विश्वविद्यालयमा तत्काल बन्द हुनुपर्ने माग राखेको संघले वार्ताका माध्यमबाट माग पूरा र समस्याको समाधान नभए खरो रूपमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ ।

 

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक