Connect with us
Advertisement

पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालन गराउन झक्झक्याउँदै सुन्दरहरैंचा

Published

on

विराटचोकः पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा एमबीबीएस कक्षा सञ्चालन गर्नुपर्ने भन्दै बिहीबार मोरङको सुन्दरहरैंचा नगरपालिकाले उपकुलपति डा. यादवराज कोइरालाको ध्यानाकर्षण गराएको छ ।

नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत डा.कृष्णबहादुर घिमिरे, कार्यपालिका सदस्य तारा घिमिरेलगायत विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा पुगेर मेडिकल कलेज सञ्चालन हुनुपर्ने माग गरेको हो । यसका साथै अस्पतालमा बिरामीले दुःख पाइरहेको, डक्टरहरु नबस्ने समस्या आइरहेकाले यसको यथाशीघ्र समाधान गर्नुपर्ने भनी मेगर ढकालले अस्पतालको ध्याकर्षण गराए ।

‘धेरै फोनहरु आफूलाई नागरिकले दुःख पाएको गुनासोसहितको आउने गरेको छ,’ मेयर ढकालले भने, ‘केही समय अघि मात्र पनि अस्पतालको सेवा सुविधाको विषयमा फोन आएकाले यसलाई नागरिकमैत्री बनाउदै समस्या समाधान गरिनुपर्छ ।’

सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हुनाले विश्वविद्यालयमा स्वास्थ्य बीमा गरिएका बिरामी आउने र उनीहरुले दुःख पाउने गरेको पाइएको छ । फार्मेसीमा औषधि नहुने, बिल काट्न बसिरहेको समयमा डाक्टर भने बिरामी नजाँची बाहिरिने गरेको समस्या प्रशस्तै आउने गरेको पाइएको मेयर ढकालले बताए ।

यस विषयमा अस्पताल सञ्ंचालक डा. विपेश आचार्यले असहज भए पनि अस्पताललाई गाउँसम्म चिनाउनकै लागि आफ्नो पहिलो कार्यकालमा यो कार्यक्रम ल्याइएको र दरबन्दी नहुँदा डाक्टर नबस्ने समस्या रहेको स्वीकार गरे । अन्य विषयमा आफूले सुधार गर्ने समेत उनले बताए ।

पहिलो चरणमा १ सय बेडको अस्पताल तत्काल सञ्चालन गर्नका लागि विश्वविद्यालय लागिपर्ने उपकुलपति डा. कोइरालाको भनाइ छ । उनले भने, ‘हामीले अस्पताल बनाउने भन्दा पनि अहिलेसम्म यो अस्पताल दर्ता नै नभएको अवस्था छ । यसलाई दर्ता गर्ने कार्य शुरु भएको छ । दर्ता नै नभएपछि सरकारबाट पाउने अनुदान नपाइएको रहेछ । यसलाई १ सय बेडको अस्पताल बनाउने प्रक्रियामा लगिएको छ ।’

यसपछि ३ सय बेडको अस्पताल बनाउन केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँगको पहलमा काम गर्ने डा. कोइरालाले बताए । सुन्दरहरैंचा नगरपालिकामा यो विश्वविद्यालय भएकाले स्थानीय सरकारसँग बढी अपेक्षा रहेको उनको भनाइ थियो । केन्द्रीय तहसम्म यो एजेन्डा उठाएर सहयोगको अपेक्षा रहेको पनि उनको भनाइ थियो ।

डा. कोइरालको अपेक्षाको विषयमा मेयर ढकालले जवाफ दिँदै वर्तमान सरकारसँग यस विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गराउन कुरा भइरहेको र यहाँबाट प्रस्ताव गएमा थप प्रक्रिया बढाउन मन्त्री स्तरमा फाइल अघि बढाउने विषयमा पहल गर्ने बताए ।

प्रक्रिया पूरा भएमा आगामी वर्ष मेडिकल कलेज सञ्चालनको तयारीमा आफू रहेको डा. कोइरालाले बताए । यसका लागि पहिलो चरणमा १ सय बेडको अस्पताल निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

अस्पताल निर्देशकको रुपमा दोस्रो पटक आएका डा. विपेश आचार्यले कोरोना माहामारीको पहिलो वर्ष विश्वविद्यालयले धेरै काम गरेकाले यो विश्वविद्यालय पूर्वमा चिनिएको बताए । पहिलो वर्ष कोरोना संक्रमितलाई पनि सेवा दिइएको उनले बताए । मेडिकल कलेज सञ्चालनका लागि आफू पनि लागिपर्ने उनले विश्वास दिलाए ।

नगरप्रमुख ढकालले धेरैजसो विषयमा कानुनी कुरा गरेर परिणाम नआउने बताए । कानुनलाई सिरानी लगाएर बसे कुनै पनि काम नहुने उनको भनाइ थियो । आफ्नो पालिकाले पहल गर्दा हेल्थपोष्टमा २५ बेडको आइसियु सहितको अस्पताल तयार गरिरहेकाले पूर्वाञ्चल विश्वविद्यालयमा किन नभएको भन्दै ढकालले प्रश्न गरेका थिए ।

यसैबीच कोइरालाले विश्वविद्यालय एउटा पद्धतिले चलेको अवस्थामा सबै परिवर्तन गर्न समय लाग्ने बताए । स्थानीय सरकारले बारम्बार झक्झक्याउने काम गरेकाले आफूलाई काम गर्न हौसला मिलेको उनले बताए ।

तिनै तहका सरकारको विश्वविद्यालय भएकाले सबै सरकारसँग सहयोगका लागि आफू जाने कोइरालाले बताए । सिनेट बैठकमा पनि एजेन्डा लाने विषयमा स्थानीय पालिकासँग छलफल गर्दा सहज हुने बताएका थिए ।

यसैबीच, अस्पतालका पदाधिकारीले सिनेटको बैठक गोठगाउँमा गराउन राजनीतिक पहल गरिदिन मेयरसँग अुनरोध गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको बेथिति रोक्न कर्मचारीको ३ दिने अल्टिमेटम

गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेजको माग राख्दै ज्ञापनपत्र

पूर्वाञ्चल विश्वविद्यालयका समस्या समाधानमा कटिबद्ध भएर लाग्ने उपकुलपतिको प्रतिबद्धता

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक