स्थानीय तह
पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालन गराउन झक्झक्याउँदै सुन्दरहरैंचा
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा एमबीबीएस कक्षा सञ्चालन गर्नुपर्ने भन्दै बिहीबार मोरङको सुन्दरहरैंचा नगरपालिकाले उपकुलपति डा. यादवराज कोइरालाको ध्यानाकर्षण गराएको छ ।
नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत डा.कृष्णबहादुर घिमिरे, कार्यपालिका सदस्य तारा घिमिरेलगायत विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा पुगेर मेडिकल कलेज सञ्चालन हुनुपर्ने माग गरेको हो । यसका साथै अस्पतालमा बिरामीले दुःख पाइरहेको, डक्टरहरु नबस्ने समस्या आइरहेकाले यसको यथाशीघ्र समाधान गर्नुपर्ने भनी मेगर ढकालले अस्पतालको ध्याकर्षण गराए ।
‘धेरै फोनहरु आफूलाई नागरिकले दुःख पाएको गुनासोसहितको आउने गरेको छ,’ मेयर ढकालले भने, ‘केही समय अघि मात्र पनि अस्पतालको सेवा सुविधाको विषयमा फोन आएकाले यसलाई नागरिकमैत्री बनाउदै समस्या समाधान गरिनुपर्छ ।’
सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हुनाले विश्वविद्यालयमा स्वास्थ्य बीमा गरिएका बिरामी आउने र उनीहरुले दुःख पाउने गरेको पाइएको छ । फार्मेसीमा औषधि नहुने, बिल काट्न बसिरहेको समयमा डाक्टर भने बिरामी नजाँची बाहिरिने गरेको समस्या प्रशस्तै आउने गरेको पाइएको मेयर ढकालले बताए ।
यस विषयमा अस्पताल सञ्ंचालक डा. विपेश आचार्यले असहज भए पनि अस्पताललाई गाउँसम्म चिनाउनकै लागि आफ्नो पहिलो कार्यकालमा यो कार्यक्रम ल्याइएको र दरबन्दी नहुँदा डाक्टर नबस्ने समस्या रहेको स्वीकार गरे । अन्य विषयमा आफूले सुधार गर्ने समेत उनले बताए ।
पहिलो चरणमा १ सय बेडको अस्पताल तत्काल सञ्चालन गर्नका लागि विश्वविद्यालय लागिपर्ने उपकुलपति डा. कोइरालाको भनाइ छ । उनले भने, ‘हामीले अस्पताल बनाउने भन्दा पनि अहिलेसम्म यो अस्पताल दर्ता नै नभएको अवस्था छ । यसलाई दर्ता गर्ने कार्य शुरु भएको छ । दर्ता नै नभएपछि सरकारबाट पाउने अनुदान नपाइएको रहेछ । यसलाई १ सय बेडको अस्पताल बनाउने प्रक्रियामा लगिएको छ ।’
यसपछि ३ सय बेडको अस्पताल बनाउन केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँगको पहलमा काम गर्ने डा. कोइरालाले बताए । सुन्दरहरैंचा नगरपालिकामा यो विश्वविद्यालय भएकाले स्थानीय सरकारसँग बढी अपेक्षा रहेको उनको भनाइ थियो । केन्द्रीय तहसम्म यो एजेन्डा उठाएर सहयोगको अपेक्षा रहेको पनि उनको भनाइ थियो ।
डा. कोइरालको अपेक्षाको विषयमा मेयर ढकालले जवाफ दिँदै वर्तमान सरकारसँग यस विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गराउन कुरा भइरहेको र यहाँबाट प्रस्ताव गएमा थप प्रक्रिया बढाउन मन्त्री स्तरमा फाइल अघि बढाउने विषयमा पहल गर्ने बताए ।
प्रक्रिया पूरा भएमा आगामी वर्ष मेडिकल कलेज सञ्चालनको तयारीमा आफू रहेको डा. कोइरालाले बताए । यसका लागि पहिलो चरणमा १ सय बेडको अस्पताल निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
अस्पताल निर्देशकको रुपमा दोस्रो पटक आएका डा. विपेश आचार्यले कोरोना माहामारीको पहिलो वर्ष विश्वविद्यालयले धेरै काम गरेकाले यो विश्वविद्यालय पूर्वमा चिनिएको बताए । पहिलो वर्ष कोरोना संक्रमितलाई पनि सेवा दिइएको उनले बताए । मेडिकल कलेज सञ्चालनका लागि आफू पनि लागिपर्ने उनले विश्वास दिलाए ।
नगरप्रमुख ढकालले धेरैजसो विषयमा कानुनी कुरा गरेर परिणाम नआउने बताए । कानुनलाई सिरानी लगाएर बसे कुनै पनि काम नहुने उनको भनाइ थियो । आफ्नो पालिकाले पहल गर्दा हेल्थपोष्टमा २५ बेडको आइसियु सहितको अस्पताल तयार गरिरहेकाले पूर्वाञ्चल विश्वविद्यालयमा किन नभएको भन्दै ढकालले प्रश्न गरेका थिए ।
यसैबीच कोइरालाले विश्वविद्यालय एउटा पद्धतिले चलेको अवस्थामा सबै परिवर्तन गर्न समय लाग्ने बताए । स्थानीय सरकारले बारम्बार झक्झक्याउने काम गरेकाले आफूलाई काम गर्न हौसला मिलेको उनले बताए ।
तिनै तहका सरकारको विश्वविद्यालय भएकाले सबै सरकारसँग सहयोगका लागि आफू जाने कोइरालाले बताए । सिनेट बैठकमा पनि एजेन्डा लाने विषयमा स्थानीय पालिकासँग छलफल गर्दा सहज हुने बताएका थिए ।
यसैबीच, अस्पतालका पदाधिकारीले सिनेटको बैठक गोठगाउँमा गराउन राजनीतिक पहल गरिदिन मेयरसँग अुनरोध गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको बेथिति रोक्न कर्मचारीको ३ दिने अल्टिमेटम
गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेजको माग राख्दै ज्ञापनपत्र
पूर्वाञ्चल विश्वविद्यालयका समस्या समाधानमा कटिबद्ध भएर लाग्ने उपकुलपतिको प्रतिबद्धता
Facebook Comment
Banner
आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने
आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।
आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login